
गायक विजय अर्याल र गायिका बेनिशा पौडेलको स्वरमा ‘न्यानो साथ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
यो प्रेमगीतमा विजयकै शब्द तथा सङ्गीत छ । विशाल निरौलाले गीतलाई एरेन्ज गरेका हुन् ।
गीतको भिडियो आदर्श प्रोडक्सनको प्रस्तुतिमा बनेको हो । भिडियोमा शाहिल खान र आशिका दाहालको रोमान्स देख्न सकिन्छ ।
भिडियोलाई विज्ञान राईले निर्देशन, संजय लामाले छायांकन र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । गायक अर्यालले यसअघि रामजी ज्ञवालीको सर्ट फिल्म ‘हनिमुन’मा समावेश एक गीतमा पनि आवाज दिएका थिए । ‘न्यानो साथ’ गीत ‘आदर्श प्रोडक्सन’ नामक युट्युब च्यानलमा हेर्न सकिन्छ । गीतलाई राकेश शाहले निर्माण गरेका हुन् ।