×

NMB BANK
NIC ASIA

वन मन्त्रालयमा मन्त्री भर्सेस सांसद

कांग्रेस सांसद खड्का धर्ना दिन आएपछि मन्त्री महतोले भने– कर्मचारीले टेरेनन्, के म पिट्न जानु ?

काठमाडाैं | पुस १७, २०८०

NTC
Premier Steels

बूढानीलकण्ठमा निर्माण गरिएको ‘होटल फरेस्ट इन’सम्बन्धी फाइल अगाडि नबढेपछि आक्रोशित बन्दै मन्त्रालय पुगेका नेपाली कांग्रेसका सांसद दीपक खड्कालाई वन तथा वातावरणमन्त्री मन्त्री वीरेन्द्र महतोले जवाफ फर्काएका छन् ।

Muktinath Bank

मंगलवार दिउँसो मन्त्रालयमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उनले आफ्ना कारण होटल निर्माणको फाइल नरोकिएको स्पष्ट पारेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री महतोले ऐन–कानूनमा समस्यासँगै कर्मचारीको पनि अटेरीका कारण उक्त फाइल अड्किएको बताएका छन् । त्यो फाइलबारे आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा राखेको र उनीबाट ‘फास्ट ट्रयाक’बाट कानून निर्माणका लागिरहेको आश्वासन पाएको मन्त्री महतोले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

कर्मचारीले टेर्दैनन् भने के म पिट्न जानु ? उनीहरूले हस्ताक्षर गरेपछि मात्र मैले हस्ताक्षर गर्नुपर्ने नियम छ । यो संविधान र ऐन–कानूनमै छ । कर्मचारीले हस्ताक्षर नगरी मैले मात्र गर्दा हुन्छ त ?’, आक्रोशित हुँदै उनले भने, ‘प्रधानमन्त्रीसँग मैले बारम्बार कुरा राखेको छु । उहाँ प्रयासरत हुनुहुन्छ, कुन नियम–कानून परिवर्तन गर्नु छ, ल्याउनुहोस् भन्नुभएको छ । २०२८ सालको कानून परिवर्तन गर्न लागिरहनुभएको छ । फास्ट ट्रयाकबाट कानून बनाउन लागिपर्नु भएको छ ।’

Vianet communication

‘होटल फरेस्ट इन’सम्बन्धी फाइल रोकिएको भन्दै कांग्रेसका सांसद खड्काले वनमन्त्रीको कार्यकक्षमै अनशन बस्ने चेतावनी दिएका छन् ।

मंगलवार मन्त्री वीरेन्द्र महतोको कार्यकक्षमै पत्रकार सम्मेलन गरी खड्काले मन्त्रीको कोठाभित्रै अनशन बस्ने चेतावनी दिए । 

संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काको लगानी रहेको उक्त होटल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी बनाइएको भन्दै वन मन्त्रालयले ५ लाख रुपैयाँ जरिवाना गराएको थियो ।

‘कि मेरो फाइल फिर्ता दिनुस्, कि त स्वीकृत गर्नुस्,’ मन्त्रीसमक्ष खड्काले भने, ‘म यहाँबाट निस्किन्न, बल प्रयोग गर्नुभयो भने म पनि बल प्रयोग गर्छु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x