×

NMB BANK
NIC ASIA

परिणाम दिनेगरी काम गर्न निगम नेतृत्वलाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडाैं | माघ १५, २०८०

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले परिणाम दिनेगरी काम गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नेतृत्वलाई निर्देशन दिएका छन् ।निगमको विद्यमान अवस्थालाई सुधारेर नतिजा निकाल्न निगम व्यवस्थापनलाई पटक–पटक निर्देशन दिइए पनि परिणाम नआएको जनाउँदै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको ध्यानाकर्षण गराएका हुन् । 

Muktinath Bank

सन् २०१२ बाट ‘ग्राउन्डेड ट्विनअटर’ जहान बनाउन पर्यटनमन्त्री किरातीले निर्देशन दिएको करिब ६ महिना भए पनि नतिजा आउन नसकेको जनाइएको  छ । कानुनी प्रक्रिया पूरा भएको दुई महिनामा जहाज बनाइसक्ने निगमका कार्यकारी अध्यक्षले मन्त्री किराती प्रतिबद्धता जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री किरातीको निर्देशनपछि वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्री किरातीले सञ्चारमाध्यममा हाल सञ्चालनमा रहेको दुई र नयाँ खरिद गरिने तीन जहाजसँगै ग्राउन्डेड जहाज बनाएर ६ थान जहाजबाट दुर्गममा सेवा दिने बताउँदै आएका छन् । तर ग्राउन्डेड जहाज नबनेपछि आज पर्यटनमन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको जहाज मर्मतस्थलमा अनुगमनका लागि पुगेका थिए। जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किरातीले सन्तोषजनक जवाफ नपाएपछि कडारुपम प्रस्तुत भएका थिए । “जनताले कागजात हेर्दैनन् परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो”, पर्यटनमन्त्री किरातीले भने, “जहाज कहिलेसम्म बनि सक्छ ? यसको उत्तर चाहियो ? पहिला जस्तो ढाँट्न पाइन्न । मलाई परिणाम चाहिएको हो । परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने ?”


Advertisment
Nabil box
Kumari

मन्त्री किरातीले आफूलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेको र प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिएको जनाउँदै निगम नेतृत्वबाट परिणाम नदिने हो भनी नेतृत्वमा किन बसिरहनुपर्ने भनी प्रश्न गरे । 

Vianet communication

पर्यटनमन्त्रीका अनुसार निगम बोर्ड बैठकबाट करिब २० करोडसम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो । तर हालसम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाई निगम व्यवस्थापनले आलटाल गरिरहेको उनको भनाइ छ । मन्त्री किरातीले प्रत्येक हप्ता आफू निरीक्षणमा आउने र कार्ययोजनाअनुसार काम गरेर प्रगति विवरण आफूलाई पेस गर्न निगमलाई निर्देशन दिएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x