०३ साउन २०८३, आइतबार

राहत कोषमा करिब ६ करोड जम्मा

कात्तिक २३, २०८०
सुर्खेत
राहत कोषमा करिब ६ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ। जाजरकोट केन्द्रबिन्दु भएर गत  शुक्रबार राति गएको भूकम्प पीडितका लागि राहत सहयोग र पुनर्थापनाका लागि सरकारले आर्थिक सहयोगको  आह्वान  गरे पछि उक्त रकम जम्मा भएको हो।  

यो रकम आइतबार दे खि बुधबारसम्मको हो। भूकम्पपीडितलाई राहत सहयोगका  लागि सरकारले देशविदेशमा रहेका नेपालीलाई अपिल गरेको थियो। प्रधानमन्त्री  तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार मङ्गलबारसम्म   बैङ्कमा पाँच करोड ९५ लाख  रुपैयाँ जम्मा भएको थियो ।  आजको गोरखा पत्रमा यो खबर प्रकाशित छ ।

salt training

कमेन्ट गर्नुहोस्