मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सन् २००३ को अक्टोबरदेखि हरेक दुई वर्षमा गैरआवासीय नेपाली(एनआरएनए)हरूको सम्मेलन काठमाडौँमा हुँदै आएको छ। एनआरएनको ११औं विश्व सम्मेलन अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा सम्पन्न भयो । नयाँ नेतृत्व चनयनका लागि भएको चरम राजनीतिकरण र विवादले एनआरएनको उद्देश्यलाई छायाँमा पारेको टिप्पणी भइरहेको छ ।
शुरूका केही वर्ष यो सम्मेलनलाई सम्पूर्ण नेपाली डायस्पोराले र नेपाल सरकारले पनि निकै महत्वका साथ हेर्ने गर्थ्यो। विदेशमा बस्ने नेपालीहरूको एकता र यस्तो सम्मेलनले एउटा पृथक तरंग ल्याउँथ्यो । नेपाली डायस्पोराको विभिन्न देशमा भएका समस्याहरू र समृद्ध नेपाल बनाउन विदेशमा बस्ने नेपालीहरूले सरकार र अन्य सरोकारवालाहरूबीच कसरी हातेमालो गर्न सकिन्छ भन्ने गहन विषयहरूमा घनीभूत छलफल हुने गर्थ्यो।
विदेशिएका नेपालीहरूको सञ्जाललाई व्यापकता दिँदै कसिलो बनाउनुको साथसाथै उनीहरूको मातृभूमिसंँगको सम्बन्धलाई प्रगाढ बनाउन सम्मेलनले राम्रो स्थान र अवसर प्रदान गर्दै आएको थियो। यो प्रवासी नेपालीहरूको लागि नेपालसँगको नातालाई जोडिराख्न एउटा सुखद् शुरूवात थियो ।
तर केही वर्ष यता आएर संघको चुनावी माहोल र त्यसमा नेपाली राजनीतिक पार्टीहरूको हस्तक्षेपले गर्दा विश्व सम्मेलन डामाडोल हुँदै गएको धेरैले महसुस गरिसकेका छौं। सम्मेलनस्थल होहल्लास्थलमा परिणत हुने र यसको नतिजा फितलो र प्रभावशून्य हुँदै गएको अवस्थाबारे सम्बन्धित सबैको बेलैमा ध्यान जानु अति आवश्यक छ।
यस्तो महत्वपूर्ण सम्मेलन अब नयाँ ढाँचामा चलाउनु पर्नेबारे केही सुझावहरू यहाँ प्रस्तुत गरेको छु ।
सहभागिता सम्बन्धमा:
नेपाली डायस्पोराको धेरै व्यक्ति र संस्थाहरू गैरआवासी नेपाली संघमा सिधै आवद्ध छैनन्। तर नेपाल र नेपालीलाई अवश्य माया गर्छन् । त्यस्ता व्यक्ति र संस्थाहरूको विश्व सम्मेलनमा पहुँच र अपनत्व दुवै हुनु ज्यादा आवश्यक छ। त्यसैले विश्व सम्मेलनलाई गैर आवासीय नेपाली संघको मात्र सम्मेलनको रूपमा नभई सम्पूर्ण नेपाली डायस्पोराको विश्व सम्मेलनको रूपमा उभ्याउनु नितान्त जरुरी छ।
यसलाई गैर आवासीय नेपाली संघको चुनावी प्रक्रियाबाट बिल्कुलै अलग राख्नुपर्छ। सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली संघले तोकेको नियमअनुसार प्रतिनिधि हुनु पर्ने प्रावधान हटाउनु पर्छ। प्रतिनिधि छान्ने विवादले पनि संघ ग्रसित छ। नेपाल र नेपालीलाई माया गर्ने तथा देश र समाजको लागि केही गर्छु भनेर अघि सर्ने जोसुकैलाई पनि सहभागिताको द्वार खुला राख्नुपर्छ । त्यसैले संघ आयोजक रहेता पनि सहभागिताको लागि संघसँगको आवद्धतालाई आवश्यकता नहुने व्यवस्था जरुरी छ। यसो नगरिए डायस्पोराका अधिकांश सदस्यहरू यो प्लाटफर्मबाट बाहिरै रहनेछन्।
आयोजक र एजेन्डा सम्बन्धमा:
हालसम्म हेर्दा नेपाल सरकार र गैरआवासीय नेपाली संघ संयुक्त रूपमा विश्व सम्मेलनको आयोजक बन्दै आएको देखिन्छ । एजेन्डा पनि त्यही अनुसार सेट हुँदै आएको छ। यो आफैँमा नराम्रो कुरो त होइन, तर यसलाई अझ समावेशी बनाउँदै लैजानु राम्रो हुन्छ । गैरआवासीय नेपाली संघले सम्पूर्ण नेपाली डायस्पोराको प्रतिनिधित्व गर्छ भन्ने पुरानो भ्रमबाट नेपाल सरकार र संघको नेतृत्व वर्ग दुवै बाहिर निस्कन आवश्यक छ। सबै कुरा गैरआवासीय नेपाली संघभित्रै अटाउनु पर्छ र संघकै ब्यानर अन्तर्गत हुनुपर्छ भन्ने मान्यतालाई छोड्नु आवश्यक छ र नेपालको सीमित केन्द्रीय नेताहरूलाई रिझाए पुग्छ भन्ने सोचलाई पनि त्याग्नु आवश्यक छ।
क्रावाड-सोर्सिंग माध्यमबाट ड्राफ्ट एजेन्डालाई विश्वव्यापीरूपमा नेपाली सामाजिक संथाहरूमा पुर्याउने र सुझाव संकलन गरी तिनको अध्ययन गरेर टुंगोमा पुग्ने प्रचलन बसाउन सके र विदेशमा भएका सबल र इच्छुक नेपाली सामाजिक संस्थाहरूलाई सह-आयोजकको रूपमा अंगाल्न सके सम्मेलनबारे चासो र अपनत्व बढ्दै जाने छ। नेपाल सरकारले पनि सम्मेलनलाई केन्द्रीय तहमा मात्र सीमित नराखी विभिन्न तह र सरोकारवालाहरू साथै नागरिक समाजको चासो र सहभागिता बढाउनेतर्फ ध्यान दिनुपर्छ।
काठमाडौँ र पाँच तारे होटेल केन्द्रित सम्मेलन सम्बन्धमा:
सम्मेलनमा संघ र नेपाल सरकारले मनग्ये खर्च गर्छ । संघको पूर्व अध्यक्षज्यूहरूको मन्तव्यमा मैले पटक पटक यो सुनेको छु कि सम्मेलनले नेपालको आर्थिक अवस्थामा राम्रो योगदान पुर्याएको छ । तर यथार्थमा धेरै योगदान त सम्मेलन स्थल बन्ने सौभाग्य पाउने पाँच तारे होटेलको व्यवसाय (विशेष गरी त्यहाँको अल्कोहल)लाई पुर्याएको हुन्छ।
सम्मेलन काठमाडौँस्थित नेपाल सरकारको र राजनीतिक पार्टीहरूका नेताहरू वरिपरि मात्र घुमिरहने प्रचलन छ। तेसैले यसलाई कम खर्चिलो र सरल बनाउनका साथै काठमाडौँबाहिर पनि लाने जमर्को गर्नु आवश्यक छ । उदाहरणको लागि उद्घाटन र समापन समारोहहरू काठमाडौँमै गर्ने र सबै इच्छुक सहभागीलाई प्रवेश दिने गराउन सकिन्छ । उद्घाटन र समापन समारोहका लागि सभागृह वा सो सरहको सरकारी हल उपलब्ध गरिदिए सरकारको पैसा पनि निकै जोगिन्थ्यो होला।
अन्य एजेन्डाहरू मिनी-कन्फेरेन्सको रूपमा देशका विभिन्न भागहरूमा स्थानीय तहको सरकार र सरोकारवाला सामाजिक संघ संघसंस्थाहरू, शिक्षा केन्द्रहरू वा अन्य समूहरूको अगुवाइ र विदेशमा बस्ने नेपालीहरूको विभिन्न विधाका सवल सामाजिक संघ-संस्था (जस्तै: विभिन्न पेशागत, खेलकुद, गीत, संगीत, साहित्यिक, भाषिक, संस्कृतिक, क्षेत्रीय, जातीय, धार्मिक आदि विविध) र समुहरूको साझेदारीमा सञ्चालित भएमा विविधता र विकेन्द्रीकरण दुवै नीति एकै साथ लागु गर्न सकिने छ।
व्यक्ति र संघ-संस्थाहरूलाई आफ्नै रुचि (प्यासन), मोटिभेसन र उद्देश्यअनुसार यस्ता मिनी-कन्फेरेन्सहरूको नेतृत्व र सहभागिताको अवसर दिने लचिलो रणनीति लिन सके सम्मेलन एउटा राम्रै स्पेसको रूपमा विकास हुन सक्छ। विदेशमा रहेका समूह, संघसंगठनहरू र नेपालमा रहेका सम्बन्धित सरोकारवाला निकाय र संस्थाहरूबीच आपसी भेटघाट र सम्बन्ध प्रगाढ बनाएर सहकार्यको वातावरण सिर्जना गर्न सम्मेलनले भूमिका खेल्न सक्छ। कतिपय मिनी-कन्फेरेन्सहरू भर्चुअल्ली पनि हुन सक्छन् र त्यो विकल्प पनि खुल्लै राख्नुपर्छ।
व्यवस्थापनमा सरलीकरण सम्बन्धमा:
सम्मेलनताका संघको काठमाडौँस्थित कार्यालय अस्तव्यस्त हुने गर्छ। को कुन देशको प्रतिनिधि हो, एनसीसीबाट नाम आएको छ कि छैन, दर्ता शुल्क बुझायो कि नाइँ, झोला र प्याकेजको पूर्ण व्यवस्था आदि विषयबाट शुरू भै पोस्ट-कन्फरेन्स क्रियाकलाप सम्ममा खटिनु पर्दा कर्मचारी र आयोजकहरूको निद्रा हराम हुन्छ। यसलाई सरलीकरण गर्नु आवश्यक छ। जमाना डिजिटल भै सकेकोले पेपरलेस कन्फेरेन्स प्याकेज बनाउन सकिन्छ र झोला र स्टेसनरीको टाउको दुखाइलाई पन्छाउन सकिन्छ । अन्य झकिझकाउ र तडक-भडक घटाएर सरल व्यवस्थापनतिर ध्यान दिनु आवश्यक देखिन्छ।
घोषणापत्र सम्बन्धमा:
गैरआवासीय नेपाली संघले हरेक विश्व सम्मेलनपछि घोषणा पत्र निकाल्ने गर्छ, जुन आफैँमा नराम्रो होइन। तर ती बुँदाहरू प्राय: दोहोरिन्छन्, ठूला नाराका रूपमा सीमित हुन्छन्, थोरैमात्र कार्यान्वयन हुन्छन् । माथि भनिए झैँ खुकुलो सहभागिता भएमा र विदेशस्थित सबल नेपाली सामाजिक संथाहरू र नेपालका स्थानीय तहका सरकार र विभिन्न तहका सरोकारवाला सामाजिक संस्थाहरूलाई सम्मेलनको स्वामित्व दिन सके तिनीबीच सम्भावित स-साना सहकार्यहरूले कालान्तरमा राम्रै नतिजा दिन सक्ला ।
यसो गर्न सके संघको आफ्नो बोझ पनि घट्दै जानेछ, सम्मेलनको अपनत्व, सहभागिता र प्रभावकारिता पनि बढ्दै जानेछ। समापन समारोहमा हरेक मिनी-कन्फेरेन्सका आयोजकले एउटा मात्र भए पनि आगामी दुई वर्षभित्र नेपालसँग गर्ने सहकार्यको एक्सनेबल बुँदा प्रस्तुत गर्न सके कालान्तरमा गएर त्यसको गुणात्मक असर ठूलो हुन सक्ने देखिन्छ।
अत: गैरआवासीय नेपाली संघको नेतृत्व वर्गले खुला सोच बनाई सबैको लागि स्वागतयोग्य वातावरण सिर्जना गर्ने र समावेशिता, विविधता र विकेन्द्रिकरणको नीतिलाई अनुशरण गरेमा भविष्यमा हुने विश्व सम्मेलनहरूको प्रासङ्गिकता रहनका साथै सार्थकता पनि बढ्दै जानेछ। टोरोन्टो, क्यानाडा ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...