×

NMB BANK
NIC ASIA

वडाध्यक्षलाई भित्रै थुनेर मध्यराति घरमा आगजनी

विराटनगर | मंसिर १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

धनकुटामा बाहिरबाट ताला लगाएर एक जना वडाध्यक्षको घरमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन् । गएराति धनकुटाको पाख्रीवास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगजनी गरिएको हो। 

Muktinath Bank

डाँडाखर्कस्थित आफ्नो घरमा परिवारका सबै सदस्यलाई भित्रै थुनेर लगाइएको उनले बताए । घरमा सुतिरहेको बेला ढोका बाहिर ताला लगाएर आगो लगाइएको वडाध्यक्ष गुरागाईँले बताए । राति १२ बजेपछि आगो लगाइएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बरन्डाबाट हिँड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चाबी लगाइदिएर तल्लो तलाबाट आगो लगाइ दिएछन् ,’ वडाध्यक्ष गुरागाईँले भने, ‘धुवाँको मुस्लो आउन थालेपछि निस्कन खोज्दा बाहिरबाट ताला लागेको रहेछ ।  छिमेकीलाई बोलाएर झ्यालमा भर्‍याङ लगाएर ज्यान चाहिँ जोगायौँ ।’


Advertisment
Nabil box
Kumari

तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुइटा ग्यास सिलिन्डर भेलागरी कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको उनले बताए । ‘किचनमा सिरक डस्ना र दुइटा सिलिन्डर एकै ठाउँमा भेला गरेर आगो लगाइएको रहेछ । माथिल्लो तलामा चढ्ने लिस्नो (भर्‍याङ) घर बाहिर थियो । लिस्नो घोप्टे बनाएका थियौं । हामी दिउँसो मुनिबाट घोप्टेमा ताला लगाउँथ्यौँ । हामीले नै प्रयोग गर्ने ताला लगाएर आगो लगाइएको रहेछ । तीन वटै कोठामा आगो लगाइएको रहेछ । तर धन्न हामी चाहिँ बाच्यौं ’वडा अध्यक्ष गुरागाईँले भने । घरमा गुरागाईँ दम्पति बस्ने गरेका थिए । 

Vianet communication
Laxmi Bank

प्रहरीले आगो लगाउने कार्यमा संलग्न रहेको हुन सक्ने आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको धनकुटा प्रहरीले जनाएको छ । ‘एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले भने ‘थप अनुसन्धान गरिरहेका छौं । वास्तविकता चाँडै खुल्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x