×

NMB BANK
NIC ASIA

सार्वजनिक सम्पत्ति र संरचनाको संरक्षणमा सामूहिक जिम्मेवारीको खाँचो छ : प्रमुख आयुक्त राई

काठमाडाैं | पुस १८, २०८०

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक सम्पत्ति र संरचनाको संरक्षणमा सामूहिक जिम्मेवारीको खाँचो रहेको बताएका छन् ।​​

Muktinath Bank

मधेश प्रदेशको जनकपुरधाममा बुधवार आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन'सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सार्वजनिक सम्पत्ति र संरचनाको संरक्षण गर्ने जिम्मेवारी एक अर्कालाई पन्छाउने प्रवृत्ति छ, त्यसको अन्त्य हुन आवश्यक छ’, उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण सामूहिक जिम्मेवारी हो । यसमा सबैले ध्यान दिनुपर्छ ।’​​​


Advertisment
Nabil box
Kumari

सेवाप्रवाह गर्दा कार्यविधिको पालना गर्ने, पारदर्शिता तथा समय भित्र निर्णय गर्ने, कार्य संस्कृति बसाल्ने र राम्रा काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्नुपर्ने उनको भनाइ थियो ।

Vianet communication

अन्तरक्रियामा सहभागीहरूले राखेका जिज्ञासालाई सम्बोधन गर्दै उनले उजुरीलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरेर टुंगोमा पुर्‍याउनुपर्ने बताए ।

‘नीतिगत निर्णय के हो, के होईन ? भन्ने विषयमा परिभाषित हुन आवश्यक छ’, उनले भने, ‘प्रदेश तहमा हुने नीतिगत निर्णय प्रदेश मन्त्रिपरिषद्‌बाट र प्रशासनिक निर्णय तत् तत् प्रशासनिक तहमै हुने कुराको सुनिश्चितता गरी प्रशासनिक निर्णयलाई मन्त्रिपरिषद्‌मा लैजाने कुराको अन्त्य हुनुपर्छ ।’

null

उपभोक्ता समितिले पाएको काम अरूलाई ठेक्का दिन नपाउने व्यवस्था गर्न जरुरी रहेको उनले बताए । 

‘उपभोक्ता समितिमार्फत काम गराउँदा उपभोक्ता समितिको क्षमताले गर्न सक्ने काम मात्र दिने व्यवस्था गर्नुपर्छ । उपभोक्ता समितिले पाएको कार्यलाई अरूलाई ठेक्का दिन नपाउने व्यवस्था गर्न आवश्यक छ’, उनले भने ।

उपभोक्ता समितिमार्फत हुने कार्यमा लागत साझेदारी, मेसिनरी तथा उपकरणको प्रयोग, जमानत/धरौटी, मूल्य अभिवृद्धि कर बिलको आधिकारिकता लगायतका विषयमा समेत ध्यान दिन आवश्यक रहेको उनले बताए ।

null

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेतृत्वको सरकारबाट बजेटको दुरुपयोग हुन नदिने बताए । आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत काम गर्ने योजनाहरूलाई शून्यमा झार्ने उनले प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले ठूला योजनाहरू मात्र प्राथमिकतामा राख्ने उनको भनाइ छ । ‘प्रदेश सरकारबाट सञ्चालन भएका योजनाहरूको अनुगमन गर्नको लागि प्राविधिकको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ’, उनले भने ।

मधेशलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाउँदै उनले आयोगको छानबिन कार्यमा आफ्नो सरकारबाट पूर्ण सहयोग रहने बताए ।

यस्तै, कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेले सबै राष्ट्रसेवक कर्मचारीहरूले जिम्मेवारीपूर्ण ढङ्गले जनताको अपेक्षा पूरा प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए । अनियमितताको विषयलाई सबैले जिम्मेवार भएर चिर्न आवश्यक रहेको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x