×

Dabur

कोशीको सुरक्षा बैठकमा गृहमन्त्रीलाई ब्रिफिङः धार्मिक अतिवादी बढे, सुरक्षामा खलल पुर्‍याए

विराटनगर | असोज ८, २०८०

NTC
Premier Steels
Marvel

विराटनगरमा सोमवार भएको प्रदेशस्तरीय सुरक्षा संयन्त्रको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले कोशी प्रदेशमा जाति तथा धार्मिक मुद्दाले खलल पुर्‍याइरहेको ब्रिफिङ गरेका छन् । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुखले कोशी प्रदेशमा पहिचान र धार्मिक मुद्दाले प्रदेशको शान्ति सुरक्षालाई खलल पुर्‍याइरहेको बताएका हुन् । 

yONNEX
Sagarmatha Cement

उक्त बैठकमा उनीहरूले त्यसबारे सचेत हुनुपर्ने अवस्था आएको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए । कोशी प्रदेशको ६ जिल्लाका प्रमुखले समेत जिल्लागत सुरक्षा अवस्थाबारे ब्रिफिङ गरेका थिए ।  बैठकमा  इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लागत सुरक्षा अवस्थाबारेमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू समक्ष ब्रिफिङ गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धार्मिक र पहिचानको मुद्दाले कोशी प्रदेशमा जरा गाड्दै गरेको भन्दै सुरक्षा निकायका प्रमुखले त्यसबारे सचेत हुनुपर्ने अवस्था आएको गृहमन्त्रीलाई ब्रिफिङ गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ । पहिचानको नाममा र धार्मिक मुद्दाले सुरक्षा ‘थ्रेट’ बढ्ने भएकाले राज्यका उच्च नेतृत्वले त्यसलाई कसरी निस्तेज पार्ने भन्ने रणनीति तयार गर्नुपर्ने गृह मन्त्रालयको नेतृत्वलाई सुझाएका छन् ।


Advertisment

भदौ पहिलो साता धरानमा धार्मिक समुदायबीच विवाद उत्पन्न हुने देखिएपछि सुनसरीको धरान उपमहानगरपालिकामा निषेधाज्ञा नै लगाउनुपरेको सन्दर्भ पनि सुरक्षा बैठकमा जानकारी गराइएको सुरक्षा बैठकमा सहभागी प्रहरी उच्च स्रोतले जनाएको छ । 

Vianet communication
Laxmi Bank

‘कोशी प्रदेशमा पहिचानका विषय उठेको छ । ताप्लेजुङको घटना पनि करिब त्यसैसँग जोडिएको अवस्था छ । अहिले पटक–पटक यो र त्यो नाममा पहिचानले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा समस्या ल्याएको छ । राज्यले दूरगामी सोचेर सम्बोधन गर्नुपर्ने अवस्था आएको छ,’ सुरक्षा बैठकमा सहभागी सुरक्षा निकायका एक उच्च अधिकारीले भने, ‘अहिलेको सन्दर्भमा साम्प्रदायिक कुरा धेरै आएका छन् । धरानको गोरु काटेको कुरादेखि लिएर पहिचानवादी र हिन्दूको कुरा होलान् ।’

पहिचान र धार्मिक विवादले प्रदेशको सुरक्षा अवस्थामाथि चुनौती थपिएको ती प्रहरीका अधिकारीले बैठकमा बताए । धार्मिक संघसंस्थाहरूले समाजमा गरिरहेका गतिविधिले प्रदशको शान्ति सुरक्षाको अवस्थामा कस्तो असर गर्छ भनेरसमेत बैठकमा विश्लेषण गरिएको छ । यस क्रममा सुरक्षा निकायका प्रमुखहरूले धार्मिक अतिवादी बढेको भन्दै गृहमन्त्रीलाई ब्रिफिङ गरेको उनले बताए ।

 

अहिले विभिन्न संघ–संस्थाको नाममा वडा–वडासम्म समितिहरू गठन भइरहेका समेत बैठकमा कुरा उठेको छ ।  ‘त्यहाँ गएर किन त्यस्तो गरेको ? भनेर प्रहरीले भन्दै गर्दा ‘यो हामीले पूजा गर्न वा यो कारणले हो भन्ने गर्छन्, तर वडासम्मको समिति भोलि धार्मिक सङ्गठनका रूपमा विकास हुँदै गयो भने हाम्रो जस्तो देशमा त्यसले ठूलो प्रभाव पार्न सक्ने अवस्था छ,’ उच्च सुरक्षा स्रोतले भन्यो ।

कोशी प्रदेशमा देखिएको पहिचान र धार्मिक मुद्दा कहाँसम्म पुग्ने भन्ने कुराको पनि समीक्षा गरिनुपर्ने विषय बैठकमा उठेको छ । कोशीमा देखिएको सुरक्षा चुनौतीको समाधान कस्तो रूपमा गर्ने भन्ने निर्णय लिनुपर्ने सुरक्षा निकायको सुझाव थियो । सुरक्षा निकायका प्रमुखहरूले कोशीमा देखिएको समस्या समाधान राजनीतिक तबरबाट नै गर्नुपर्ने समेत बताएका छन् । 

प्रदेशको नाम ‘कोशी’ राखिएको विषयलाई लिएर यो क्षेत्रमा विभिन्न जातीय संगठनहरूले आन्दोलन गरिरहेका छन् ।  साथै धरान उपमहानगरमा मन्दिर र चर्चको विषयलाई लिएर विवाद भएको थियो । उक्त विवाद सकिन नपाउँदै गोरु काटेको निहुँमा त्यहाँ विवाद हुँदा निषेधाज्ञा नै लगाउनुपरेको थियो ।

यस्तोमा भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउने गरीका गतिविधि हुन सक्ने भन्दै सुरक्षा निकायका प्रमुखहरूले यसबारे गृहमन्त्रीलाई ब्रिफिङ गरेका हुन् । झापामा हिन्दूवादी संघ-संगठनहरूले दैनिक गतिविधि बढाएको पनि बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए । 

ब्रिफिङ सुनेपछि गृहमन्त्री श्रेष्ठले सबैले मिलेर कोशीमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नुपर्ने बताएका थिए । कोशीमा देखिएको समस्यालाई राजनीति तबरबाट मात्रै हल गर्न सकिने उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २९, २०८०

जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x