×

NMB BANK
NIC ASIA

कोशीमा सत्ताको रस्साकस्सी

मुख्यमन्त्रीमा माओवादीका आङ्बोलाई अघि सारेपछि कांग्रेसमा किचलो, एमालेसँगको छलफलमा शेखर पक्ष

विराटनगर | असोज २५, २०८०

NTC
Premier Steels

कोशी प्रदेश सरकारको विषयलाई लिएर सत्ता गठबन्धनकै एक घटक नेपाली कांग्रेसमा आन्तरिक विवाद देखिएको छ । 

Muktinath Bank

गठबन्धन दलका शीर्ष नेताको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सहमति गरेपछि कांग्रेसको डा शेखर कोइराला (संस्थापन इतर) पक्षका नेताहरू प्रतिपक्षी नेकपा (एमाले)सँग मिलेर सरकार बनाउन छलफलमा जुटेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोइराला पक्षका सांसद केदार कार्कीले आफू मुख्यमन्त्री बन्नुपर्ने अडान राख्दै आएका छन् । उनले आफ्नो पक्षका केही सांसदको हस्ताक्षर देखाएर एमालेसँग छलफल गरिरहेका छन् । १२ जना सासदको हस्ताक्षर लिएर आउने वचन एमालेलाई उनले दिइसकेको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

‘उहाँले १२ जना सासदको हस्ताक्षर लिएर आउछौं भन्नुभयो,’ एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘मैले पनि हस्ताक्षर लिएर आउनुहोस्, छलफल गराैँला भनेँ ।’ 

Vianet communication

सविधानको धरारा १६८ उपधारा ५ अनुसार सरकार बनाउनका लागि दलको ह्वीप लाग्दैन सोहीअनुसार बहुमत पुर्याउन चाहिने सांसद लिएर आफूहरू एमालेसँगको वार्ता र छलफलमा जुटिरहेको कार्कीनिकट सांसदले बताएका छन् । शुक्रवार बेलुकासम्ममा आफूहरूले ४७ सांसदको दाबी लिएर प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष जाने इतर पक्षले जनाएकाे छ ।

उता, कार्कीले भने एमालेसँग छलफल नगरेको दाबी गर्दै गठबन्धनको निर्णयबारे पनि आफूलाई थाहा नभएको बताए । ‘एमालेसँग मैले अहिले कुनै छलफल गरेको छैन,’ उनले भने, ‘गठबन्धनले इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने भन्ने विषय पनि मलाई जानकारी छैन । प्रधानमन्त्रीसँग पनि मेरो भर्खर कुरा भएको थियो । उहाँले निर्णय भएको कुरा मलाई जानकारी गराउनु भएन ।’

यता निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भने कांग्रेसले संस्थागत निर्णय गरेर आएको खण्डमा मात्रै आफूहरूले छलफल अगाडि बढाउने बताएका छन् । संस्थागत निर्णय नभए दुर्घटना हुन सक्ने भएकाले पहिलो चरणमा व्यक्तिले छलफल नगर्ने उनले स्पष्ट पारे । यद्यपि, केदार कार्कीले १२ जना लिएर आउने भन्ने विषयको पुष्टि भने उनले गरे । 

‘उहाँले १२ जना सांसद लिएर आउँछाैँ भन्नुभएको छ । मैले थप छलफल गरौंला भनेको छु,’ उनले भने, ‘हाम्रो पहिलो प्रयास संस्थागत निर्णय नै हो ।’ 

गठबन्धन दलको बिहीवार बसेको बैठकले माओवादी नेता आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x