×

NMB BANK
NIC ASIA

४०० भन्दा बढी उडान रद्द

काठमाडाैं | पुस १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्ना ग्राउन्ड सर्भिस कर्मचारीहरूको चार दिने हडतालका कारण स्पेनी एयरलाइन इबेरियाले चार सयभन्दा बढी उडान रद्द गरेको छ । मुलुकको प्रमुख बिदा एपिफेनीको पूर्वसन्ध्यामा एयरलाइन्सको उडान रद्द शुक्रबारदेखि सुरु हुनेछ । 

Muktinath Bank

स्पेनको युजिटी तथा सिसिओओ युनियनहरूसँगको वार्ता बिना कुनै सम्झौता बुधबार राति समाप्त भएपछि इबेरियाले एक विज्ञप्तिमा भनेको छ, “उडानहरू रद्द हुँदा एयरलाइनको कम लागतको इबेरिया एक्सप्रेस र यसको क्षेत्रीय एयरलाइन एयर नोस्ट्रमलाई पनि प्रभावित बनाउने छ, यसबाट ४५ हजारभन्दा धेरै यात्री प्रभावित हुनेछन् ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इबेरियाका कर्पोरेट निर्देशक जुआन सिएर्कोले हडतालबाट यात्रीहरूलाई ‘धेरै महत्त्वपूर्ण’ अवरोध हुने उल्लेख  गर्दै अन्तिम समयमा रद्द गरिएको भए पनि उडानहरूलाई पुनःतालिका बनाउन असम्भव हुने बताए । 


Advertisment
Nabil box
Kumari

स्पेनमा परम्परागतरूपमा क्रिसमस उपहार एपिफेनीको दिन अर्थात जनवरी ६ मा दिइन्छ । उक्त दिन इसाईहरू शिशु येशुसँग भेट गर्न तीन राजाले भ्रमण गरेको सम्झना गर्छन् । यसको एक रातअघि पूरै देशमा रङ्गीन परेड आयोजना गरिन्छ । 

Vianet communication
Laxmi Bank

    धेरै स्पेनीहरू बिदाका लागि आफ्ना परिवारका साथ भ्रमण गर्दछन् । यसलाई थ्रि किङ्गस डेका रूपमा पनि जानिन्छ । 

    ब्याग ह्यान्डल गर्ने पनि समावेश भएका इबेरियाका ग्राउन्ड सर्भिस कर्मचारीहरूले राज्य नियन्त्रित विमानस्थल सञ्चालक एनाले नयाँ प्रदायकहरूसँग हस्ताक्षर गरेको सम्झौताको विरोध गरिरहेका छन् । 

नयाँ प्रदायकहरूले इबेरियाका कर्मचारीहरूलाई कायमै राख्ने वाचा गरेका छन् तर उनीहरूको कामकाजी अवस्था बिग्रने डर युनियनहरूलाई छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x