कात्तिक २२, २०८०
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कात्तिकको २५ गतेबाट शुरू हुने यो सेलमा ग्राहकहरूले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, मनोरञ्जनल...
कोशी प्रदेशमा दूधको उत्पादन बढेपछि विदेशका बजारको खोजी शुरू भएको छ । मागभन्दा बढी दूध उत्पादन हुन थालेपछि विदेशी बजार खोज्न थालिएको हो ।
अहिले कोशीमा आघोसित मिल्क होलिडे नै भइरहेको दूध उत्पादक कृषक तथा यसका व्यवसायी र उद्योगीहरू बताउँछन् । यसैले डेरी उद्योगीहरू दूधको बजार खोज्दै बंगलादेश पुगेका छन् ।
ऋतिका डेरी उद्योग, कामधेनु डेरी उद्योग, सगरमाथा विशिष्टीकृत सहकारी संस्था र नेपाल डेरी एशोसिएसन समेतको प्रतिनिधिमण्डल बंगलादेशमा दूध निर्यातको सम्भावना अध्ययन गर्न त्यसतर्फ गएको सूर्योदय मिल्क एण्ड बेभरज इण्डष्ट्रिजका सञ्चालक अनुज यादवले जानकारी दिए । ‘बजारमा मागभन्दा बढी दूध आपूर्ति भएपछि उत्पादित दूध बजारमा खपत हुन छाड्यो । यसको समाधानका लागि व्यवसायीहरू नयाँ बजारको खोजीमा लागेका हुन्,’ उनले भने ।
दूधको उत्पादन बढेसँगै कोशी प्रदेशमा दूधबाट पाउडर उत्पादन गर्ने प्लान्ट पनि थपिएका छन् । यतिबेला तीनवटा डेरी उद्योगले पाउडर दूध उत्पादन गरिरहेका छन् । जेठसम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गर्ने गरेको थियो । यति हुँदा पनि किसानले उत्पादन गरेको सबै दूध खपत हुनसकेको छैन । जसले गर्दा दूध संकलन गर्दै आएका सहकारीहरूले अघोषित रुपमा मिल्क होलिडे लागू गरिरहेका छन् ।
उत्पादन बढेपछि खेर जान नदिन दूधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको हो । किसानले उत्पादन गरेको दूध सहकारीहरूले संकलन नगर्दा आफूहरूले अहिले अघोषित मिल्क होलिडे सामना गरिरहेको किसानहरूको गुनासो छ ।
पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानको साँझको दूध डेरीहरूले संकलन गर्न छोडेको उनीहरूको भनाइ छ । ‘पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानबाट सहकारीले साँझको दूध किनिरहेको छैन,’ किसान भेषराज आचार्यले भने, ‘यो मिल्क होलिडेकै अवस्था हो ।’
केही महिनायता दूध उत्पादनमा निरन्तर वृद्धि भइरहेका कारण उत्पादित दूधको व्यवस्थापन गर्ने चुनौती डेरी उद्योगहरूले व्यहोर्नुपरेको छ । पछिल्लो समय कोशीमा व्यावसायिक गाईपालन बढेसँगै दूधको उत्पादनमा बृद्धि भएको छ ।
गत फागुनसम्म उत्पादित दूध जेनतेन बजारमा खपत भएको थियो । तर त्यसपछि बजारको मागभन्दा बढी दूध बजारमा आउनेक्रम अहिले निरन्तर भएको बताइन्छ । प्रदेशमा तीनवटा पाउडर प्लान्ट सञ्चालन भएपनि किसानले उत्पादन गरेको सबै दूध खपत नहुने अवस्था आएको डेरी उद्योगका सञ्चालकहरू बताउँछन् ।
कोशीमा दुग्ध विकास संस्थान, सगरमाथा विशिष्टीकृत दुग्ध सहकारी संस्था लिमिटेड र सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले केही समययता निरन्तर पाउडर उत्पादन गरिरहेका छन् । किसानबाट संकलन भएको सबै दूध बजारमा खपत नभएका कारण डेरी उद्योगहरूले पाउडर बनाएर दूध मौज्दात राखिरहेका छन् ।
दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगरस्थित दुग्ध वितरण आयोजनाले यसअघि दैनिक ८ हजार लिटर दूध संकलन गर्दै आएको थियो । अहिले उत्पादन बढेसँगै दैनिक २५ हजार लिटर दूध संकलन गर्न थालेको छ । संकलितमध्ये दैनिक ६ हजार लिटर हाराहारी दूधले मात्र बजार पाइरहेको डीडीसीका आयोजना प्रमुख परमानन्द चौधरीले जानकारी दिए । संस्थानको ढल्केबर र हेटौँडा आयोजनाबाट खपत नभएको दूध पनि पाउडर बनाउन विराटनगर आइरहेको उनले बताए ।
दुग्ध वितरण आयोजना, विराटनगरसँग अहिले ४० हजार किलोग्राम धुलो (पाउडर) दूध र ७० हजार किलो नौनी (बटर) मौज्दात छ । डीडीसीले आफ्ना १० मध्ये ७ संकलन केन्द्रबाट नियमित दूध संकलन गर्दै आएको छ । इलामको कुटीडाँडा, लक्ष्मीपुर र पुवाखोला संकलन केन्द्रबाट भने अहिले दूध संकलन बन्द गरेको आयोजना प्रमुख चौधरीले जानकारी दिए ।
हालसम्म झण्डै ५ लाख लिटर दूधको पाउडर बनाइसकेको विशिष्टीकृत सहकारी संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले जानकारी दिए । तर पनि किसानले उत्पादन गरेजति सबै दूध सहकारीहरूले लिन नसक्ने अवस्था देखिएको उनको भनाइ छ । दूधको उत्पादन बढेको तर बजार नबढ्दा उत्पादित दूधको खपतमा समस्या देखिन थालेको उनले गुनासो गरे । सुनसरीको तरहरास्थित कामधेनु डेरी उद्योगले गत वर्षको भदौ–असोज महिनामा दैनिक १० हजार लिटर दूध संकलन गर्दै आएकोमा यसपटक दैनिक १५ हजार लिटर गरिरहेको जनाएको छ ।
विभिन्न ४२ दूग्ध सहकारी मिलेर स्थापना भएको सगरमाथा विशिष्टीकृत सहकारी संस्थाले प्रदेश सरकारको सहयोगमा स्थापना गरेको पाउडर प्लान्ट औपचारिक रुपमा उद्घाटन भएको छैन । तर साउन १५ मा परीक्षण उत्पादन गरेको प्लान्ट त्यसयता निरन्तर सञ्चालनमा छन् । यसैगरी विराटनगरमा सञ्चालित सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले नियमित रुपमा धूलो दूध उत्पादन गरिरहेको जनाएको छ ।
उद्योगका सञ्चालक अनुज यादवले दूधको उत्पादन बढेको र बजार केही घटेको अवस्थाले असन्तुलन देखिएको बताए । सिराहा, झापा, मोरङ र सुनसरीका विभिन्न डेरी उद्योगले संकलन गरेको दूध पाउडरमा परिणत गर्न सूर्योदयमा ल्याउने गरिएको छ ।
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कात्तिकको २५ गतेबाट शुरू हुने यो सेलमा ग्राहकहरूले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, मनोरञ्जनल...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको विनाशकारी भूकम्पका पीडितहरूलाई राहत, उद्धार र उपचारका लागि एनसेलले ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । साथै, भूकम्पप्रभावित जिल्लाका बासिन्दालाई ४० लाख ब्यालेन्...
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी गरेको छ । महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोबेम्बर ७ देखि ११...
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...
टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने भएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपाल सार्...
एकीकृत मार्केटिङ एजेन्सीको रूपमा प्रिज्मार्क मार्केटिङले २८ वर्ष पूरा गरेको छ । २८ वर्ष पूरा गरेको अवसरमा कम्पनीका कार्यकारी निर्देशक पंकज प्रधानले नवीन र प्रभावकारी मार्केटिङ समाधान प्रदान गर्ने प्रतिबद्धता जनाए...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...