×

NMB BANK
NIC ASIA

कांग्रेसमा गगन रणनीति

शेखरलाई संसदीय दलको नेता बनाउने गगनको प्रस्तावः देउवा हटाउने, आफूलाई बाटो खुलाउने

काठमाडाैं | मंसिर २७, २०८०

NTC
Premier Steels

गत वर्षको पुस ६ गते संसदीय दलको नेतामा पराजित भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समूहका नेता डा शेखर कोइरालालाई दलको नेता बनाउन प्रस्ताव गरेका छन् । लामो तिक्ततापछि समूहको भेलामा गएका गगनले आफू पराजित भए पनि शेखरलाई संसदीय दलको नेता बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । 

Muktinath Bank

‘संसदीय दलको चुनावमा कसले भोट हाले हालेनन् भनेर समीक्षा गर्दै जाउँला । यो अर्कै पाटो भयो । तर हामी १५ औं महाधिवेशन सयममै अर्थात २०८२ भित्रै गर्ने हो भने संसदीय दलको नेता परिवर्तन गर्न आवश्यक छ,’ गगनले भेलामा गरेको प्रस्तावलाई उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने, ‘यसैले आजैदेखि शेखर कोइरालालाई संसदीय दलको नेता बनाउने गरी लागौं । दलको नेता परिवर्तन गरेर नयाँ प्रधानमन्त्री बनाउन सकिएमात्रै २०८२ सालम १५ औं महाधिवेशन सुनिश्चित हुन्छ । नत्र सभापतिले ८४ वैशाखमा पनि महाधिवेशन गर्नु हुँदैन । त्यो बेला हाम्रो हालत झन् के होला ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत पुसमा गगन आफैँ सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा पराजित भएका थिए । देउवा ६४ मत ल्याएर विजयी हुँदा गगनले २५ भोट मात्रै ल्याएका थिए । शेखर समूहसँग कम्तीमा पनि ३३ सांसद छन् । कांग्रेसमा दलको नेतामा जित्न ४४ भन्दा बढी सांसदको मत आवश्यक पर्छ । 


Advertisment
Nabil box
Kumari

शेखरलाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउन सके १५ औं महाधिवेशनमा सभापतिमा आफूलाई बाटो खुल्ने आशासमेत गगनमा रहेको बताइन्छ । यसैले पनि उनले शेखरलाई दलको नेता बनाउने ‘कार्ड’ फ्याँकेको नेताहरू बताउँछन् ।बायाँबाट क्रमशः कांग्रेस सभापति शेरबहादुर देउवा, नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा ।

Vianet communication

गगन यतिमा मात्रै सीमित भएनन् । १३ औं र १४ औं महाधिवेशनमा देउवालाई रोक्न नसकेको मात्रै होइन आफ्नो हिस्सा लिनसमेत नसकेको उनले टिप्पणी गरे ।  

‘देउवालाई सभापति बन्नबाट रोक्न हामीले १३ औं र १४ औं महाधिवेशनमा पनि सकेनौं । हाम्रो समूहको ४० प्रतिशत हिसाब पनि संख्यामा मात्रै सीमित भयो,’ गगनले भने, ‘बरु सभापतिले हामीलाई लतारेर हिँडेका छन् । हामी संख्यामा लागेर एकजुट नहुँदा टिकट वितरणमा कमजोरी  भयो । पोजिसन र संख्यामात्रै छ भनेर बस्दा हाम्रो कमजोरी भयो ।’

गगनले इतर समूह एक भएर एजेण्डा नबोक्ने हो भने ८२ सालमा महाधिवेशन गर्ने आफूहरूको प्रयास फेरि बिथोलिनेतर्फ सचेत गराए ।

‘महासमितिको बैठकमा ८२ सालभित्रै गर्ने गरी हामी कार्यतालिका पेश गरौंला, तर संख्याको बलमा यो प्रस्तावलाई संस्थापनले केन्द्रीय समितिबाट पास गर्न दिँदैन,’ उनले भने, ‘यसैले ८२ सालमा महाधिवेशन गर्न शेखर कोइरालालाई दलको नेता बनाउन प्रयास गरौं । देउवा दलको नेता भइन्जेल १५ औं महाधिवेशन ८२ मा हुँदैन ।’  

एक भएर सभापतिसँग लड्ने इच्छाशक्ति र तागत देखाउनुपर्नेमा गगनको जोड थियो ।

‘१५ औं महाधिवेशनमा हामी संस्थापन हुन लागौं । यहाँभित्र खेल्ने काम नगरौं । खेल्ने काम र अराजकता निम्त्याउने खेलले कसैको पनि राम्रो हुँदैन,’ उनले भने, ‘यसैले दृढ इच्छाशक्तिसाथ बीचबाट नफर्किने गरी सभापतिसँग लडेकोलड्यै नगरी हामीले उपलब्धि हात पार्दैनौं ।’

पार्टीमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको पुरानो संस्थापन फर्काउने हो भने आफूलाई मात्रै जिस्क्याउने र दोषारोपण गर्ने कार्य बन्द गर्न बैठकमा गगनले चेतावनी दिएको पनि एक नेताले जानकारी दिए । 

महासमितिको बैठकमा प्रष्ट एजेण्डा र राष्ट्रियसभाका उम्मेदवार चयनमा ‘क्लियर पोजिसन’ राखेर जान पनि उनले समूहको ध्यानाकर्षण गराएका छन् ।

बुधवार काठमाडौंको बत्तीसपुतलीमा भएको कांग्रेसको संस्थापनइतरको भेलामा सहभागीहरू ।

‘हाम्रो अघिल्तिर राष्ट्रियसभा निर्वाचन आएको छ । राष्ट्रियसभाबारे मापदण्ड बनाएर योगदान गरेका र जिम्मेवारलाई बनाउनुपर्छ । होइन आफूखुशी गर्ने हो भने हाम्रो विद्रोह हुन्छ भन्न सक्नुपर्छ । भैगो भनेर हिँडे हामीले पार लगाउन सक्दैनौं,’ गगनले भने । 

समूहका रूपमा राज्यमा भइरहेको कुशासन, राज्यको स्रोत दोहनका विषयलाई ‘इस्यू’ बनाउनुपर्नेमा पनि उनले ध्यानाकर्षण गराए । 

‘कुशासन धेरै छ । राज्यको स्रोतको दोहन भइरहेको छ । राज्यस्रोतको दोहन गरेर हाम्राविरुद्ध लडेका छन् । हामी एनसेल र धितोपत्रको भ्रष्टाचार भण्डाफोर गर्न लागौं,’ गगनले भने ।

लामो समयसम्म समूहको बैठक नराखेको भन्दै आलोचना खेपेका समूहका नेता डा शेखर कोइरालाले पनि बैठकमा छलफलका विषय प्रवेश गराउनबाहेक केही बोलेनन् । महासमिति बैठक समयमै हुनुपर्ने, पार्टीका चुनौती चिर्ने एजेण्डा तय हुनुपर्ने, देशको कमजोर आर्थिक अवस्थाजस्ता विषय प्रस्तुत गर्दै शेखरले बैठकको शुरूवात गराएका थिए । आफ्नो समूहका केन्द्रीय नेता, सांसद, प्रदेशका पदाधिकारीसहित गरी ५५ जनालाई बोलाइएको बैठकमा ४५ जना सहभागी भएका थिए । तर शेखरले कसैलाई आरोपित गर्नेभन्दा पनि सबैका कुरा सुन्ने गरी प्रत्येकलाई तीन मिनेटको समय दिएका थिए । 

‘लामो समय बैठक नबसकेपछि शेखर दाइले सबैको कुरा सुन्न बैठक आह्वान गर्नुभएको थियो । यसैले धेरैलाई बोल्न दिएर उहाँले कुरा सुन्नुभयो,’ बैठकमा सहभागी भएका नेता भूपेन्द्रजंग शाहीले भने, ‘उहाँले टीम एकताबद्ध छ । बाहिर हल्ला भएजस्तो छैन । राष्ट्रियसभामा मापदण्ड बनाएर उम्मेदवार चयन गर्नुपर्छ । सबैलाई मिलाउर अगाडि बढ्न सभापतिलाई दबाब दिनुपर्छ भन्ने विषयमात्रै राख्नुभयो ।’

रञ्जित कर्णसहितका नेताले समूहको नेता शेखर रहेको स्पष्ट पार्दै अर्को नेता जन्माउन नखोजांै भनेका थिए । ‘समूहका वैचारिक नेता शेखर कोइराला हो । यो शेखरको गुट हो,’ कर्णले भनेका थिए, ‘अर्को नेता जन्माउन नखोजौं । यसले समस्या ल्याउन सक्छ ।’

बुधवार भएको कांग्रेसको संस्थापनइतरको भेलामा सहभागी ।

देउवालाई बैठक गरेनन् भन्ने प्रश्न गर्नेले एक वर्षमा बल्ल बैठक राखेको भन्दै शाहीले प्रश्न उठाएका थिए । 

‘देउवाले बैठक गरेनन् भन्ने तर उनले दुई महिनामा बैठक राख्दा हामीले किन झण्डै एक वर्ष लगाएको ? यस्तो गर्दा अविश्वासको वातावरण बन्यो,’ शाहीले बैठकमा भने, ‘यसैले हामीले पनि आफ्नो गल्ती स्वीकारेर रचनात्मक बन्ने बाटो लिनुपर्छ ।’ 

बैठकपछि शेखरले देश ठीक ढंगले नचलेको र समूहलाई एउटै एजेण्डामा अगाडि बढाउन आफूहरू तयार रहेको बताए । महामन्त्री गगनसँग कुनै असमझदारी नरहेको उनले स्पष्ट पारे । ‘एजेण्डामा महामन्त्रीसँग कुनै असमझदारी छैन । हामीबीच एक इन्च पनि फरक छैन । उहाँको र मेरो उमेर, सोचाइ, काम गर्ने तरिकामा फरक, तर एजेण्डामा हामीबीच कुनै मतभेद छैन,’ शेखरले भने । 

छलफलपछि महामन्त्री गगनले महिनौंसम्म समूहको बैठक बस्न नसक्नु कमजोरी रहेको बताए । 

‘महिनौंसम्म हाम्रो बैठक बस्न सकेन । यसैले संवाद कम भएपछि असमझदारी  बढ्छ । पार्टीका इस्यूलाई हेर्ने दृष्टिकोण पनि फरक हुन्छ,’ उनले भने, ‘यसैले कम छलफल गर्दा असमझदारी बढ्यो । अब यसरी होइन कार्यशैली बदलेर अगाडि बढौं भन्ने भएको छ ।’

साथै उनले सभापति देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको र समूहको मात्रै हित हेरेको आरोप लगाए । देउवा पार्टीको सिंगो सभापति बन्न सक्नुपर्ने उनको भनाइ थियो । 

महामन्त्री गगन पक्षधरका नेताले कोशी प्रदेशको विद्रोहपछि निर्वाचित महामन्त्रीलाई पेल्ने काम भएको भन्दै यसले पार्टीमा थप अविश्वास बढाएको टिप्पणी गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x