×

NMB BANK
NIC ASIA

सामसङले नेपालमा शुरू गर्‍यो ग्यालेक्सी ‘एस २४’को ‘प्रि–बुकिङ’, यस्तो छ मूल्य ?​​

काठमाडाैं | माघ ५, २०८०

NTC
Premier Steels

सामसङ नेपालले ग्यालेक्सी ‘एस २४’ स्मार्टफोनको नेपालमा प्रि–बुकिङ खुला गरेको छ ।

Muktinath Bank

ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस २४ प्लस र ग्यलेसी एस २४ को प्रि–बुकिङ खुला गरिएको सामसङले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्टिफिसियल इन्टेलीजेन्स (एआई)ले ग्यालेक्सी एस २४ सिरिजको हरेक अनुभवलाई अझै राम्रो र सहज बानाउने कम्पनीको दाबी छ ।


Advertisment
Nabil box
Kumari

कम्पनीका अनुसार इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्स्लेशनको साथै कुनै रुकावटविना कुराकानीदेखि ग्यालेक्सीको प्रोभिजुअल इन्जिनसम्मका सेवा यी फोनमा उपलब्ध छन् ।

Vianet communication

साथै आफ्नो सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बढाउन सकिने कम्पनीले जनाएको छ ।
‘ग्यालेक्सी एस २४ले संसारसँगको हाम्रो सम्बन्धलाई परिवर्तन गर्छ र मोबाइलको आविष्कारको आउँदो दशकलाई प्रज्वलित गर्छ’, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एआई हाम्रो नवप्रवर्तन सम्पदा र मानिसहरूले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने गहिरो बुझाइबाट  निर्माण गरिएको छ ।’​

विश्वभरका प्रयोगकर्ताहरूले नयाँ सम्भावनाहरू खोल्न ग्यालेक्सी एआईमार्फत आफ्नो दैनिक जीवनलाई सशक्त बनाउन सक्ने उनको भनाइ छ ।

प्रि–बुकिङका लागि सामसङ स्टोरमा गएर ५ हजार रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा ग्यालेक्सी एस २४ अल्ट्राको मूल्य १ लाख ८४ हजार ९९९ रुपैयाँबाट शुरू हुनेछ। ५१२ जीबी स्टोरेज भएको अल्ट्राको मूल्य भने १ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ। 

अन्य दुई भेरियन्ट भने एउटै स्टोरेज विकल्पमा रहेका छन्। ग्यालेक्सी एस २४ प्लसको मूल्य १ लाख ४२ जार ९९९ रुपैयाँ र ग्यालेक्सी एस २४ को मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ रहेको छ। 

किस्ता सुविधा पनि खरिद गर्न सकिने सामसङले जानकारी दिएको छ। ​

सामसङका यी नयाँ फोनमा एआई लोडेड रहेका छन्। पछिल्लो समय आएको एआईको विकासलाई सामसङले स्मार्टफोनमै सामावेश गरेको छ। एआई नोट असिस्ट, च्याट असिस्ट, इन्टरप्रेटर, फोटोमोजिस, सर्कल टू सर्च र रियल-टाइम भाषा अनुवाद जस्ता फिचरहरू फोनमा रहेका छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x