×

NMB BANK
NIC ASIA

माघका लागि बैंकहरूले घटाए निक्षेपको ब्याज, फागुनमा अझै घट्न सक्ने

काठमाडाैं | पुस २९, २०८०

NTC
Premier Steels

वाणिज्य र विकास बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।

Muktinath Bank

१८ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा कम गरेका छन् भने विकास बैंकहरूले पनि अधिकतम सीमामा शून्य दशमलव २५ प्रतिशत कम गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्काल कर्जाको माग नबढ्ने देखेपछि आफ्नो खर्च कम गर्न निक्षेपमा ब्याजदर कम गरेको बैंकहरूले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

ब्याजदर कम भएपछि बैंकको न्यूनतम् पूँजीकोषमा दबाब कम पर्ने र पूँजीकोषमा कम दबाब परेपछि कर्जा विस्तारमा सहजीकरण हुने विश्वासमा ब्याजदर कम गरिएको एक वाणिज्य बैंकका सीईओले दाबी गरे ।

Vianet communication

कुन वाणिज्य बैंकको ब्याजदर कति ?

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १८ ले निक्षेपमा ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंकले पुसको तुलनामा १ दशमलव ९ प्रतिशतले ब्याज घटाएको छ ।

त्यस्तै पुसमा माछापुच्छ्रे बैंकले मुद्दतिमा ९ प्रतिशत ब्याज दिन्थ्यो भने माघका लागि ८ प्रतिशत तय गरेको छ ।

नेपाल एसबीआईले अघिल्लो महिनाको ९ दशमलव ६ प्रतिशतबाट घटाएर ८ दशमलव २५ प्रतिशत बनाएको छ भने कुमारी बैंकले ९ दशमलव ३१ प्रतिशतबाट ८ दशमलव ११ प्रतिशतमा झारेको छ ।

प्रभु बैंकको ९ प्रतिशतबाट ८ दशमलव ०६ प्रतिशत, सानिमाको ९ प्रतिशतबाट ८ दशमलव १५, लक्ष्मी सनराइजको ९ प्रतिशतबाट ८ मा, एनआईसी एसियाको ८ दशमलव ६७ प्रतिशतबाट ८ दशमलव ०६ र राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ६१ प्रतिशतबाट ८ दशमलव ०७ प्रतिशतमा झरेको छ ।

एनएमबी बैंकले आफ्नो ब्याजदरमा कुनै परिवर्तन गरेको छैन भने नबिल बैंक र ग्लोबल आईएमई दुवै बैंकले ८ दशमलव ६ बाट ८ दशमलव १ प्रतिशतमा झारेका छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८ दशमलव ५६ प्रतिशतबाट ८ दशमलव ०७ प्रतिशतमा कायम गरेको छ ।

नेपाल बैंकले ८ दशमलव ५५ प्रतिशतबाट ८ प्रतिशतमा ब्याजदर झारेको छ भने पुसमा ८ प्रतिशत ब्याज दिइरहेको एभरेस्ट बैंकले ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ९ दशमलव ५ प्रतिशत ब्याज दिँदै आएकोमा माघ महिनाका लागि ८ दशमलव ६ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै सिटिजन्सले ९ दशमलव ३५ प्रतिशतबाट ९ दशमलव १५ प्रतिशतमा झारेको छ ।

सिद्धार्थ बैंकले ९ दशमलव २५ प्रतिशतबाट ८ दशमलव १ प्रतिशत ब्याजदर कम गरेको छ भने हिमालयन बैंकले ८ दशमलव ६ प्रतिशतबाट ८ दशमलव १५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

विकास बैंक पनि ब्याजदर घटाउने रेसमा

अधिक तरलताले समस्या निम्त्याएपछि विकास बैंकहरूले पनि वाणिज्य बैंकहरूकै शैलीमा ब्याजदर कम गरेका छन् । यद्यपि वाणिज्य बैंकहरूले भन्दा विकास बैंकले निकै कम प्रतिशतले मात्र माघको ब्याज तय गरेका हुन् ।

औसतमा जम्मा शून्य दशमलव ३४ प्रतिशतले विकास बैंकहरूले आफ्नो ब्याजदर घटाएका हुन् । गरिमा, सांग्रिला, साइन रेसुंगा र कामना सेवा गरी ४ विकास बैंकहरूले पुसमा दिइएको ९ दशमलव २५ प्रतिशतको तुलनामा माघमा जम्मा ९ प्रतिशत ब्याजदर तय गरेका छन् ।

त्यस्तै ज्योति, लुम्बिनी र महालक्ष्मी विकास बैंकहरूले भने पुसमा कायम रहेको ९ दशमलव २५ प्रतिशतबाट शून्य दशमलव ४५ प्रतिशत कम गर्दै ८ दशमलव ८ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

विकास बैंकहरूको आधार दर भने न्यूनतम् १० प्रतिशत देखि अधिकतम ११.५८ प्रतिशतसम्म रहेको छ। गरिमा विकास बैंकको सबैभन्दा थोरै १० प्रतिशत आधार दर हुँदा लुम्बिनी विकास बैंकको आधार दर सबैभन्दा धेरै ११.५८ प्रतिशत छ ।

ब्याजदर अझै घट्न सक्ने

गत साउनदेखि बैंकहरूबीच ब्याजदर तलमाथि गर्ने भद्र सहमति तोडिएको थियो । त्यसयता राष्ट्र बैंकले तोकेको सीमाअनुसार बैंकहरूले छुट्टै ब्याजदर तय गर्दै आइरहेका छन् ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामा नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेपछि बैंकहरू ब्याजदर अझै घटाउनु पर्ने मनोवैज्ञानिक दबाबमा छन् ।

'माघ महिनामा पनि बैंकहरूमा लगानीयोग्य कर्जा बढ्ने अवस्था छैन,' एक वाणिज्य बैंकका सीईओले लोकान्तरसँग भने, 'यतिबेला नयाँ–नयाँ स्किम ल्याएर निक्षेप बढाउनुपर्ने बेला हो तर राष्ट्र बैंकले लिएको मौद्रिक नीतिका कारण निक्षेपको ब्याज कम गर्नुपरिरहेको छ । फागुनमा यो भन्दा अझै कम ब्याजदरमा निक्षेप भित्र्याउनुपर्ने अवस्था आउनेछ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x