×

NMB BANK
NIC ASIA

प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा आर्मी र पर्सा ११ को विजयी

पर्सा | पुस ५, २०८०

NTC
Premier Steels

 पर्साको वीरगञ्जमा आजदेखि सुरु भएको दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगितामा नेपाल आर्मी क्लब र पर्सा ११ ले विजयी सुरुवात गरेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगितामा आज भएको पहिलो खेलमा पर्सा ११ ले भारतको यूपी ११ क्लबलाई र दोस्रो खेलमा आर्मी क्लबले अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । 

Muktinath Bank

प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा टस हारेर पहिलो व्याटिङ गरेको नेपाल पुलिसले निर्धारित २० ओभरमा सम्पर्ण विकेट गुमाएर ५८ रनको झिनो योगफल तयार गरेको थियो । नेपाल पुलिसका करण केसीले १५ र अमित श्रेष्ठले ११ रन बनाउनु बाहेक कुनै खेलाडी दोहोरो अङ्क जोड्न सकेनन् । नेपाल पुलिस क्लबलाई सस्तोमा समेट्न आर्मीका सहाब आमलले ३, वसिर अहमदले २ तथा सोमपाल कामी, कुसल मल्ल र अविनाश कर्णले समान १/१ विकेट लिएका छन् ।
 
उनान्साठी रनको सहज लक्ष्य लिएर मैदान उत्रेको आर्मीले ६ दशमलव १ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटाएको हो । आर्मीका लागि रोहित पौडेलले अविजित २१ तथा कप्तान विनोद भण्डारीले अविजित १४ रनको योगदान दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै आर्मीका सन्तोष कार्की २० रन र कुसल मल्ल २ रनमा आउट भएका थिए । पुलिसका ललित राजबंशीले एक विकेट हात पारे भने एक विकेट रन आउटको रुपमा प्राप्त भएको थियो । सो प्रतियोगिताको म्यान अफ द म्याच आर्मीका सहाब आलम घोषित भएको छ । यस्तै आजै भएको पहिलो खेलमा पर्सा ११ ले भारतको यूपी ११ लाई एक विकेटले हराउँदै विजयी सुरुआत गरेको छ ।
    
यूपी ११ ले दिएको ६७ रनको लक्ष्य पर्सा इलाभेनले १६ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो । पर्साका लागि अनिल साहले १८ र कप्तान सन्दीप लामिछानेले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । 


Advertisment
Nabil box
Kumari

यूपी ११ का लागि तरुणकुमार र वासि अन्सारीले दुई/दुई विकेट लिएपछि पर्सा ६७ रनमै अलआउट भएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको यूपी ११ ले १६ ओभरमा सम्पूर्ण बिकेट गुमाएर ६६ रनको योगफल खडा गरेको थियो । यूपी ११ का लागि समीर अन्सारीले २४, जयदीप सिंह र तरुण कुमारले १२/१२ रनको योगदान दिएको थियो । पर्सा ११ का लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन राख्दै २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने रञ्जित कुमार, पवन सर्राफ र रुपेश सिंहले दुई/दुई तथा शफिउल्लाह अन्सारीले एक विकेट लिए ।

Vianet communication


 सो प्रतियोगिताको म्यान अफ द म्याच पर्सा ११ का कप्तान सन्दीप लामिछाने घोषित भए । उपेक्षाको शिकार भएको वीरगञ्जस्थित नारायणी रङ्गशालाप्रति तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा ११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी ११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिए । 
    
प्रतियोगिता यही पुस ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने म्यानेजर अन्सारीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x