२२ जेठ २०८३, शुक्रबार
आन्दोलन गर्न काठमाडौँमा

दुर्गा प्रसाईंले ल्याएका आन्दोलनकारीलाई म्याट्रेसको ओछ्यान, प्रशासनले उठाउने अर्को चिन्ता [फोटो/भिडियो]

मंसिर ६, २०८०
काठमाडौं
दुर्गा प्रसाईंले ल्याएका आन्दोलनकारीलाई म्याट्रेसको ओछ्यान, प्रशासनले उठाउने अर्को चिन्ता [फोटो/भिडियो]

दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल' को आह्वानमा हुन लागेको आन्दोलनमा आएका व्यक्तिहरू राजधानीका होटलका साथै विभिन्न पार्टी प्यालेसहरुमा बसेका छन् । पार्टी प्यालेसमा बसेकाहरुले सामान्य म्याट्रेसकै भरमा रात कटाउने भएका छन् ।

चिसो मौसम भएपनि बास बस्ने राम्रो व्यवस्था नभएको पार्टी प्यालेसमा रहेकाहरुले गुनासो गरेका छन् । चिसो मौसम भएको तर बाक्लो ओढ्ने र ओछ्याउने नहुँदा  कष्टकर रुपमा रात बिताउनु पर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । 

रौतहटबाट आएर राजधानीको एक पार्टी प्यालेसमा बसेका यी नागरिकहरु (तस्बिरमा देखिएका) ले पनि  म्याट्रेस मै सुत्ने र म्याट्रेस नै ओडेर रात कटाउँदै छन् । ‘हामी व्यवस्था परिवर्तनका लागि आएका हौँ’, आन्दोलनमा आएका एक व्यक्तिले भने, ‘तर चिसोले सताउला भन्ने पिर भने छ।’

null

साथसाथै प्रशासनले उठाउला कि भन्ने भन्ने अर्को चिन्ता पनि उनीहरूमा छ । ‘अहिले हामीलाई प्रशासनले दुःख दिइरहेको छ, पार्टी प्यालेसमा सुत्न र बस्न दिएको छैन’, रौतहटकी चीना कोइरालाले भनिन्, ‘होटेलमा बस्न हामीसँग पैसा छैन, प्रहरीले यहाँबाट जुनसुकै बेला हटाउन सक्छ, हामीलाई अस्तिदेखि पार्टी प्यालेसमा कडाइ गरिएको छ ।’ उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म यसरी नै बस्ने बताएका छन् । 

null

राजधानीको एक स्थानमा युवा संघका व्यक्तिले दुःख दिएकाले आज पनि उस्तै व्यवहार हुने हो कि भन्ने चिन्ता पनि उनीहरूमा छ । 

null

null

null

null

null

null

भिडियो हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्