×

NMB BANK
NIC ASIA

बेल्जियमका प्रधानमन्त्रीसँग सीले भने– चीनले ईयूसँग सम्बन्ध राख्न चाहेको छ

काठमाडाैं | पुस २७, २०८०

NTC
Premier Steels

साङ्घाई–चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक युरोपसँगको सम्बन्ध सुदृढ गर्न इच्छुक रहेको बताएका छन् । बेइजिङमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डी क्रोसँगको भेटमा उनले सो कुरा बताएका हुन् । 

Muktinath Bank

बिहीवार डी क्रो चीन पुगे र बेइजिङमा बेल्जियमको नयाँ दूतावासको उद्घाटनमा सरिक भए । सोही दिन उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चीन नयाँ वर्षमा चीन–युरोपेली युनियन (ईयू) सम्बन्धमा निरन्तर प्रगतिलाई प्रवर्द्धन गर्नका लागि ईयूसँग काम गर्न इच्छुक छ,’ सरकारी प्रसारक सीसीभीका अनुसार शुक्रवार बेइजिङमा ग्रेट अल अफ दी पिपुलमा भेट भएपछि सीले डी क्रोसँग भने, ‘अराजक अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दा चीन र युरोपबिच थप पुल बनाउन आवश्यक छ, दुवै पक्षले संयुक्तरूपमा विश्व शान्ति, स्थिरता र समृद्धिलाई प्रवर्द्धन गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

बेइजिङ र ईयू प्रमुख व्यापार साझेदार हुन् तर ईयूले हालै प्रविधि र अन्य क्षेत्रमा चीनमाथि निर्भरता कम गर्ने सङ्केत दिएको छ । बेइजिङको सस्तो विद्युतीय सवारीको उत्पादनले युरोपेली प्रतिद्वन्द्वीहरूलाई चिन्तित बनाएको भन्ने आरोपपछि ईयूले घरेलु विद्युतीय सवारी निर्माताहरूका लागि चिनियाँ अनुदानको अनुसन्धान सुरु गरेको छ । बेइजिङले ती आरोपको खण्डन गरेको छ । 

Vianet communication

साथै हालैका वर्षमा चीन र पश्चिमबीच बिग्रँदो सम्बन्धहरूले एआई, गलत सूचना र डाटा सुरक्षाले उत्पन सम्भावित कमजोरीमाथि ब्रसेल्समा चिन्ता उत्पन्न गरेको छ । 

डी क्रोले शुक्रवार ट्विट गर्दै भनेका छन्, ‘जलवायु परिवर्तन, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको बचाउ गर्ने वा भविष्यका महामारीहरू रोक्नेजस्ता हाम्रा साझा चुनौतीहरूका बारेमा छलफल गर्न मैले चिनियाँ प्रधानमन्त्री ली कियाङसँग पनि भेट गरेको थिएँ ।’

उनका अनुसार दुवै नेताले युक्रेनमाथि रुसी आक्रमणबारे पनि कुराकानी भएको छ । युक्रेनमाथि रुसको आक्रमणलाई लिएर बेइजिङले मस्कोको निन्दा गर्न अस्वीकार गर्दा चीन र युरोपबीचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x