×

NMB BANK
NIC ASIA

फुटबल : ललितपुर र वीरगञ्जको खेल बराबरीमा सकियो

काठमाडाैं | मंसिर १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ ।
    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै एकएक अङ्क बाँडेका छन् । यस खेलसँगै ललितपुरले जारी प्रतियोगितामा ६ अङ्क जोडेको छ । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० ले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा थन्डर्स र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो । 
    
त्यसैगरी पहिलो खेलमा साविक उपविजेता धनगढी एफसीविरुद्ध २–१ गोलअन्तरले पराजित भएको वीरगञ्ज दोस्रो खेलमा पनि समान नतिजामा एफसी चितवनसँग पराजित भएको थियो । यस खेलसँगै वीरगञ्जले एक अङ्क जोेडेको छ । 
    
खेलमा पहिलो अग्रता भने वीरगञ्जले लियो । वीरगञ्जका लागि खेलको १०औँ मिनेटमा विलियम ओपोकुले गोल गरे । वीरगञ्जको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । 
    
खेलको १४औँ मिनेटमा नै ललितपुरका इमोन इकेजेले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको २७ औँ मिनेटमा ललितपुरका निखिल सुरेशराओ कदमले गोल गर्दै खेलको पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाए । तर खेलको दोस्रो हाफको सुरुआतमै वीरगञ्जले बराबरी गोल फर्कायो । वीरगञ्जका लागि दोस्रो गोल कृपाकान्त महतो थारुले खेलको ५२ औँ मिनेटमा गरे । 
    
त्यसपछि दुवै टोलीले गोल गर्न प्रयास गरे पनि असफल भयो र अन्तत खेल २–२ गोलको बराबरीमा टुङ्गियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x