×

NMB BANK
NIC ASIA

वन मन्त्रालयमा मन्त्री–सचिव चर्काचर्की

मन्त्रीलाई सचिवको चुनौती– प्रधानमन्त्रीले निर्देशन दिए पनि हस्ताक्षर गर्दिन

काठमाडाैं | पुस १७, २०८०

NTC
Premier Steels

वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले आफ्नै मन्त्रालयका मन्त्री वीरेन्द्र महतोले लगाएको आरोपको जवाफ फर्काएका छन् ।

Muktinath Bank

मन्त्रालयमा मंगलवार दिउँसो सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले वन तथा वातावरणमन्त्री महतोले कर्मचारीलाई टेरेनन् भन्ने आरोपको जवाफ फर्काएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बूढानीलकण्ठमा निर्माण गरिएको ‘होटल फरेस्ट इन’सम्बन्धी फाइल अगाडि नबढेपछि आक्रोशित बन्दै मन्त्रालय पुगेका नेपाली कांग्रेसका सांसद दीपक खड्कालाई सम्बोधन गर्ने क्रममा वनमन्त्री महतोले कर्मचारीले आफूलाई नटेरेको बताएका थिए । त्यसैको जवाफ दिँदै सचिव खरालले मन्त्री र प्रधानमन्त्रीले कानूनसम्मत दिएका निर्देशन आफूहरूले पालना गरेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

कानूनमा अस्पष्टता भएमा कसैको निर्देशन पनि मान्न नसकिने उनले स्पष्ट पारेका हुन् ।

Vianet communication

‘कर्मचारीलाई काम गर्न विधि, प्रक्रिया, मापदण्ड र ऐन–नियम चाहिन्छ । त्यो स्पष्ट भएको खण्डमा काम अघि बढाउन सकिन्छ । अस्पष्ट भएमा अगाडि बढाउन सकिँदैन । हामीले गरेका प्रक्रिया कामसम्मत छैनन् भने प्रश्न उठाउने हो र काम गरेका छौं भने सराहना गर्नुपर्छ,’ सचिव खरालले भने, ‘भएका विधि प्रक्रियाअनुसार काम अघि बढाइरहेका छौं । मन्त्री र प्रधानमन्त्रीका निर्देशनलाई  कानूनसम्मत भएका नगरेको भने पटक्कै छैन ।’

सो अवसरमा उनले कांग्रेस सांसद खड्का कसैलाई हातपात गर्न मन्त्रालय नआएको स्पष्ट पारेका छन् । ‘माननीयज्यूूले सदासायताका साथ भन्नुभयो– सचिवज्यू आज टुंगो लगानुपर्छ,’ उनले थपे । 

सचिव खरालले शिवपुरी राष्ट्रिय निकुञ्ज रहेको मध्यवर्ती क्षेत्रमा व्यावसायिक होटल स्थापनाका लागि सांसद खड्का ४ वर्षदेखि प्रयासरत रहेको पाइएको जानकारी दिँदै तर कानूनी प्रक्रिया नपुर्याएकाले फाइल अड्किएको स्पष्ट पारे ।

मध्यवर्ती क्षेत्रमा व्यावसायिक होटल खोल्न सांसद खड्काले उद्योग सञ्चालक समिति र ईआईएको मापदण्ड पनि नपुर्याएकाले उनलाई ५ लाख रुपैयाँ जरिवाना गराइएको सचिव खरालको भनाइ छ ।

‘सो क्षेत्रमा साढे २ तलाभन्दा माथिको होटल खोल्न नपाउने भन्ने रहेछ । सांसद खड्काले मान्यताअनुसार स्वीकृत नलिएको पाइएको छ । कानूनले तोकबमोजिम नभएकाले उहाँहरूलाई दण्ड जरिवाना गरिएको हो,’ उनले थपे, कानून बमोजिमका मापदण्ड, विधि र प्रक्रियाअनुसार जानै पर्यो । राष्ट्रिय निकुञ्ज ऐन र मध्यवर्ती क्षेत्रको नियमावली त पूरा गर्नु पर्यो नि !’ 

यसअघि बूढानीलकण्ठमा निर्माण गरिएको ‘होटल फरेस्ट इन’सम्बन्धी फाइल अगाडि नबढेपछि आक्रोशित बन्दै मन्त्रालय पुगेका कांग्रेसका सांसद खड्कालाई वन तथा वातावरणमन्त्री मन्त्री महतोले जवाफ फर्काएका छन् ।

मंगलवार दिउँसो नै मन्त्रालयमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उनले आफ्ना कारण होटल निर्माणको फाइल नरोकिएको स्पष्ट पारेका थिए ।

मन्त्री महतोले ऐन–कानूनमा समस्यासँगै कर्मचारीको पनि अटेरीका कारण उक्त फाइल अड्किएको बताएका थिए । त्यसैको जवाफ सचिव खरालले मन्त्रीलाई दिएका हुन् । 

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x