×

NMB BANK
NIC ASIA

प्रमुख चाडबाडमा घुम्नलायक ठाउँ

दशैँमा घुम्नका लागि कोशीमा धार्मिक र पर्यटन दुवै गन्तव्यः पाथीभरादेखि कन्यामसम्म

विराटनगर | कात्तिक ४, २०८०

NTC
Premier Steels

नेपालीहरूले राष्ट्रिय पर्वका रुपमा मनाइने दशैँका विभिन्न पाटा छन् । जसमध्ये पर्यटन प्रबद्र्धन एउटा महत्वपूर्ण पाटो हो । हुन पनि दशैँमा आन्तरिक पर्यटक बढ्ने गर्छन् । त्यसमध्ये पनि कोशी प्रदेश पर्यटकहरूको रोजाइमा पर्छ । समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि ८८४८.४८ मिटरको उचाइमा रहेको विश्वकै सर्वाेच्च शिखर सगरमाथा यस प्रदेशमा पर्छन् । 

Muktinath Bank

नेपालमा ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल रहेका छन् । तीमध्ये यस प्रदेशमा मात्रै ५ वटा पर्छन् । तीमध्ये विश्वकै अग्लो सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौँ मकालु र छैटौँ अग्लो चोओ यू कोशीमै छन् । यहाँ मानवनिर्मित पनि धेरै पर्यटकीयस्थल छन् । दशैँको खुसीयाली साट्नका लागि कोशी प्रदेश पर्यटनमा निकै अगाडि मानिन्छ । पर्यटन व्यवसायी भविष श्रेष्ठको भनाइ पनि यही छ । दशैँमा कोशीका पर्यटकीय गन्तव्य भरिभराउ नै हुने गरेको उनी सुनाउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धार्मिक हिसाबले पनि यो प्रदेश अगाडि नै छ । ताप्लेजुङको पाथीभरा, उत्तर–पश्चिममा रहेको हलेसी महादेव र चुरे–तराई क्षेत्रमा रहेको वराहक्षेत्र, धरानमा रहेको पिण्डेश्वरीलगायतका हिन्दू धर्मावलम्बीका प्रमुख तीर्थस्थल यही छन् । चीनको नाका किमाथांका, ओलाङचुङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, भारतको सीमानामा पर्ने शहर जोगवनी तथा भण्टाबारी  कोशी प्रदेशका ठूला नाका हुन । उत्तरका नाका भने अहिले चालू छैनन् ।


Advertisment
Nabil box
Kumari

२५ हजार ९०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो प्रदेशमा १४ जिल्ला छन् । ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित ३ जिल्ला हिमाली प्रदेशमा, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित ८ जिल्ला पहाडमा र झापा, मोरङ तथा सुनसरी तराईका जिल्ला हुन् ।

Vianet communication

null

झापाको पर्यटकीय तथा धार्मिक स्थलहरूमा केचनकवल, नेपालको सबैभन्दा होचो ठाउँ हो । यो समुद्री सतहबाट ५८ मीटर उचाइमा रहेको छ । यस्तै अर्जुनधारा, कचनकवल, सतासीधाम कीचकबध, विराटपोखर, कन्काईमाई, समयगढ, चिल्लागढ, चन्द्रगढ, कृष्ण थुम्की, जामुनखाडी सिमसार क्षेत्र आदि पनि घुम्नलायक ठाउँ रहेका छन् । 

झापाकै छिमेकी इलाम भने एकपटक पुग्नै पर्ने जिल्लामा पर्छ । यहाँको प्रमुख गन्तव्य कन्याको चिया बगान हो । यहाँ सधै आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ । यस्तै इलामको पूर्वी क्षेत्रमा रहेको श्रीअन्तु (अन्तुडाँडा)बाट सूर्याेदय हेर्न सकिन्छ । यहाँबाट सूर्याेदय र सूर्यास्तको दृश्य राम्रोसँग देख्न सकिन्छ । यस जिल्लामा कन्याम र अन्तुडाँडासँगै गुफा पाताल, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहबाहिनी, माइस्थान, लारूम्बा, सिद्धिथुम्का, छिन्टापु, माइपोखरी, टोड्के झरनालगायतका थुप्रै पर्यटकीय स्थल यस जिल्लामा रहेका छन् ।  

यस्तै पाँचथरमा जोरपोखरी, सिलौटी, ऐतिहासिक महत्त्व बोकेको हिलिहाँङ दरबार, सुम्हात्लुङ देवस्थल, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भन्ज्याङ, सिंहसिद्ध तीर्थस्थल, सिद्धदेवी (कुम्मायक) स्वर्गपुरी मन्दिर, लब्रेकुटी, छालासुकुवा, गुरुङ संग्रालय रहेका छन् । 

ताप्लेजुङमा प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिर, विश्वकै तेस्रो र नेपालकै दोस्रो ८,५८६ मिटर अग्लो कंचनजंघा हिमश्रृंखला क्षेत्र, तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, दिकी छ्योलिङ गुम्बालगायत रहेका छन् । दशैँमा पाथीभरा देवीको मन्दिर दर्शन गर्नेहरूको घुइँचो नै लाग्ने गर्छ । तराईका जिल्लाका बासिन्दाहरूले इलामको कन्याम हुँदै जाने गर्छन् । यसले पर्यटकले थप मोहित पार्छ । 

मोरङमा विराट राजाको दरबार, धनपाल गढी , राजारानी पोखरी, राजा धनपाल थान, सुनवर्षी पोखरी, बागझोडा, सप्त कन्या गुफा, महादेव पार्वती गुफा, मिक्लाजुङ डाँडा, हसेनी सिमसार, ध्वजे डाँडा, बेतेनी ताल, बेतना सिमसारलगायत ठाउँ रहेका छन् ।

सुनसरीमा कोशीटप्पु वन्यजन्तु आरक्ष, चतराधाम, चिमडी दह, ठिंगेढुंगा, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर‎, बुढासुब्बा मन्दिर, रामधुनी मन्दिर, वराहक्षेत्र, विष्णुपादुका मन्दिर, शिवजट्टा, सूर्यकुण्ड आदि धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् ।

धनकुटामा ध्वजेडाँडा, भेडेटार, राजारानी तथा  हिले बजार यहाँका पर्यटकीय क्षेत्र हुन् ।

भोजपुरमा ट्याम्के डाँडा, मैयुङ डाँडा, साल्पा सिलिचुङ, षडानन्दको जन्मभूमि दिङ्ला, सिद्धकाली मन्दिर, नाग छाँगा, बैकुण्ठे, ऐतिहासिक हतुवा गढी आदि पनि पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । यो जिल्ला वहावाल पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको गृह जिल्ला हो ।

null

संखुवासभा सिद्धकाली मन्दिर, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा धार्मिक क्षेत्रहरू रहेका छन् । मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु वरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाँडा आदि पर्यटकीय क्षेत्र हुन् । 

सोलुखुम्बु कोशी प्रदेशकै प्रमुख पर्यटक गन्तव्य मानिन्छ । यस क्षेत्रका पर्यटकीय क्षेत्रहरूमा सगरमाथा, ल्होत्से, चोयु, ग्याचुङगाङ, नुप्त्से, चोमोलुङमा, पुमोरी, आमाडव्लम, थाम्सेर्कु, नुम्बुर, ल्होत्सेसार तथा खुम्बु सोलुखुम्बुका पर्यटकीय क्षेत्र हुन् । विश्वकै अग्लो चुचुरो सगरमाथा पनि यही जिल्लामा पर्छ । 

मेरा पिक, पिके डाँडा, रात्नाङ्गे डाँडा, नौलेख खर्क, दूधकुण्ड पोखरी, साल्पा पाँचपोखरी, लामाजुरा, धर्मपिक, पत्ताले डाँडा पनि यहाँका पर्यटकीय क्षेत्र हुन् । सलिचो, तिलपुङ डाँडा, सुकेपोखरी, गोक्यो, स्याङ्बोचे, पाङ्बोचे डाँडा, दिवुचे, दिङ्बोचे, लबुचे, गोरक्सेप, कालापत्थर, इम्जा ताल, रमो, थामे, खोङ्माला पास, चोला पास, रेञ्जो पास, गोक्योरी खुम्बिला, क्वाङ्दे, फाक्दिङ पर्यटकको रोजाइमा पर्ने ठाउँ हुन् ।

 खोटाङका मुख्य पर्यटकीय स्थलहरूमा हलेसी महादेवस्थान, ट्याम्के डाँडा, मेरुङ डाँडा र सेल्मेडाँडा आदि पर्दछन् । यसका साथै हलेसीमला थुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रुपाकोट डाँडा, मझुवा गढी, ताराखसे डाँडा र सहदेउ गढी आदि पनि छन् ।  

उदयपुरका मुख्य पर्यटकीय क्षेत्रहरू जाल्पादेवी, लिम्पाटार, रौतापोखरी, चित्रेथाम, चौदण्डी गढी, उदयपुर गढी, ताप्ली पोखरी, मैनामैनी, कोशी टप्पु वन्यजन्तु आरक्षलगायत रहेका छन् ।

ओखलढुङ्गाका पर्यटकीय क्षेत्रको रूपमा सतासीधाम रहेको छ । हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान् विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई चिन्ने गरिन्छ । 

यस्तै दक्षिण एसियाकै ठूलो झरनाका रूपमा चिनिएको ह्यात्लुङ झरना तेह्रथुममा छ । यो जिल्लामा छातेढुङ्गा, सिंहबाहिनीको मन्दिर तीनजुरे लगायतका क्षेत्र छन् । तीनजुरे मिल्के जलजले गुराँसको राजधाी भनेर पनि चिनिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x