×

NMB BANK
NIC ASIA

अर्धनग्न प्रदर्शनपछि सिंहदरबार प्रवेशमा कडाइ

काठमाडाैं | पुस १९, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि अर्धनग्न प्रदर्शन भएपछि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । सिंहदरबार प्रवेश गर्नेलाई बुधवारदेखि कडाइ गरिएको हो । दक्षिण ढोकाबाट पैदल हिँडेर सिंहदरबार प्रवेश गर्नेलाई विगतमा भन्दा कडाइ गरिएको हो । 

Muktinath Bank

सिंहदरबार पस्नेलाई गेटमा मेटल डिटेक्टरसहित सुरक्षा जाँच गर्न लागिएको छ । सिंहदरबार प्रवेश गर्ने पासमा समेत कडाइ गरिएको एक अधिकारीले जानकारी दिए । सिंहदरवार प्रवेश गर्नेहरूले पनि सुरक्षा जाँच कडा बनाइएको प्रतिक्रिया दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी कर्मचारी, सुरक्षाकर्मी र सूचना विभागको प्रवेश पास भएका पत्रकार बाहेकले सिंहदरबार प्रवेश गर्न त्यहाँ भित्रका कुनै मन्त्रालय या कार्यालयको पास लिनुपर्ने हुन्छ । मन्त्री–सांसदलाई भेट्न जाने आगन्तुकले नागरिकता प्रमाणपत्रको आधारमा अस्थायी पास पाउने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यसरी पास लिएर सिंहदरबार प्रवेश गर्नेलाई कडाइ गर्न लागिएको हो । सोमवार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रधानमन्त्री कार्यालयअगाडि अर्धनग्न प्रदर्शन गरेपछि सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो । वैद्यका कार्यकर्ता आगन्तुक बनेर सिंहदरबार प्रवेश गरेका थिए । 

Vianet communication

सिंहदरबार सुरक्षा गणका डीएसपी सन्तोष तामाङले सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिए । ‘सिंहदरबारभित्रै अवाञ्छित प्रदर्शन भएपछि सुरक्षा व्यवस्था कडा गरेका छौं,’ तामाङले लोकान्तरसँग भने । 

राजनीतिक दलका बेरोजगार कार्यकर्ताले विभिन्न मन्त्रालय, संसदीय दलको कार्यालय या अन्य सरकारी कार्यालयबाट पास मगाएर सिंहदरबार जाने गरेका छन् । कार्यकर्ताको भीडले काम गर्न अप्ठेरो भएको कतिपय मन्त्रीहरूले गुनासो गर्ने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x