×

NMB BANK
NIC ASIA

कम उमेरमै ठूलो जिम्मेवारी

पहिलो अन्तर्वार्तामा फालिएका टेकेन्द्रः अहिले १६ जिल्ला हेर्ने ‘हाकिम’

विराटनगर | पुस १४, २०८०

NTC
Premier Steels

मात्र ३२ वर्षका भए टेकेन्द्र मिश्र । तर उनले १६ जिल्लाको औषधि व्यवस्था विभाग (डीडीए)को नेतृत्व सम्हालिरहेका छन् । कोशी प्रदेशका १४ जिल्ला र मधेश प्रदेशका सिराहा र सप्तरी गरी १६ जिल्लाको विभाग प्रमुख भएर उनले प्रशासनिक नेतृत्व प्रदान गरिरहेका हुन् । त्यहाँ उनले योग्यता र क्षमता पूरा गरेर नै स्थान बनाएका हुन् ।

Muktinath Bank

पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा जन्मिएका टेकेन्द्रको बाल्यकाल भने तराईमा बितेको थियो । एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण गर्ने उनी झापाको हल्दीबारीका एक्ला विद्यार्थी हुन् । २०६३ सालमा हल्दीबारी माविबाट ८४ प्रतिशत ल्याएर विशिष्ट श्रेणीमा उत्तीर्ण भएका थिए उनी  । टेकेन्द्र एसएलसीपछि उच्च शिक्षा पढ्न काठमाडौं गए । डिल्लीबजारमा रहेको एनआईसी कलेजबाट विज्ञान संकायमा प्लस टू उत्तीर्ण गरे उनले । यसपछि उनी फार्मेसी पढ्न भनेर धरान आए । सन् २०१४ मा फार्मेसीको पढाइ सकेपछि उनले औषधि उद्योगमा काम गरे । क्वालिटी कन्ट्रोल अफिसर भएर एक वर्ष काम गरेपछि उनले शिक्षण पेसा रोजेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेकेन्द्रले झापाको दमकमा रहेको एचए (फार्मेसी) पढाइ हुने कलेजमा अध्यापन गराउन थाले । उनले त्यहाँ करिब दुई वर्ष पढाए । टेकेन्द्रले अध्यापनसँगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिए । यो बीचमा उनले लोकसेवाको तयारी गर्न थाले । २०७२ सालमा धनकुटाबाट लोकसेवाको परीक्षा दिए । पहिलो प्रयासमै फार्मेसी सुपरभाइजर पाँचौँ तहमा लिखितमा नाम निकाल्न सफल भए पनि उनका लागि सरकारी जागिर खान त्यति बेला समयले साथ दिएन । 


Advertisment
Nabil box
Kumari

दुर्भाग्य उनको अन्तर्वार्तामा नाम निस्किएन । उनी निराश हुँदै पुनः पढाउनै नै काम गर्न थाले । तर उनले हरेश भने खाएनन् । रोकेनन्  लोकसेवाको तयारी । उनले दोस्रो पटक लोकसेवाको परीक्षा काठमाडौंबाट २०७३ सालमा दिए । पहिलो पटकको परीक्षामा दाँतमा ढुङ्गा लागेजस्तै भएका टेकेन्द्रलाई दोस्रो पटक भने राम्रो सफलता मिल्यो । दोस्रो पटक एक नम्बरमा नाम निकाल्न सफल भए । लिखित र अन्तर्वार्ता दुवैमा एक नम्बरमा उनको नाम निस्कियो । 

Vianet communication

null

पहिलो नम्बरमा नाम निकाल्नेले रोजेकै ठाउँमा जान पाउँछन् ।  सोहीअनुरुप उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रोजेका थिए । उनले त्यहाँ एक वर्ष तीन महिना काम गरे । 

‘सरुवा रोग अस्पतालमा सेवा गरेपछि टेकेन्द्रको आत्मबल बढ्यो । अफिसर बन्ने उनको मनमा हुटहुटी आयो,’ टेकेन्द्र भन्छन्, मैले जागिर खाँदै तयारी गरेको थिएँ । नभन्दै  २०७४ साल माघ ८ गते सातौँ तहमा अफिसरमा उनले नाम निकालेँ ।’  त्यसपछि उनको सेवाकालीन तालिम शुरू भयो । सातौँ सतहको पोस्टिङ राष्ट्रिय औषधि प्रयोगशालामा भएको थियो ।  उनले करिब तीन वर्ष प्रयोगशालामा औषधिहरूको गुणस्तर चेकजाँच गर्ने काम गरेका थिए । यो राष्ट्रिय प्रयोगशाला औषधिको गुणस्तर मापन गर्ने नेपालकै एकमात्र प्रयोगशाला हो ।

प्रयोगशालामा तीन वर्ष काम गरेपछि २०७७ सालमा टेकेन्द्रको औषधि व्यवस्था विभागमा सरुवा भयो । दुई वर्ष त्यहाँ काम गरेपछि २०७९ चैत ३० गते औषधि व्यवस्था विभाग, विराटनगरमा निमित्त कार्यालय प्रमुख भएर उनले काम गरिरहेका छन् ।

विभागमा निमित्त कार्यालय प्रमुख भएर एक वर्ष ६ महिनाको अवधिमा आफूले स्वास्थ्यको क्षेत्रमा थुप्रै काम गरेको उनले सुनाए । ‘औषधि ऐन–कानूनले अधिकार धेरै दिएको छ । यो एकदमै शक्तिशाली ऐन हो,’ उनले थपे । तर यसको कार्यान्वयनको पाटो अलिक चुनौतीपूर्ण रहेको उनले बताए ।

प्रत्येक वर्ष औषधिको अनुचित प्रयोग गरी दुरुपयोग गर्नेको संख्या बढेका कारण अदालतमा मुद्दा संख्या पनि बढ्दो अवस्थामा रहेको उनको बुझाइ छ । 

आर्थिक वर्ष २०७९–८० मा औषधिको दुरुपयोग गर्नेविरुद्ध ४५ वटा मुद्दा अदालतमा दर्ता भएका छन् । चालु आवको कार्तिक १२ गतेसम्म अदालतमा १८ वटा मुद्दा दर्ता भएको पाइएको छ । औषधि ऐन, २०३५ अनुसार औषधिको अनुचित प्रयोग गरेर बिक्री–वितरण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ । जुन जिल्लाबाट औषधिको अनुचित प्रयोग गरेको आरोपमा प्रतिवादी पक्राउ गर्‍यो, त्यही जिल्लाको सम्बन्धित अदालतमा अभियोग लैजानुपर्ने हुन्छ । तर जनशक्ति अभाव हुँदा काम गर्न भने असहज बनिरहेको उनको गुनासो छ । 

बिनादर्ताका औषधि भित्रिने, प्रतिबन्ध लगाएको औषधिको बिक्री–वितरण, लागुऔषध प्रयोगकर्ताले प्रयोग गर्ने ट्रामाडोल लगायतका औषधि दुरुपयोग भइरहेको उनले बताए । ‘कम जनशक्तिका बाबजुत पनि हामीले काम गर्दै आएका छौं । औषधिको दुरुपयोग गर्ने र कुलतमा लागेकालाई थुनेर मात्र हुँदैन । सचेतनाको पनि जरुरी रहेको छ,’ उनी भन्छन्, ‘त्यसका लागि स्थानीय पालिकाले भूमिका खेल्नुपर्छ । वडा तहदेखि सचेतना गर्न सक्यो भने पनि केही हदसम्म औषधिकोे दुरुपयोग रोक्न सकिन्छ । यो सचेतनाको अभियान विद्यालय स्तरबाट नै शुरू गर्न जरुरी छ ।’  

अहिले टेकेन्द्रले १६ जिल्लाको अनुगमन र निरीक्षण गर्नुपर्ने हुन्छ । औषधिको अनुचित प्रयोग र यसको दुरुपयोग रोक्नुपर्ने जिम्मेवारी उनको काँधमा छ । त्यसबाहेक १६ जिल्लाबाट आउने सेवाग्राहीको नवीकरण, दर्तालगायतका अन्य प्रशासनिक काम पनि उनकै कार्यक्षेत्रभित्र पर्छ । 

यी कामहरू गर्दा चुनौती पनि थुप्रै रहेको टेकेन्द्रले सुनाए । ‘कुनै पनि जिल्लामा मुद्दा चलाउनुपर्याे भने अनुसन्धान अधिकृत सोही जिल्लामा पुगेर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाउनुपर्ने हुन्छ । यसले सोचेजति नतिजा दिन समस्या भइरहेको छ,’ उनले भने । 

टेकेन्द्रका अनुसार विभागसँग आफ्नै हिरासत र प्रहरी पनि छैनन् । अभियोग लैजाने क्रममा आरोपीसँग सँगै हिँड्नु पर्ने बाध्यता छ । 

‘त्यसबेला प्रहरी हामीसँग हुँदैनन् । जसले गर्दा सुरक्षा चुनौती पनि उस्तै छ । यद्यपि, प्रहरीसँग समन्वय गरेर काम गरिएका छौं । अहिलेसम्म कुनै दुर्घटना भएको छैन । प्रहरीसँग समन्वय गरेर काम गरिएका छौ,’  उनले सुनाए ।

टेकेन्द्र खाली प्रशासनक मात्र होइनन् उनले पुस्तक पनि लेखेका छन् । फार्मेसी अधिकारीहरूको लागि ‘फार्मा आइडल’ पुस्तक  उनीसहित चारजना साथी मिलेर लेखका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x