×

NMB BANK
NIC ASIA

निरन्तर ‘विद्रोह’को दिव्यास्त्रबाट मुख्यमन्त्री बनेका कार्की

काठमाडाैं | असोज २७, २०८०

NTC
Premier Steels

एकपछि अर्को विद्रोह गर्दै केदार कार्की कोशी प्रदेशको पाचौं मुख्यमन्त्री बनेका छन् ।

Muktinath Bank

विद्यार्थी जीवनमा विद्रोहीको पहिचान बनाएका कार्कीले मुख्यमन्त्री बन्दा आफ्नै पाटीका सभापति शेरबहादुर देउवासँग पनि विद्रोह गरे । सत्ता गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सत्ता गठबन्धनको निर्णय सार्वजनिक भइसक्दा कार्कीले एमालेसँगको सेटिङ गरेका थिए । त्यही सेटिङले उनलाई मुख्यमन्त्री बनाएको छ ।


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धनसँग आक्रामक बनेका कार्कीले एमालेसँग पनि विद्रोह नै गर्नु पर्ने अवस्था बनेको छ । ​​

Vianet communication

कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, र कांग्रेसकै संस्थापन इतरका शेखर कोइरालाले गठबन्धन कायम राख्ने भनेपछि त्यहाँ पनि उनको विद्रोह हुने संकेत देखिएको छ ।

कोशी प्रदेशमा सरकार निर्माणको सकस परेका बेला साथ दिएको एमालेका लागि दाँतमा ढुङ्गा लागे जस्तै हुने भएको छ ।

आफूलाई मुख्यमन्त्री बनाउन साथ दिएका सांसदलाई मन्त्री बनाउने भनेर बोलेका कार्कीका लागि पुन चुनौती थपिएको छ ।

कांग्रेसका संस्थापन इतरका कार्कीले संसदीय दलको नेता बन्दा ९ मत पाएका थिए ।

सरकार बनाउँदा उनका पक्षमा भने ८ जनाले मात्रै हस्ताक्षर गरेका थिए । २९ सांसदमध्ये ९ जनाको मात्र मत प्राप्त गर्दा उद्धव थापा १८ मतसहित निर्वाचित भएका थिए ।

जनता उच्च माध्यमिक विद्यालय इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी संघको इकाई सभापतिबाट राजनीति शुरू गरेका कार्कीले २०५२ सालमा नेविसंघकै क्याम्पस इकाई सभापति भएका थिए ।

नेविसंघकै क्षेत्रीय सभापति हुँदै उनी जिल्ला सभापतिसम्म बने । २०५९ मा जिल्ला सभापति बनेका कार्की २०६३ सालमा केन्द्रीय सदस्य बने । उनी प्रमुख सचेतकसमेत बनेका थिए ।​

प्रदेशसभामा पहिलो कार्यकालमा उनी संसदीय दलको प्रमुख सचेतक बनेका थिए ।

उनी  २०७८ भदौदेखि २०७९ पौषसम्म कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत बनेका थिए ।

कोशीमा यसअघि विश्वासको मत नपाउने अवस्था बनेपछि असोज २० गते एमालेका हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यसपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x