×

NIC ASIA

कोशी कांग्रेस विद्रोहको एक महिना

अप्ठ्यारोमा मुख्यमन्त्री कार्की : मन्त्रालय भागबन्डामा सहमति, सरकार विस्तारको भाका सर्दै

काठमाडाैं | कात्तिक २५, २०८०

Prabhu Bank
NTC
Premier Steels

एक महिना अघि कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका विद्रोही नेता केदार कार्की मुख्यमन्त्री बने । उनले विश्वासको मत पनि लिइसकेका छन् । तर उनले समयमा सरकार विस्तार गर्न सकेका छैनन् ।

Muktinath Bank

एमालेको दबाब र विद्रोहपछि कांग्रेस र गठबन्धनभित्रको असन्तुलनले मुख्यमन्त्री कार्की सकसमा परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारमा माओवादीको प्रवेश भएसँगै एमाले सरकारबाट बाहिरिएको छ । तर पनि एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने मनस्थिति बनाएको छैन । तर कांग्रेस, माओवादी केन्द्र र नेकपा एस मिलेर सत्ता चलाउने भने पनि सकस उस्तै छ ।


Advertisment
Nabil box
Kumari

कोशीको सरकार विस्तारमा कुन दलले कति मन्त्रालय लिने भन्नेमा पनि मोटामोटी सहमति भएको नेताहरू बताउँछन् ।​

Vianet communication

कांग्रेस सांसद हिमाल कार्कीले सरकार विस्तारमा सहमति भएको बताए । ‘कांग्रेस, माओवादी र नेकपा एसबीच सरकार सहमति भएको बुझेका छौं,’ उनले भने, ‘अहिले भएको सहमतिलाई छठपछि कार्यान्वयन गर्ने तयारी भएको छ ।’

पछिल्लो भागबन्डाअनुसार कोशीमा कांंग्रेसले ४, माओवादी केन्द्रले ३ र नेकपा एसले एक मन्त्रालय लिने समझदारी भएको अर्का एक नेता बताउँछन् ।​

जसपाको लागि पनि एक मन्त्रालय छुट्याइएको छ । ‘अब कोशीमा एमाले सरकार बाहिरै रहने भएपछि कांग्रेस, माओवादी र नेकपा एसबाट मात्रै मन्त्री बन्ने देखिएको छ,’ ती सांसद सांसद भन्छन्, ‘कोशी यस अघिदेखि नै विवादमा पर्दै आयो अब अड्काउन हुँदैन बरु मिलाएर जानुपर्छ भन्नेमा सबै पुगेका छन् ।’

९ मन्त्री रहने कोशीमा कांग्रेसका शमशेर राई, माओवादीका गणेश उप्रेती र नेकपा एसका कमल जबेगु विनाविभागीय मन्त्री छन् । तर दाबेदार धेरै भएपछि कांग्रेस र माओवादीमा कसलाई मन्त्री बनाउने भन्ने तनाव छ ।​

विद्रोह गरेर मुख्यमन्त्री बनेपछि कार्कीलाई संस्थापन र शेखर पक्षबाट सन्तुलन मिलाएर मन्त्री बनाउन पनि सकस परिरहेको अर्का एक सांसद बताउँछन् । यतिमात्रै होइन कोशीमा संस्थापन, शेखर, कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मासहितको भागबन्डा मिलाउनुपर्ने बाध्यता छ । 

विशिष्ट अंकगणितले समस्या

कोशीमा एमाले ३९ सांसदसहित बलियो रुपमा उपस्थित भएपछि ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुग्नै सकस परेको थियो ।

एमालेको ३९ र राप्रपाको ६ गरी ४५ सांसदमात्रै पुग्ने अवस्था एकातिर बन्यो । अर्कोतिर कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ४ र जसपाका १ गरी ४७ सांसद पुग्ने अवस्था थियो । तर बैठक चल्ने दिन एमालेले उपभासमुखलाई अनुपस्थित गराउने भएपछि सत्तारुढ दलले पनि कोशीमा बहुमत जुटाउन सकेनन् ।

यसै अप्ठ्यारो गणितका बीच कोशीमा शेखरपक्षका ८ सांसदले एमालेको बलमा विद्रोह गरे पनि फेरि एमाले सत्ताबाहिर पुगेको छ । 

कार्की मुख्यमन्त्री भएलगत्तै एमालेका राम राना विनाविभागीय मन्त्री नियुक्त भएका थिए । तर माओवादी र नेकपा एसको सरकारमा प्रवेशपछि रानाले १८ कात्तिकमा राजीनामा दिए । जसले फेरि नयाँ समीकरण बनेको हो ।

एमाले बाहिरै, विकल्पमा राप्रपा

कोशीमा शेखर पक्षबाट विद्रोह गरेका कार्कीले गठबन्धनसँग मिलेर आफूलाई धोका दिएको बुझाइमा एमाले छ । तर विशिष्ट गणितका कारण मध्यावधि चुनावमा जान सक्ने जोखिमलाई हेरेर एमालेले तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता लिने संकेत गरेको छैन । 

सत्ता गठबन्धन पनि एमालेले समर्थन फिर्ता नलिनेमा ढुक्क देखिन्छ ।

‘यहाँको प्रदेशसभाको अंकगणित नै विशिष्ट छ । यस्तै विशिष्टतामा सहमतिको सरकार बनाउने प्रयत्न भए पनि पूरा भएन । तर पनि एमालेले अनायासै समर्थन फिर्ता लिन्छ भन्ने लाग्दैन’ एक सांसद भन्छन्, ‘एमाले तत्काल सरकार बाहिरै बस्ने भए पनि समर्थन फिर्ता लिने अवस्थामा छैन ।’ एमालेले सरकारलाई समर्थन गरिरहनुपर्ने भए सभामुख पाउनुपर्ने गरी मुख्यमन्त्री कार्कीसमक्ष दबाब पनि बढाएको छ ।

तर सत्ता गठबन्धन एमालेलाई मात्रै विश्वास गरेर बस्ने पक्षमा छैन । बरु सभामुख राप्रपालाई दिएर भए पनि उसका ६ सांसदको समर्थन बटुल्ने तयारीमा छ ।

सत्ता गठबन्धनमा राप्रपा पनि मिसिए ५३ सिट पुग्नेछ । यो विकल्पले कोशी मध्यावधिमा जानबाट बच्नेछ । 

राप्रपालाई विश्वासमा लिन केन्द्रमा माओवादीले आफ्नो भागमा परेको संसदीय समितिको सभापति उसलाई छोडेको थियो ।

मन्त्रालयबाहेक प्रदेशको लोकसेवा आयोग, योजना आयोग र प्रदेश खेलकुद बोर्डमा पनि दलहरूले भागबन्डाको तयारी गरेका छन् । 

योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त भइसकेका छन् । तर लोकसेवा र खेलकुद बोर्डको भागबन्डा टुंगिन बाँकी नै छ ।

लोकसेवामा माओवादीको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x