पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
फ्रान्सेली अधिकारीहरूले निकारागुवा जाने यात्रीहरूको विमान रोक्दा पर्दाफास भएको मानव तस्करी गर्ने गिरोहका प्रमुखहरू पत्ता लगाउन काम गरिरहेको भारतीय प्रहरीले शुक्रबार बताएका छन् ।
इन्धन भर्नका लागि रोकिएको एयरबस ए३४० लाई गत साता पेरिसपूर्वको भट्री विमानस्थलमा रोकिएको थियो । विमानमा मानव तस्करीका सम्भावित पीडितहरूलाई लैजाँदै गरेको भन्ने अज्ञात सूचना प्राप्त भएपछि संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको उक्त विमानलाई रोकिएको थियो । विमानमा सवार तीन सय तीन यात्रुमध्ये अधिकांश सोमबार भारत फिर्ता भएका छन् ।
गुजरात राज्यका प्रहरी उपरीक्षक सञ्जय खरातका अनुसार यात्रुहरूले दक्षिण अमेरिकाबाट अमेरिकाको दक्षिणी सीमासम्म पुग्न सहयोग गर्नका लागि एजेन्टहरूलाई चार लाखदेखि १२ लाख भारतीय रुपैयाँ (४८ हजारदेखि एक लाख ५० हजार अमेरिकी डलर) प्रदान गरेका थिए ।
“उनीहरू एजेन्टको सम्पर्कमा कसरी आए वा एजेन्टहरूले उनीहरूसँग कसरी सम्पर्क गरे र निकारागुवा पुगेपछि उनीहरूको योजना के थियो भन्ने हामी जान्न चाहन्छौँ”, उनले भने । खरातका अनुसार भारत फर्किएका दुई सय ७६ यात्रुमध्ये ६६ जना गुजरातका थिए र प्रहरीले उनीहरूसँग सोधपुछ गरिरहेको छ ।
विमानमा सवार अधिकांश अन्य यात्रु भारतको उत्तरमा रहेको पञ्जाब राज्यका थिए । पञ्जाबको प्रहरीले पनि अनुसन्धान गरिरहेको बताएको छ । पञ्जाब प्रहरीका अतिरिक्त महानिर्देशक एलके यादवले भने, “कुनै गैरकानूनी कुरा हाम्रो ध्यानमा ल्याइए अनुसन्धान गर्न हामी बाध्य हुन्छौँ र हामीले यो मुद्दाको अनुसन्धान गरिरहेका छौँ ।”
उक्त विमान रोमानियाली चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सले सञ्चालन गरेको थियो र यात्रुहरूको जाँचका लागि विमानलाई भट्री विमानस्थलमा राखिएको थियो । फ्रान्समा रोकिएका दुई व्यक्तिसँग मानव तस्करीको आशङ्कामा त्यहाँको प्रहरीले सोधपुछ गरेको थियो ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...