पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
काठमाडाैं | पुस ११, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तेस्रो कार्यकालले वर्ष दिन पार गरेको छ । प्रचण्डले प्रधानमन्त्रीका रूपमा अघिल्ला दुईपटकभन्दा यसपालि बढी समय गुजारेका छन् । जनमतका आधारमा भन्दा गणितीय खेलबाट निर्माण भएको प्रचण्ड नेतृत्वको सरकारले खासै त्यस्तो उल्लेख्य र जनतामा आशा जगाउने काम देखाउन सकेन ।
संघीय राजनीतिदेखि प्रदेशसम्मको अनेक राजनीतिक दाउपेचबाट बनेको गठबन्धन सरकार झिनामसिना काममा अल्झियो । स्थानीय, प्रदेश, संघको चुनावमा गठबन्धन निर्माण गर्दासमेत साधारण बहुमत लिन नसकेर कमजोर धरातलबाट सरकार निर्माण हुनु नै सबैभन्दा दुर्भाग्य हो ।
गठबन्धन वा कुनै एक दलले बहुमत प्राप्त नगर्नु, जनमत विभाजन भएका कारण राष्ट्रिय शक्ति निर्माण नहुनु मुलुकका लागि अर्को अफाप हो । दुई कार्यकालमा प्रधानमन्त्री प्रचण्डले काम गर्ने तीव्र हुटहुटी हुँदाहुँदै गर्न सकेनन् भन्ने एउटा भाष्य निर्माण भएको थियो । गत वर्ष नेकपा (एमाले)को सहयोगमा सरकार निर्माण हुँदै गर्दा प्रचण्डलाई काम गर्न दिनुपर्छ भन्ने सकारात्मक सोच एमालेभित्र प्रशस्तै थियो । यद्यपि दुई महिना नबित्दै स्वयं प्रचण्डले पुरानो गठबन्धनकै सहारा लिएपछि राजनीतिक फेरबदल भयो ।
‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु’, प्रधानमन्त्री प्रचण्डले मंगलबार आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै भनेका छन् ।
कमजोर धरातलमा निर्माण भएको सरकार, साना दलहरूलाई समेत खुशी राख्नुपर्ने चुनौती, त्यसका लागि अनेक सम्झौता, प्रदेशमा सरकार फेरबदलजस्ता प्राविधिक गणितीय खेलका कारण संघ र प्रदेश सरकारको कुनै प्रगति देखिन्न । आर्थिक मन्दीमा कुनै सुधार नआउनु, हजारौं युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन हुनु, व्यापार व्यवसाय, उद्योग, कलकारखाना सबै चौपट हुनु आदि कारणले निराशाको चाङ लागेको छ ।
लोकतन्त्रको भरपुर उपयोगका नाममा सांस्कृतिक अराजकता, आर्थिक अराजकता, भ्रष्टाचार, तस्करीको जालो झन् झाँगिएको छ । त्यही विषयलाई उठाएर समाजमा नकारात्मक भाष्य निर्माण गर्ने पक्ष हावी भएको छ । सरकारको कार्यशैलीमा कुनै सुधार नदेखिँदा नकरात्मक जमात बढ्दै गएको छ । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो, तर स्थायित्वका लागि ‘पुरानै तानाशाही शासन’ ठीक भन्ने मान्यता जबर्जस्त स्थापित गर्न खोजिएको छ ।
लोकतन्त्रमा राज्य बलियो हुनुपर्छ । त्यही बलियो राज्यमा मात्रै जनता सुरक्षित हुन्छन् । त्यसका लागि स्थायित्व अनिवार्य हो । स्थायित्वका लागि राष्ट्रिय शक्ति निर्माणको विकल्प छैन । राष्ट्रिय शक्ति निर्माणका लागि जनमत प्राप्त हुनु पहिलो शर्त हो । राष्ट्रिय शक्ति निर्माणसँगै नेतृत्व, नीति तथा कार्यक्रमले मात्रै मुलुकको विकास र समृद्धि अघि बढ्ने हो । तर, गठबन्धनको न्यूनतम् साझा कार्यक्रमबाट मुलुक सहजरूपमा अघि बढ्न सक्दैन भन्ने प्रचण्ड नेतृत्वको सरकारको एक वर्षे कार्यकालले पुष्टि गरेको छ ।
स्थायित्व राष्ट्रिय शक्तिबाट हुने हो । स्थायित्वलाई राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक पक्षले स्वीकार्नु पर्छ, तब मात्रै राज्य बलियो हुन्छ । लोकतन्त्र स्थापनाका लागि हिजोको एकात्मक राज्य व्यवस्थाको विकल्प खोजिएको हो । समाजको सबै तप्काले स्वीकार्ने गरी समान वितरण हुन नसक्दा समाजमा व्याप्त निराशा, नकरात्मकताले प्राथमिकता पाएको छ ।
‘लोकतन्त्र बलियो नभई विकासले गति लिन सक्दैन । जनतामा लाभको समान वितरण पनि हुन सक्दैन । अहिले एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएका छन् । अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने तिनको भाष्य बिलकुल गलत छ’, आफ्नो हुटहुटीअनुसार सरकारले गति लिन नसकेको स्वीकार्दै प्रचण्डले भनेका छन् ।
आफ्नो एक वर्षे कार्यकालमा कति कार्यसम्पादन भए, भएनन् भन्ने विषयलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो मन्तव्यमा उठाएका छन् । उनको यो भनाइमा मन्त्रिमण्डलमा केही फेरबदल गर्ने मनस्थिति झल्किन्छ । राजनीतिक कोर्स फेरबदलको संकेत भने गरेका छैनन् । तर, आफूले धेरै काम गर्न नसकेको उनले पटक–पटक स्वीकारेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले केही गर्न नसके पद छाड्न तयार हुने भनी आत्मालोचित हुँदै भनेका छन्, ‘कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ । यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैंसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरुरी छैन ।’
प्रधानमन्त्री प्रचण्डको एक वर्षे कार्यकालमा हुटहुटीअनुसार काम नहुनुमा उनको अस्थिर राजनीतिक चरित्र पनि कारण हो । उनले आफूलाई पटक–पटक ‘डाइनामिक’ नेता भएको सगर्व घोषणा गरेका छन्, तर जनताले स्वीकार गर्न नसकेको पाँच दलीय गठबन्धन र नयाँ उदाएका अवसरवादी शक्तिको आडभरोसामा योभन्दा बढी आशा गर्ने ठाउँ छैन । हुटहुटी हुनु सकारात्मक ऊर्जा हो, तर हुटहुटीलाई पूरा गर्ने चुनौती यसरी टालाटुली बटुलेर जुटेको शक्तिबाट सम्भव छैन ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...