×

NMB BANK
NIC ASIA

चिनियाँ राष्ट्रपतिको अमेरिका भ्रमण

बाइडेन-सी भेट : सम्बन्ध सुधारको दिशामा अगाडि बढेका हुन् अमेरिका र चीन ?

काठमाडाैं | मंसिर १, २०८०

NTC
Premier Steels

विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनका राष्ट्र प्रमुखहरूबीच भएको महत्त्वपूर्ण भेटवार्ताले विश्व तरंगित बनेको छ ।

Muktinath Bank

एकले अर्काको अस्तित्व सहर्ष स्वीकार गर्न तयार नहुने अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधवार लामो भेटवार्ता भएको थियो । भेटवार्तापछि बाइडेन–सी क्याटवाक शैलीमा निस्किए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समिटमा सहभागी हुन राष्ट्रपति सी अमेरिकी राज्य सन फ्रान्सिस्को पुगेका छन् । त्यही शहरमा राष्ट्रपति बाइडेनसँग सीको ४ घण्टा लामो भेट भएको थियो ।


Advertisment
Nabil box
Kumari

३८ वर्ष पहिले सी सन फ्रान्सिस्को पुगेका थिए । सीसँगको भेटमा राष्ट्रपति बाइडेनले ३८ वर्ष पुरानो फोटो आफ्नो मोबाइल फोनमा देखाएर ठट्टा गरेका थिए– यो युवा को हो ? 

Vianet communication

null

बाइडेन–सी भेटका औपचारिक कुराकानीभन्दा अनौपचारिक गतिविधिको चर्चा भयो । बाइडेन राष्ट्रपति सी चढेको गाडीसम्म आएर ‘ब्युटीफूल भेइकल’ भने ।

सीले चिनियाँ ब्रान्डको ‘रेड फ्ल्याग’ गाडी प्रयोग गरेका थिए । राष्ट्रपति सीको भ्रमणका दौरान भएका स–साना कुरालाई पनि चिनियाँ सञ्चारमाध्यमले बडो चासो र महत्त्व दिइरहेका छन् ।

अमेरिका, चीन, रसिया, अस्ट्रेलिया, क्यानडा, जापान, कोरिया, थाइल्यान्ड, सिंगापुरलगायतका मुलुक सम्मिलित एपेक सम्मेलन भए पनि मुख्य चासो राष्ट्रपतिद्वयको भेटवार्तामा थियो । ठीक एकवर्ष अघि सन् २०२२ को नोभेम्बर १४ मा इन्डोनेसियाको बालीमा जी–२२ समिटका दौरान बाइडेन र सीबीच भेटवार्ता भएको थियो । सेप्टेम्बरमा भारतमा भएको जी २० सम्मेलनमा बाइडेन सहभागी भए पनि सी अनुपस्थित रहेका थिए । 

राष्ट्रपति बाइडेनले सीसँगको भेटपछि अहिलेसम्मकै रचनात्मक र उपयोगी वार्ता गरेको बताएका थिए । त्यो औपचारिक अभिव्यक्ति मात्र हो । समकक्षी सी–बाइडेनको एउटा संयोग छ, उनीहरू दुवै उपराष्ट्रपति हुँदा अमेरिकामै भेटवार्ता भएको थियो । सन् २०१२ मा उपराष्ट्रपति रहेको समयमा सीले अमेरिकाको भ्रमण गरेका थिए । त्यो बेला बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । 

सन् २०१३ को जुनमा राष्ट्रपतिको रूपमा सीले पहिलो र सन् २०१५ को सेप्टेम्बरमा दोस्रो भ्रमण गरेका थिए । त्यो बेला बराक ओबामा अमेरिकाको राष्ट्रपति थिए । 

अमेरिकामा सीको नरम भाषण, गरम सन्देश

नोभेम्बर १५ मा राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धबारे लामो प्रवचनदिएका थिए, मैत्री संगठनहरूले आयोजना गरेको रात्रि भोजको अवसरमा । विश्वको भविष्यको लागि चीन र अमेरिका मिलेर काम गर्नुपर्नेमा सीले जोड दिए । 

सन फ्रान्सिस्कोमा राष्ट्रपति सीले चीन अमेरिका सम्बन्धको चर्चा मात्र गरेनन्, दुई देशको शान्तिपूर्ण सह–अस्तित्वबाट विश्वले लाभ लिन सक्ने बताए । 

अमेरिका र चीनबीच ७६० बिलियन यूएस डलरको वार्षिक व्यापार, २६० बिलियन दुईपक्षीय लगानी तथा प्रत्येक हप्ता ३ सय उडान रहेको सीले स्मरण गरे । 

‘चीनले अमेरिकाका विरुद्ध कहिल्यै दाबी गर्दैन र आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन । अमेरिकालाई चुनौती दिने वा प्रतिस्थापन गर्ने चीनको कुनै मनसाय छैन । हामी समृद्ध अमेरिका देख्न पाउँदा खुसी हुनेछौं,’ सीले भने, ‘अमेरिकाले पनि चीनसँग बाजी लगाउनुहुँदैन । चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन । शान्त, स्थिर र समृद्ध चीनलाई स्वागत गर्नुपर्छ ।’

null

चीनले आफ्नो भूमि दाबी गर्ने ताइवानमा अमेरिकी हस्तक्षेपप्रति संकेत गर्दै सीले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेका हुन् ।

चीनको तीव्र विरोधका बावजुद् सन् २०२२ को अगस्टमा अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आएको थियो । 

सन् २०१७ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प र सन् २०२१ मा बाइडेनले पनि ताइवान मामिलामा चीनलाई भड्काउने अभिव्यक्ति दिएका थिए ।

अमेरिका र चीनले पटक–पटक यस्तो उतारचढावपूर्ण सम्बन्ध झेलिसकेका छन् । राष्ट्रपति सीले ‘एक चीन नीति’प्रति प्रतिबद्धता जनाउन गरेको प्रस्ताव बाइडेनले अस्वीकार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखेका छन् ।

बाइडेनले ताइवानमा चीनले गर्ने सैन्य हस्तक्षेप अमेरिकाका लागि मान्य नहुने कुरा सीसँगको भेटमा दोहोर्‍याएका थिए । बाइडेनले आगामी वर्ष हुने चुनावमा कुनै पनि खालको हस्तक्षेप नगर्न पनि चेतावनी दिएका थिए । 

एपेक बैठकको सन्दर्भमा पत्रकारले सोधेको एक प्रश्नको जवाफमा बाइडेनले सीलाई ‘तानशाह’कै संज्ञा दिएका थिए ।

‘यसअघि तपाईंले चिनियाँ राष्ट्रपतिलाई तानाशाहको संज्ञा दिनुभएको थियो, यो भ्रमणपछि के भन्नुहुन्छ ?’ भन्ने पत्रकारको जिज्ञासामा बाइडेनको टिप्पणी थियो, ‘कम्युनिस्ट देशका राष्ट्रपतिले आफ्नो मुलुकमा बेग्लै प्रकारको व्यवस्था चलाउँछन्, त्यो तानाशाहीमा आधारित छ ।’ 

यो टिप्पणीबाट पनि उनीहरूबीच विषयकेन्द्रित कुराकानी भने सौहार्द नभएको अनुमान लगाउन सकिन्छ । दुई देशको रणनीतिक स्वार्थका कारण इजरायल-हमास तथा रुस-युक्रेन युद्धलगायत विषयमा छलफल भए पनि खासै प्राथमिकतामा परेनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x