×

NMB BANK
NIC ASIA

यमनमा अमेरिकाले गर्‍यो पुनः आक्रमण

काठमाडाैं | पुस २८, २०८०

NTC
Premier Steels

साना– इरान समर्थित लडाकू समूहले ‘रेड सी’मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिवार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

Muktinath Bank

प्यालेस्टिनी लडाकू समूह हमाससँग इजरायलले गरिरहेको युद्ध प्यालेष्टिनी थप क्षेत्रमा बिस्तार हुने देखिएपछि यमनी हुथी समूहले आफ्नो क्षेत्रीय सहयोगी हमासलाई सहयोग गर्दै इजरायलको युद्ध बिस्तारविद्ध चेतावनी दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यमनले ‘रेड सी’मा इजरायल सम्वद्ध जहाजमाथि आक्रमण बढाएको एक दिनपछि हुथीको राडार साइटमा आक्रमण भएको हो ।


Advertisment
Nabil box
Kumari

इरान समर्थित लडाकूको सरकारी सञ्चारमाध्यमले यसअघि यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा रहेको अल–दैलामी एयरबेसमा आक्रमण भएको जनाएको थियो ।

Vianet communication

इजरायल–हमास युद्धको विरोधमा हप्तौंदेखि इजरायलसँग जोडिएको पानीजहाजमा आक्रमण गर्दै आएका हुथी विद्रोहीले पहिलो आक्रमणपछि अमेरिका र बेलायतको स्वार्थ ‘वैध निशाना’ भएको चेतावनी दिएका छन् ।

बेलायत, संयुक्त राज्य अमेरिका र आठ सहयोगी राष्ट्रले शुक्रवार गरिएको हवाई आक्रमणको उद्देश्य ‘तनाव कम गर्ने’ रहेको बताएका छन् तर हुथी विद्रोहीले आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

विद्रोहीहरूको सर्वोच्च राजनीतिक परिषद्ले भनेको छ, ‘आक्रमणपछि सबै अमेरिकी–बेलायती स्वार्थहरू वैध निशाना बनेका छन् ।’

विद्रोहीका उपविदेशमन्त्री हुसेन अल एज्जीले संयुक्त राज्य अमेरिका र बेलायतले ठूलो मूल्य चुकाउन तयार हुनुपर्ने बताएका छन् ।

सन् २०१४ मा गृहयुद्ध सुरु भएदेखि नै विद्रोहीहरूले यमनको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएका छन् र इजरायल र यी गतिविधि उसका सहयोगीहरूविरुद्ध इरान समर्थित ‘प्रतिरोधको उच्चतम’ हिस्सा हुन् । 

यमन, लेबनान, इराक र सिरियामा अक्टोबरको सुरुमा गाजामा युद्ध शुरू भएयता इरानसमर्थित समूहमाथि हिंसा बढेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले क्षेत्रीय शान्ति र स्थायित्वका लागि सबै पक्षलाई तनाव नबढाउन आग्रह गरेको महासचिवका प्रवक्ता स्टेफन दुजारिकले जानकारी दिए ।

हुथी विद्रोहीले पानीजहाजमाथि गरेको आक्रमण तत्काल रोक्न माग गर्दै प्रस्ताव पारित गरेको केही दिनपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रवार आपतकालीन बैठक बोलाएको थियो ।

भेटमा अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले हुथी विद्रोहीले ‘रेड सी’मा पानीजहाज सञ्चालन गर्दा हुने खतराबाट कुनै पनि जहाज सुरक्षित नरहेको चेतावनी दिएका थिए ।

रुसी राजदूत भासिली नेबेन्जियाले देशको सम्पूर्ण जनतामाथि भएको ‘निर्लज्ज सशस्त्र आक्रमण’को निन्दा गरेको छ । 

मध्यपूर्वका नेताहरूले हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमाथिको आक्रमणलाई अनुचित भन्दै यसले ‘रेड सी’ क्षेत्र रक्तपातपूर्ण बन्नसक्ने बताएका छन् । 

साउदी अरबले सैन्य कारबाहीलाई निकै चिन्ताका साथ हेरिरहेको बताउँदै ‘आत्मसंयम र तनावबाट जोगिन’ आह्वान गरेको छ ।

सन् २०२२ को सुरुमा भएको युद्धविरामपछि साउदी अरबले हुथी विद्रोहीसँग नौ वर्षसम्म चलेको युद्धबाट आफूलाई मुक्त गर्ने प्रयास गरिरहेको छ ।

हमासले क्षेत्रीय सुरक्षामा परेको असरका लागि बेलायत र संयुक्त राज्य अमेरिकालाई जिम्मेवार भएको दाबी गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x