२४ असार २०८३, बुधबार

सामसङले नेपालमा शुरू गर्‍यो ग्यालेक्सी ‘एस २४’को ‘प्रि–बुकिङ’, यस्तो छ मूल्य ?​​

माघ ५, २०८०
काठमाडौं
सामसङले नेपालमा शुरू गर्‍यो ग्यालेक्सी ‘एस २४’को ‘प्रि–बुकिङ’, यस्तो छ मूल्य ?​​

सामसङ नेपालले ग्यालेक्सी ‘एस २४’ स्मार्टफोनको नेपालमा प्रि–बुकिङ खुला गरेको छ ।

ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस २४ प्लस र ग्यलेसी एस २४ को प्रि–बुकिङ खुला गरिएको सामसङले जनाएको छ ।

आर्टिफिसियल इन्टेलीजेन्स (एआई)ले ग्यालेक्सी एस २४ सिरिजको हरेक अनुभवलाई अझै राम्रो र सहज बानाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्स्लेशनको साथै कुनै रुकावटविना कुराकानीदेखि ग्यालेक्सीको प्रोभिजुअल इन्जिनसम्मका सेवा यी फोनमा उपलब्ध छन् ।

साथै आफ्नो सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बढाउन सकिने कम्पनीले जनाएको छ ।
‘ग्यालेक्सी एस २४ले संसारसँगको हाम्रो सम्बन्धलाई परिवर्तन गर्छ र मोबाइलको आविष्कारको आउँदो दशकलाई प्रज्वलित गर्छ’, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एआई हाम्रो नवप्रवर्तन सम्पदा र मानिसहरूले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने गहिरो बुझाइबाट  निर्माण गरिएको छ ।’​

विश्वभरका प्रयोगकर्ताहरूले नयाँ सम्भावनाहरू खोल्न ग्यालेक्सी एआईमार्फत आफ्नो दैनिक जीवनलाई सशक्त बनाउन सक्ने उनको भनाइ छ ।

प्रि–बुकिङका लागि सामसङ स्टोरमा गएर ५ हजार रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा ग्यालेक्सी एस २४ अल्ट्राको मूल्य १ लाख ८४ हजार ९९९ रुपैयाँबाट शुरू हुनेछ। ५१२ जीबी स्टोरेज भएको अल्ट्राको मूल्य भने १ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ। 

अन्य दुई भेरियन्ट भने एउटै स्टोरेज विकल्पमा रहेका छन्। ग्यालेक्सी एस २४ प्लसको मूल्य १ लाख ४२ जार ९९९ रुपैयाँ र ग्यालेक्सी एस २४ को मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ रहेको छ। 

किस्ता सुविधा पनि खरिद गर्न सकिने सामसङले जानकारी दिएको छ। ​

सामसङका यी नयाँ फोनमा एआई लोडेड रहेका छन्। पछिल्लो समय आएको एआईको विकासलाई सामसङले स्मार्टफोनमै सामावेश गरेको छ। एआई नोट असिस्ट, च्याट असिस्ट, इन्टरप्रेटर, फोटोमोजिस, सर्कल टू सर्च र रियल-टाइम भाषा अनुवाद जस्ता फिचरहरू फोनमा रहेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्