×

NMB BANK
NIC ASIA

खड्काको शतकमा बैतडी फाइनलमा, उपाधिका लागि कैलालीसँग भिड्ने

कैलाली | पुस २२, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ ।

Muktinath Bank

समूह  चरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने खेलको टुङ्गो लागेको हो ।  समान तीन खेल जितेको बैतडी अङ्कतालिकाको शीर्ष  र कैलाली दोस्रो स्थानमा रहँदै फाइनल पुगेका छन् । आज सम्पन्न खेलमा  बैतडीलाई १० रनले हराउँदै  कैलाली फाइनलमा प्रवेश गरेको हो । यसअघि  समान तीन खेल जितेको कञ्चनपुर भने नेट रन रेटमा पछि रहँदै फाइनल होडबाट बाहिरिएको स्कोरर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए । 
जितका लागि पाएको दुई सय एक रनको लक्ष्य पछ्याएको बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९० रन मात्रै बनाउन सक्यो । जसमा ओपनर खडक बोहराले शतकीय पारी खेले । उनले ७९ बलको सामना गर्दै १२ चौका र दुई छक्काको मद्दतमा एक सय १० रन जोडे । जारी प्रतियोगितामा खडक शतक हिर्काउने पहिलो खेलाडीसमेत बने । कैलालीका लागि शेर मल्लले चार र कप्तान नारायण जोशीले दुई विकेट हात पारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरु हुने  भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३० ओभरमा झारिएको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा दुई सय रन बनायो । उसका अभिषेक पालले ६३ र आयुब चन्दले अविजित ५३ रनको योगदान गरे ।  बैतडीका खडक बोहराले तीन विकेट झारे । खडक खेलको ‘म्यान अफ द म्याच’  घोषित भए ।   


Advertisment
Nabil box
Kumari

अब बैतडी र कैलालीबीचको फाइनल खेल मङ्गलबार हुनेछ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x