×

NMB BANK
NIC ASIA

एसियाली खेलकुदमा कुन खेलाडीको प्रदर्शन कस्तो ?

काठमाडाैं | असोज ७, २०८०

NTC
Premier Steels

एसियाली खेलकुद प्रतियोगितामा नेपाल पदकविहीन रहेको छ । हालसम्म प्रतिस्पर्धा गरेका नेपाली खेलाडीको फितलो प्रदर्शन देखिएको छ । 
चीनको हाङझावमा जारी खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गर्नुबाहेक अन्य खेलाडीको पक्षमा नतिजा आएन । 
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । जितसंगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन् । अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् ।
आइबारै नेपाली खेलाडीले २ महिला सिंगल्स तथा १ पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका   थिए । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे ।
महिला सिंगल्समा अभिलाषा टज्ञटविष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए । दोश्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसंग सोझो सेटमा ६–० र ६–० को ले पछि परिन् । माहिका दक्षिण कोरियाली खेलाडीसंग ०–६ र १–६ ले चुकिन् । पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–२ र ६–३ ले चुके ।
सोमबार प्रदीपसंगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्ने छन् । त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।

Muktinath Bank

बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन् । संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन्। आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरेकी हुन् ।
त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दिपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए । राउन्ड अफ ३२ को भिडन्तमा दिपकलाई टुराबेकले युनानिमोस डिसिजन को आधारमा पराजित गरेका हुन् ।
महिला ५४ केजीमा नेपालकी मिनु गुरुङको पनि चुनौती समाप्त भएको छ । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी मिनु जापानकी किनोसिता रिंकासंग ५–० ले पराजित भइन् । व्यक्तिगत स्पर्धामा नेपालबाट सबै भन्दा बढी खेलाडी सहभागी खेल बक्सिङ हो । पुरुष ७ र महिला ६ गरी १३ खेलाडी सहभागी छन् ।
यसैगरी सुटिङको महिला १० मिटर एयर राइफलको ६४० पूर्णाङकमा नेपालका शिल्शा भण्डारीले ६१६.९ तथा सुस्मिता नेपालले ६०७.९ अंकको प्रदर्शन गरे । सुटिङमा नेपालबाट २ महिला खेलाडी मात्र सहभागी   छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी रग्बी सेभेन्समा नेपालको चुनौती आइतबार समाप्त भएको छ । समूह ‘डि’ मा नेपालसहित युएइ, चीन र अफ्गानिस्तान रहेका थिए । नेपालले समूह चरणको तीनै खेल आइतबारै खेलेको थियो । तीनै खेलमा नेपाल पराजित भयो ।
युएइले नेपाललाई ५५–७ ले पराजित ग¥यो । नेपालका लागि विक्रम पुरीले १ कन्भर्सनबाट २ तथा पुजन फेवालीले १ ट्राइबाट ५ स्कोर गरे । त्यस्तै आयोजक चीनले नेपाललाई ६५–० तथा अफ्गानिस्तानले नेपाललाई ४१–० ले हरायो । नेपालबाट पुरुष रग्बी टोली मात्र सहभागी छ ।


Advertisment
Nabil box
Kumari

उसुको सान्सौं मा एलिना चौधरी र रोहित चुनारो पराजित भए । महिला ५२ केजी तौलसमूहको क्वार्टरफाइनलमा एलिना इरानकी मानसो¥यान इलाहेसँग पराजत भइन् । रोहित पनि पुरुष ५६ केजी तौलसमूहको क्वार्टरफाइनलमा किर्गीस्तानका एमानबेकोभसँग अभाजबेकसँग २–० ले पराजित भए ।
सान्सौंकै पुरुष ६० केजीमा नेपालका पदम राई लाओसका साइबोन्फेङसंग २–० तथा ६० केजीमा नेपालका मंगलप्रसाद थारु किर्गिस्तानका ओमुरजाकोभ अस्काटसंग क्वाटरफाइनलमा पराजित भएपछि पदक कम्तीमा कांस्य पदक निश्चित गर्नबाट चुके ।
यसैगरी यसैगरी उसुमा १३ औं सागका स्वर्ण विजेता विजय सिन्जाली थाउलोको छाङछ्वानमा समग्रमा सातौं स्थानमा रहे । विजयले ९.७०३ अंक ल्याउदै १४ खेलाडी सहभागी उक्त स्पर्धामा सातौं भएका हुन् ।
यस विधामा स्वर्ण जितेका चीनका सुन पेयुनले ९.८४० अंक ल्याए । रजत विजेता इन्डोनसियाका मार्भेलो जाभियरले ९.७८६ अंक र कांस्य विजेता मकाउका ची कुवानले ९.७६० ल्याए । सबिता राईले ८.७९६ अंक ल्याउँदा उनी १४ औं स्थानमा खुम्चिइन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x