×

NMB BANK
NIC ASIA

मनोहरा क्षेत्रमा शुरू भयो चरा गणना

भक्तपुर | पुस २७, २०८०

NTC
फाइल फोटो
Premier Steels

मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना शुरू गरिएको छ ।​

Muktinath Bank

वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा चराको गणना शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै आएका थिमिका सञ्जय श्रेष्ठले बताए ।


Advertisment
Nabil box
Kumari

यसअघि एक सय छ प्रजातिका चरा भेटिएको यस क्षेत्रमा गत फागुनमा भएको गणनामा भने काठमाडौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुइँ रविन (पाइड ह्वीटर) प्रजातिका चरासहित ८६ प्रजातिका चरा भेटिएर अभिलेखिकरण गरिएको थियो । 

Vianet communication

बढ्दो शहरीकरण र प्रदूषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाइने गरिएका चरा देखिन छाडेको श्रेष्ठको भनाइ छ ।

यस वर्ष आज शुरू भएको चरा गणनाले स्थानीय रैथाने र पाहुना चरा गरी कति प्रजातिका भेटिन्छन् ती चराको अभिलेखिकरण गरिने उनले जानकारी दिए । 

यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने चरा पनि भेटिँदै आएका छन् । गत मङ्सिरमा पनि यही ठाउँमा दुर्लभ पाहुना चरा स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) भेटिएर अभिलेखिकरण गरिएको थियो ।​

वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरल, नेपाल पन्छीविद् सङ्घ, लेट्स वर्क फर विल्डलायफ, नेपाल पन्छी संरक्षण सङ्घ, कोशी टप्पु वर्ड वाचिङ क्पाम्प प्रालि सुनसरी र पोखरा पन्छी समाजको समन्वयमा यही जनवरी २ देखि १८ सम्म नेपालका विभिन्न क्षेत्रमा पन्छी गणना गर्ने क्रममा आज भक्तपुरको मनोहरा क्षेत्रमा चरा गणना शुरू गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x