०२ साउन २०८३, शनिबार

नेप्से परिसूचकमा मंगलवार पनि गिरावट

मंसिर १९, २०८०
काठमाडौं
नेप्से परिसूचकमा मंगलवार पनि गिरावट

यो साता कारोबारको लगातार तेस्रो दिन मंगलवार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । मंगलवार नेप्से परिसूचक १० दशमलव १० अङ्कले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो ।

मंगलवार दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ ।

मंगलवार जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५७ र होटल तथा पर्यटन समूह एक दशमलव ७१ प्रतिशतले घटेको छ ।

सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा मंगलवार सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा मंगलवार सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडको ३६ करोड २९ लाख ५७ हजार चार सय २४ रुपैयाँ बराबरको आठ लाख ३१ हजार तीन सय ५० कित्ता शेयर किनबेच भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्