×

NMB BANK
Dabur

आर्थिक मन्दीको प्रभाव

फैलिँदो बुटवल, घट्दो चहलपहल

बुटवल | कात्तिक ९, २०८०

NTC
Sarbottam
Premier Steels

व्यापार व्यवसायका लागि सटरदेखि डेरा पाउन मुस्किल हुने बुटवल बजारका घरहरू अहिले खाली हुँदै गएका छन् । पाँच वर्षअघिसम्म आर्थिक, राजनैतिक र विकासको सूचकांकमा उदाहरणका रूपमा लिइने रूपन्देहीको बुटवल क्षेत्र अहिले रक्षात्मक अवस्थामा छ ।

Sagarmatha Cement
Muktinath Bank

तीन वर्षअघिको कोरोना महामारीका कारण अर्थतन्त्रमा गम्भीर झड्का लागेलगत्तै निम्तिएको आर्थिक मन्दी र प्रादेशिक संरचनाहरू क्रमशः दाङको देउखुरी स्थानान्तरण हुँदै जाँदा त्यसको असरले बुटवलको रौनक र चमक क्रमशः घट्दै गएको व्यवसायीहरू बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथ, कालिकानगर, कालिकापथ, राममन्दिर लाइन, बीपीचोक र ट्राफिक चोकका प्रायजसो घरका सटरहरू विस्तारै खाली हुँदै गएका छन् । कतै सटर भाडामा छ भन्ने त कतै पसल बिक्रीमा रहेका तुल ब्यानर झुण्ड्याइएको छ ।


Advertisment
SBL

null

Vianet communication
Laxmi Bank

बाक्लो चहलपहल हुने चोक र प्रतिष्ठान समेत सुनसान छन् । सीमावर्ती बजारमा किनमेल गर्न जानेलाई कडाइ गरिए पनि त्यसको प्रभाव स्थानीय बजारमा खासै देखिएको छैन । अहिले भैरहवा भन्सार कार्यालयले भारतको सुनौली बजारमा किनमेल गर्न जाने नेपालीहरूलाई १०० रुपैयाँभन्दा बढीको सामान खरिदमा अनिवार्य भन्सारको व्यवस्था गरेको छ । 

आर्थिक हब भन्ने गरिएको बुटवलमा व्यापार र उद्योगमा ठूलो लगानी गरेका व्यापारीहरू पनि विकल्पको खोजीमा देखिन्छन् ।

दशकअघि बुटवल बजार क्षेत्रमा निर्माण थालिएको सडक विस्तारले पनि आसपासका व्यापारीलाई विस्थापित गर्‍यो । बजारको खस्किँदो चार्मपछि ठूला व्यापारी मात्र होइन, थपिइरहेका साना उद्यमी पनि आत्मविश्वासपूर्वक टिक्नेमा विश्वस्त देखिँदैनन् । बुटवल अहिलेको शहर होइन, यसको इतिहास खोतल्दै गए २०० वर्ष अघिसम्म सजिलै पुग्न सकिन्छ । अमरसिंह थापा पश्चिम एकीकरण गर्न जाँदा बुटवल बसेको इतिहास छ । 

साविक पश्चिमाञ्चल विकास क्षेत्रकै व्यापारिक केन्द्र बुटवलमा पहाडी जिल्लाबाट १०० वर्ष अघिदेखि नै मूलरूपमा नूनदेखि सुनसम्म किनमेल गर्न महिना दिन लगाएर मानिसहरू (तत्कालीन बटौलीमा) आउँथे । यस क्षेत्रकै पुरानो व्यावसायिक संस्था बुटवल उद्योग वाणिज्य संघका अनुसार कोभिडयता मात्रै  बुटवलमा झण्डै ३० प्रतिशत साना/ठूला व्यवसायी पलायन भएका छन् ।

संघीयता कार्यान्वयनमा आउँदा पाँच वर्षअघि बुटवलमा रहेको रौनक अहिले आधाभन्दा धेरै घटेको उवासंघका नवनिर्वाचित अध्यक्ष हरिप्रसाद अर्याल बताउँछन् ।

‘बुटवलको आर्थिक अवस्था र चमक क्रमशः गिर्दै गएको देखिन्छ,’ अर्याल भन्छन्, ‘बुटवललाई पुरानै लयमा फर्काउन अब यहाँ ठूलो मेहनत गर्नुपर्छ । अब यहाँ सम्भावना नदेखेर धेरै उद्योगी/व्यवसायी विदेश पलायन हुने क्रम पनि बढ्दो छ । यसलाई तीन तहकै सरकार र निजी क्षेत्र मिलेर रोक्नुपर्छ ।’ 

अर्याल थप्छन्, ‘लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सारिनु, राजमार्ग क्षेत्रमा सडक विस्तारको काम समयमा नहुनु, दशकअघि निर्माण थालिएको सडक उस्तै हुनुले बुटवलको चार्म खस्किएको हो ।

यसैमाथि खुला सिमानाको फाइदा उठाउँदै चोरी तस्करी बढ्नुले पनि बुटवल जस्ता सीमावर्ती बजार सुनसान भएको देखिन्छ । राज्यले बैंक ब्याजलाई सहजीकरण गरी स्वदेशी बजार बचाउने नीति नल्याउने हो भने बुटवल बजारजस्तै देशभरका व्यवसायी पलायन हुने अवस्था देखिन्छ ।’ 

यस्तो असामान्य परिस्थिति आउनुमा व्यवसायी सरकारको कार्यशैलीलाई दोष दिन्छन् । सरकार जिम्मेवार भएर आवश्यक राहत र सुविधा उपलब्ध गराउनुपर्नेमा नगराएको गुनासो उनीहरूको छ । लगानीकर्ता बजारबाट दिनदिनै अवसरको खोजीमा पलायन भइरहेको र यहीँ टिकाइराख्न सरकारले नीतिगत रूपमा प्रोत्साहित गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंक पोखरेल बताउँछन् ।

‘आत्मविश्वास लगानीकर्ताले देखाउनुपर्छ । त्यसलाई कायम राख्न सरकारले सहयोग गर्नुपर्छ । खासगरी व्यवसायमा लगानी भित्र्याउने, कर छुट दिने तथा अन्य प्रोत्साहन गर्ने खालका नीति अघि सार्नुपर्छ । यसो गर्दा बजारले भविष्यको लगानी विस्तारका लागि नयाँ अवसर देखिन्छ । बुटवल अहिले असाध्यै पीडामा छ’ पोखरेलले थपे, ‘अब आरोप प्रत्यारोप होइन, बुटवलको पुनरुत्थान गर्न सबै लाग्नुपर्छ ।’

व्यापारीमाथि अनुदार सोच राख्नुको सट्टा आर्थिक विकासका लागि अवसर सिर्जना गर्ने भनेर स्थानीय सरकारले सोच्नुपर्ने हो तर, त्यो काममा बुटवल उपमहानगरपालिकाको ध्यान जान सकेको छैन । 

बसाइँसराइले बुटवल, तिलोत्तमा भैरहवामा व्यापार व्यवसाय र उद्योगधन्दा फस्टाएकोमा बजार सुनसान भएपछि उद्योगहरूले उत्पादन समेत आधाले घटाएको उद्योगी राजेश अग्रवाल बताउँछन् ।

null

भरतपुर, पोखरा, वीरगञ्ज महानगर बन्दा बुटवल यहाँका राजनीतिक दलहरूको दाउपेचले महानगरपालिका बन्नबाट रोकिन पुगेको थियो । बुटवलसँग जोडिएका तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना एउटै शहरजस्तै बनेका छन् । तिनाउ र दानव नदीमा बनेका दर्जनभन्दा बढी पुलले बुटवललाई फैलाएको छ ।

बुटवलको चमकधमक घट्नुमा राजनीतिक खिचातानी र राजनीतिक दलका नेताहरूको अदूरदर्शिता पनि कारण मानिएको छ । केन्द्रमा पकड भएका नेताहरू डगमगाउँदा त्यसको सोझो असर बुटवलमा परेको विश्लेषक प्राध्यापक नुरजंग केसी बताउँछन् । 

यहाँबाट दाङ राजधानी सर्दा बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारले बताएको थियो । त्यो योजना कार्यान्वयन हुन पनि सकेको छैन । तर, प्राविधि क्षेत्रमा जानकारहरूले प्रविधिले बढाएको सहज पहुँचका कारण पनि बजारमा चहलपहल कम देखिएको बताउँछन् ।

'पहाडबाट घिउ, जडीबुटीलगायतका पहाडी उत्पादन बेकेर बुटवल आउँथे । त्यो बेलाको बटौली र खस्यौली क्षेत्रमा किनमेल गर्ने व्यापारी भरिभराउ हुन्थे,' बुटवलका जेष्ठ नागरिक रवीन्द्रगोपाल लाकौल भन्छन्, ‘बुटवलबाट वर्षभरीका लागि पुग्ने लत्ताकपडा, मरमसला, तमाखु, नुन, तेल, भाँडाकुँडा बोकेर ती मानिस उकालो लाग्थे । सडक थिएन, हिँडेरै आवातजावत गर्नुपर्थ्यो । खासगरी मंसिर, पुस, माघ र फागुन चार महिना ठूलो बजार लाग्थ्यो ।’

बुटवलमा आफैँमा एउटा ऐतिहासिक शहर पनि हो । आफ्नो साम्राज्य फैलाउँदै हिँडेको अंग्रेज फौजलाई नेपाली वीरहरूले आजभन्दा २०६ वर्षअघि बुटवलकै जीतगढी किल्लामा हराएका थिए ।

वि.सं. २०७८ को जनगणना अनुसार तीव्रतर गतिमा शहरीकरण भएको जिल्लामा रुपन्देही परेको छ । जनसंख्याको हिसाबले तेस्रो बनेको रुपन्देहीको मुख्य बजार बुटवलको चार्म पछिल्लो केही समययता घट्दै गएको छ ।

अहिले रूपन्देहीको शहरी जनसंख्या वृद्धिदर ५ प्रतिशत रहेको छ । यहाँ अपवादबाहेक योजनाबद्ध सहरीकरण भएको छैन ।

बुटवल हुँदै पूर्वपश्चिम राजमार्ग गएको छ । बुटवलदेखि सुनौली (बेलहिया नाका)सम्मको सडक ६ लेनको बनेको छ । बुटवल, सिद्धार्थनगर र तिलोत्तमालाई जोडेको सडक चिटिक्क देखिँदा धेरैलाई आकर्षित गर्छ । बुटवलमा बन्ने भनिएको औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्न सकेको छैन । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले ठूलो लगानीमा क्षति पुगेको बताए । बुटवललाई चलायमान बनाउन बुटवलदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि लुम्बिनी धार्मिक पर्यटन यात्रा गराउने गरी प्रयास थालेको उनको भनाइ छ । बुटवलको संकट समाधान गर्न आफू सबैखाले उपायको खोजीमा रहेको पनि उनले बताए । 

बुटवलले ठूलो मार खेपेको छ । अर्बाैं लगानी संकटमा देखिएको छ । तर, आईटी क्षेत्रका जानकारहरू अनलाइन प्रविधिमार्फत मोबाइल वा कम्प्युटरको सहायताले जहाँसुकै बसेर किनमेल गर्न सकिने हुँदा यसअघिजस्तो भौतिक रूपमा पुग्नुपर्ने बाध्यता नहुँदा चहलपहल घटेजस्तो भएको बताउँछन् ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २१, २०८०

नागरिक उड्डयन प्राधिकरणमा जागिर खानुअघि प्रदीप अधिकारी काठमाडौंका इन्जिनियरिङ कलेजहरूमा अध्यापन गराउँथे । अध्यापन गराइरहेका अधिकारीलाई एकैपटक दुइटा अवसर आए– एउटा सरकारी जागिर र अर्को विदेशमा पीएचडीक...

पुस २८, २०८०

बुटवलका कृष्ण चौहान क्षेत्रीले आफ्नो सफलता पैसासँग कहिल्यै तौलिएनन् । बरु हुँदा खाँदाको प्राध्यापन पेशाबाट हात झिकेर २४सै घण्टा मानव सेवामा लागेका छन् । उनको आफ्नो सम्पूर्ण जीवन नै रक्तदान क्षेत्रमा बिताउने प्रण गर...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x