फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
विराटनगर | माघ ६, २०८०
आठ वर्षअघि नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिका, अष्ट्रेलिया लगायतका देशमा पुनस्र्थापना गर्ने काम शुरू गरियो । नेपाली मूलका भुटानी शरणनार्थी अमेरिका लगायतका देशमा गएपछि नेपाली उत्पादनसमेत त्यो देशमा भित्रिन थाल्याे । अमेकिकामा नेपाली चाउचाउ भित्र्याउनेको अग्रपंत्तिमा पर्नेमा विराटनगरका उद्योगी महेश जाजू पनि हुन् ।
त्यसो त नेपालमै रँदा पनि भुटानी शरणार्थीलाई युएनएचसीआरले खाद्यान्न कार्यक्रमअन्तर्गत रमपम चाउचाउ दिने गरिएको थियो । शरणार्थीहरू अमेरिका गएपछि त्यही चाउचाउको माग बढ्न थाल्यो । भुटानी शरणार्थीले त्यहाँ बस्ने अन्य देशका नागरिकलाई पनि नेपाली चाउचाउ चखाउन थाले । उनै महेशको कम्पनी एसियन थाइफूड्स प्रालिले उत्पादन गर्ने चाउचाउ हो रमपम । अहिले अमेरिकामा रमपम र टू पीएम ब्राण्डका स्न्याक्सको माग तीव्ररुपले बढिरहेको सञ्चालक महेश बताउँछन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसपछि नेपालका उद्योगधन्दामा ठूलो असर परेको तथ्यांक छ । यसबीच पनि एसियन थाइफूड्सले भने कोरोनापछि बजार राम्रो भएको बताउँदै आएको छ । ‘नेपाली र नेपाली मूलका मानिसको बाहुल्यता रहेका देशहरूमा एसियन थाइफूड्सले आफ्नो उत्पादनलाई तीव्र अन्तर्राष्ट्रियकरण गरिरहेको छ,’ महेश भन्छन् ।
कोरोनापछि आफ्नो उत्पादनको विदेश निर्यात बढेको उनी दाबी गर्छन् । गत वर्षमात्रै थाइफूड्सले झण्डै ५० करोड रुपैयाँको आफनो उत्पादन विभिन्न देशमा निर्यात गरेको थियोे । यो वर्ष १ अर्ब र अर्को वर्ष २ अर्ब हुँदै ५ वर्षसम्ममा ५ अर्बको उत्पादन विदेश निर्यात गर्ने लक्ष्य रहेको उद्योगका बजार प्रमुखसमेत रहेका सञ्चालक महेशले बताए ।
विदेशका महोत्सवहरूमा नेपाली उत्पादन देख्दा त्यहाँ गएका नेपालीहरू खुसीले रुने गरेको आफूले देखेको उनी अनुभव सुनाउँछन् । उनका अनुसार केही समयअघि यूएईमा गल्फ फूड दुबई (फुड फेस्टिभल) आयोजना गरिएको थियो । उक्त फेस्टिभलमा विभिन्न देशका प्रतिष्ठित ब्रान्डबाट उत्पादित वस्तुको स्टल राखिएको थियो । नेपालको तर्फबाट एसियन थाइफूड्सले उत्पादन गरेको टू पीएम र रमपम चाउचाउलगायत अन्य स्न्याक्ससमेत राखिएको थियो । खाद्यान्नबाहेक नेपाललाई चिनाउने प्रशिद्ध तीर्थस्थल पशुपतिनाथको मन्दिरदेखि सर्वोच्च शिखर सरगमाथासम्मका तस्वीरहरू राखिएको थियो । ती स्टलमा बिक्री गर्न बसेका पनि नेपाली नै थिए । ‘त्यहाँ आएका नेपालीले नेपालमा उत्पादित बस्तुहरू खोजी–खोजी किनेका थिए । एक नेपाली भने स्टलमा दौडिँदै आएका थिए । उनले त्यो स्टल देखेपछि एकछिन् रोएका थिए । ती नेपालीले अन्तर्राष्ट्रिय मेलामा नेपाली उत्पादन देखेको भन्दै खुसीका आँसु झारेका थिए,’ उनले भने ।
२५ वर्षअघि १५ करोडको लगानी
एसिएन थाइफूड्सले विराटनगरमा सन् १९९९ बाट १५ करोड रुपैयाँको लगानीमा चाउचाउ उत्पादन गर्न थालेको थियो । अहिले त्यो लगानी २ अर्ब नाघेको अर्का लगानीकर्ता पवन सारडा बताउँछन् । सन् २०१० को आसपास उत्पादन क्षमता थप गरिएको थियो । सन् २०१९ मा अन्तर्राष्ट्रिय स्वादको प्रिमियम चाउचाउ र २०२२ मा टू पीएम प्रिमियम स्न्याक्सको प्रक्षेपणसँगै एसियन थाइफूड्स नेपालमा चाउचाउ र खाजाको सबैभन्दा ठूलो उत्पादक कम्पनी बनेको लगानीकर्ताहरूको दाबी छ । यस कम्पनी भर्खरै गल्फ फूड दुबई, आहार इन्डिया, वल्र्ड फूड टर्की र वल्र्ड फूट इन्डियाजस्ता ग्लोबल प्रदर्शनीमा समेत सहभागी भएको थियो । अहिले पनि २५ मुलुकमा आफ्ना उत्पादन निर्यात गरिरहेको सञ्चालक महेशले बताए ।
भारत, अष्ट्रेलिया, बहराइन, बेल्जियम, भुटान, क्यानडा, फिनल्यान्ड, जर्मनी, इजरायल, इटली, यूएई, कुवेत, मलेसिया, यमन, ओमन, प्यालेस्टाइन, दक्षिण कोरिया, बेलायत, अमेरिका, न्युजील्यान्ड र कतार लगायत देशमा व्यापार तीब्र बनेको उनले जनाए । केही दिनमा जापान, इजिप्ट र दक्षिण अफ्रिकामा पनि निर्यातको तयारीमा रहेको उनको भनाइ छ । ‘अमेरिकामा वार्षिक १५ करोड रुपैयाँको रमपम चाउचाउ जान्छ । भारतमा ५० करोड रुपैयाँभन्दा बढीको सामग्री पुग्छ । नेपालमा ४ अर्ब रुपैयाँ बराबरको खपत हुने गरेको छ । आउने दुई वर्षमा नेपालमा हुने खपत बराबरको उत्पादन विदेश निर्यात गर्ने लक्ष्य लिएका छौ,’ महेश भन्छन् ।
एसियन थाइफूड्सका उत्पादनहरू अमाजन, फ्लिप्कार्ट, इस्पेन्सर, मेसो लगायतका प्रतिष्ठित अनलाइन कम्पनीले पनि अनलाइनमा राखेका छन् । केही दिनमा दराज, ब्लिङ्केटजस्ता कम्पनीले पनि अनलाइनमा राख्ने तयारी गरेको उनले बताए ।
एसियन थाइफूड्सका १०० भन्दा बढी ब्रान्ड छन् । प्याकेटहरूमा ७ वटा भाषा उल्लेख गरिएको छ । निर्यातका लागि सरकारले अरू विषयमा ध्यान दिनसके विश्वमा व्यापार बढाउन सकिने महेशको अनुभव छ । अधिकांश आफ्ना उत्पादनमा नेपालकै खाद्यवस्तुका कच्चापदार्थको उपयोग गरिरहेको उनको दाबी छ । ‘मैदा, स्न्याक्सहरूमा मकै, चामल, तेल, नेपालकै समावेश छ । प्याकेजिङ पनि स्वदेशकै हो,’ उनी थप्छन्, ‘मिल्क पाउडर पनि नेपालकै प्रयोग भइरहेको छ ।
सेफ साह ब्रान्ड एम्बेस्डर
विश्वमा झण्डै ८ अर्ब जनसंख्या छ । यसैले आफ्ना उत्पादमा बजारको समस्या नहुने महेश बताउँछन् । आफ्ना उत्पादनबारे संसारभरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनले सुनाए । एसियन थाइफूड्सले चर्चित सेफ सन्तोष साहलाई ब्रान्ड एम्बेस्डर बनाएको छ । साह बेलायतको लन्डनमा काम गरेर ख्याती कमाएका नेपाली शेफ हुन् । सन् २०२० मा पाककलासम्बन्धी बेलायतको परपट टीभी शृंखला ‘बीबीसी मास्टरशेफ द प्रोफेसनल्स’मा उनी प्रतिस्पर्धीसमेत थिए ।
भारतका अर्बपति मुकेश अम्बानीका ८०० भन्दा बढी डिपार्टमेन्टल स्टोर छन् । ती स्टोरहरूमा रमपम र टू पीएमका ब्रान्ड पनि राख्ने विषयमा कुराकानी भइसकेको र अब चाँडै राखिने महेशले जानकारी दिए । जहाँ नेपाली छन् त्यहीँ गएर मार्केटिङ शुरू गरेको उनले बताए । ‘जहाँ नेपाली छन् । त्यहाँ सामान पठाएँ,’ उनी भन्छन्, ‘नेपालीहरूकै माध्यमबाट ती देशका नागरिकले पनि स्वाद लिन पाए । जब स्वाद लिए अनि माग बढ्यो । युवाहरू विदेशतिर जाँदा निर्यातसमेत बढिरहेको छ ।’
नेपालमा उत्पादित आफ्ना सामान युरोपमा उत्पादन भएभन्दा आधा सस्तो पर्ने सञ्चालक महेशको दाबी छ । नेपालीहरू कम रहेको इजरायलमा पनि एसियन थाइफूड्सका उत्पादन निर्यात भइरहेको उनले बताए । ‘जुनसुकै खाद्यान्नको आइटम बिक्री गर्नका लागि मुस्लिम देशमा हलाल सर्टिफिकेट लिनुपर्छ । हिन्दू बाहुल्य देशमा हमाम सर्टिफाइट हुनुपर्छ,’ उनी भन्छन्, ‘एसियन थाइफूड्सले सबै प्रक्रिया पूरा गरेको छ । विदेशीलाई चाहिने सबै सूचना प्याकेटमै उल्लेख गरिएको छ ।’ केही समयपछि आफ्ना उत्पादन जापानमा पनि जाने महेशले जानकारी दिए । दक्षिण कोरियामा पनि भर्खरै १ कन्टेनर (२५ लाख मूल्य पर्ने) सामान पठाइसकेको उनले बताए । मार्केटको ‘पोजेटिभ रेस्पोन्स’ले धेरै उत्साहित बनेको उनी बताउँछन् ।
अधिकांश विदेशीको मुखबाट नेपालमा पनि यति राम्रो प्याकेजिङ हुन्छ, यस्तो स्वादिलो बनाउन सक्छ ? भन्ने प्रश्न गर्ने गरेको भन्दै उनी खुसी देखिए । तर, सबैभन्दा नजिकको छिमेकी देश भारत निर्यात गर्दा भने केही झन्झट ब्यहोरिरहेको उनको दुःखेसो छ । नेपालको खाद्य परीक्षणलाई भारतले मान्यता दिनुपर्ने उनको माग छ ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...