×

NMB BANK
NIC ASIA

सार्वजनिक यातायात सुधार्न आग्रह, यातायात प्राधिकरण स्थापना गर्न माग

काठमाडाैं | मंसिर २८, २०८०

NTC
Premier Steels

 गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले सार्वजनिक यातायात सेवा सहज ढङ्गले उपलब्ध गराउन आफ्ना माग सम्बोधन गर्नुपर्ने बताएको छ । 

Muktinath Bank

सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले  यातायात सेवा सुधार्न प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  भेटेर आफ्ना माग पूरा गर्न आग्रह गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण स्थापना गरेर अगाडि बढ्न सुझाव दिएको सङ्गठनका अध्यक्षका श्रेष्ठले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सङ्गठनले यातायात क्षेत्रका सङ्घसंस्था, समितिको दर्ता नवीकरण खुला गर्नुपर्ने, यातायात निर्देशनालय वा प्राधिकरण बनाउनुपर्ने, सवारी साधनमा विभिन्न शीर्षकमा सरकारले पटकपटक कर राजस्व लिने परिपाटी परिवर्तन गर्नुपर्ने, सवारी नम्बर प्रदेशिकरण गर्नुपर्ने, चालक/सहचालक उत्पादनका लागि तालिम केन्द्र र लाइसेन्सको वर्गीकरण माग गरेको छ ।

Vianet communication

ढुवानीमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर खारेज हुनुपर्ने, यातायात मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने, यातायात साधनमा सहुलियत ब्याजदरमा लगानी हुनुपर्ने, अव्यवहारिक ट्राफिक जरिवाना नीति हटाउनुपर्ने माग राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

यसैगरी, सार्वजनिक सवारी साधनमा लगाइएको २० वर्षे नीतिका कारण सवारी साधन कवाडीमा बेच्नुपर्ने वा पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै सवारी साधनको ‘कन्डिसन’ हेरेर सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । भारतीय सवारी साधनलाई निर्वाध ढङ्गले सञ्चालन अनुमति दिने व्यवस्था खारेजी गर्नसमेत सङ्गठनले प्रधानमन्त्रीसमक्ष माग गरेको छ ।

प्रधानमन्त्रीले यातायात क्षेत्रको वर्तमान समस्या र सुधार गर्ने पाटोबारे आफू अध्ययन गरेर व्यवसायीको व्यवसायको सुरक्षामा सरकार लाग्ने बताएको भेटमा सहभागी सङ्गठनका कोषाध्यक्ष पुरुषोत्तम सिंखडाले जानकारी दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x