×

NMB BANK
NIC ASIA

भलामबाट पोखरा नियाल्दै बाँच्ने प्रयास गरिरहेका किशोर र पुष्करहरूको कथा

काठमाडाैं | माघ १९, २०८०

NTC
तस्वीरमा किशोर गुरुङ
Premier Steels

पोखराको मुख्य बजारबाट केही माथि उक्लिएपछि पुगिन्छ, पोखरा महानगरपालिका– २० भलाम । शहरको कोलाहलबाट अलि पर । शान्त, तर शहरी ढाँचाका बस्ती बसिसकेको ठाउँ । अझै पनि माहोल भने गाउँघरको जस्तै । यही भलामको डाँडामा छ, ‘प्रमिस ल्यान्ड’ । केही युवा त्यहीँ उभिएर पोखरा शहर नियाल्दै देखिरहेका छन्, सपना । आफैँसँग गरिरहेका छन् वाचा– विगतबाट वर्तमानलाई टाढा राख्ने । समय न वात्सल्य पाउने, न त किशोरावस्थाको । तर, भर्खरै हो उनीहरू बाँच्न थालेको । जीवन जिउन थालेको ।

Muktinath Bank

उमेरले ३८ वर्षका भए, किशोर गुरुङ । जवान किशोरलाई थाहा थिएन चुरोटको एक खिल्ली शुरूआत हुनसक्छ जवानी जलाउने । साथीको लहडमा तान्न थालेको चुरोट कतिबेला नशामा बदलियो उनले पत्तै पाएनन् । लागूऔषधको लत बस्दै गएको मेसै भएन । शरीरले खोजिरह्यो, उनले दिइरहे । घरमा झै–झगडा सामान्यजस्तै थियो । विगतलाई फर्किएर हेर्दा नमीठो याद मात्र भेट्टाउँछन्, किशोर । भोगाइका कारण पनि जिन्दगीको खराब निर्णय लागूऔषध रहेको निष्कर्षमा उनी पुगेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘झैझगडा हुने, सामानहरू नसोधी चलाउने कुराले म र मेरो परिवारलाई आर्थिक रूपमा असर गर्‍यो । गल्ती धेरै भए । तर, लागूऔषध प्रयोग गर्नु मेरो जिन्दगीको सबैभन्दा खराब निर्णय थियो,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

त्यही खराब निर्णयले उनलाई ४ वर्षअघि कारागार पुर्‍यायो । मुद्दा ८ वर्षअघिको थियो । सेवन गर्न ल्याएको लागूऔषधसहित समातिएका थिए, किशोर । मुद्दाको फैसला आउन समय लाग्यो । फैसला आउँदासम्म उनी सुधार केन्द्रमा बसेर नयाँ बाटो समात्न थालिसकेका थिए । दुई वर्ष भयो उनी कारागार मुक्त भएको । कारागार मुक्त भएपछि उनी सुधार केन्द्रमै जागिरे छन् ।

Vianet communication

सुधार केन्द्रमा उनको यो पहिलो बसाइ भने हैन । सन् २००४ मा परिवारले उनलाई रिचमन्ड (सुधार केन्द्र) पठाएका थिए । प्रमिस ल्यान्ड त्यसै मातहत हो । उनी बीचमा सुध्रिए पनि, तर लागेको नशा कहाँ सजिलै छुट्थ्यो र, पुनः उही बाटो समात्न पुग्थे । पटक–पटक सुधार केन्द्र बसे । कारागार बसाइपछि बल्ल उनी लागूऔषधबाट टाढा भएका छन् ।

‘रिचमन्डसँग २००४ देखि नै जोडिएको हो । त्यतिबेला लागूऔषध छाड्ने भनेर बसें । विस्तारै स्वयंसेवक हुँदै अहिले कर्मचारीको रूपमा काम गर्छु,’ उनले भने । 

किशोरले सुधार केन्द्रमा वार्डेनका रूपमा काम गर्न थालेको एक वर्ष भयो । लागूऔषध प्रयोगकर्तालाई समाजमा फर्किन सजिलो बनाउनका लागि संस्थाले नयाँ अवधारणा ल्याएको छ । ‘प्रमिस ल्यान्ड सोबर हाउस’ले पुनःस्थापनाका लागि पूर्व लागूऔषध प्रयोगकर्तालाई विभिन्न सीपमूलक तालिम दिन्छ । त्यही हाउसमा काम गरिरहेका छन्, किशोर ।

३८ वर्षको उमेरसम्म उनले धेरै कुरा देखेका छन्, भोगेका छन् । शैक्षिक योग्यता कम थियो । आम्दानीको बाटो खोज्ने क्रममा विदेश रोजे । हङकङ हानिए । सोचेजस्तो भएन । उल्टै फेरि नशामा फसे । 

उनलाई थाहा थियो, छाड्न असहज हुन्छ भन्ने । नशा छाड्नका लागि अरूको सहायता नै चाहिने । किशोर रित्तो हात स्वदेश फर्किए । परिवार र संस्थाको मद्दत मागे । रिह्याब बसे । यहीबीच मुद्दा चल्दै थियो । उनको विपक्षमा फैसला आयो । प्रहरीलाई फोन गरे । पक्राउ गर्न आफैं बोलाए । 

१६ वर्षको उमेरदेखि लतमा फस्न थालेका थिए, उनी । १० कक्षासम्म पढे । त्यसपछि नशामा डुल्न थाले । त्यस समय पोखरामा धेरै सुधार केन्द्र थिएनन् । काठमाडौं पुग्नुपर्थ्यो । १७ वर्षको कलिलो उमेरमा उनी पहिलोपटक काठमाडौंको सुधार केन्द्रमा बसे । सुधार केन्द्रमा समय कटाएका यादहरू उनीसँग प्रशस्तै छन्, त्यसैले पनि उनी अरूलाई यसको सेवन नगर्न सुझाव दिन्छन् । लत छाड्न खोज्नेलाई सहयोग गरिरहेका छन् ।

‘खाँदाखाँदै यसको लत लाग्छ भन्ने थाहा थिएन । पछि खानैपर्ने बाध्यता बनायो । यसले मेरो धेरै वर्ष खेर फाल्यो । म विभिन्न ठाउँमा डुलेँ । रिह्याबमा धेरै बसेँ । ढिलो चाँडो मार्छ । केही न केही दुर्घटना निम्त्याउँछ यसले । अहिले यो फिल्डमा सेवा गर्छु भनेर लागिराखेको छु,’ उनले सुनाए । 

‘खाँदाखाँदै यसको लत लाग्छ भन्ने थाहा थिएन । पछि खानैपर्ने बाध्यता बनायो । यसले मेरो धेरै वर्ष खेर फाल्यो । म विभिन्न ठाउँमा डुलेँ । रिह्याबमा धेरै बसेँ । ढिलो चाँडो मार्छ । केही न केही दुर्घटना निम्त्याउँछ यसले । अहिले यो फिल्डमा सेवा गर्छु भनेर लागिराखेको छु,’ उनले सुनाए । 

लत छाड्नका लागि उनी बलियो गरी उभिए । यसमा परिवारको साथ पनि मिल्यो, प्रेम गरेर ल्याएकी श्रीमतीको अनि १९ वर्ष लामो वैवाहिक सम्बन्धको । दुई सन्तानको मुहार आशा बन्यो । 

आफ्नो टिनेज सम्झिँदा ‘ब्याड मेमोरी’ मात्र दिमागमा आउने उनी बताउँछन् ।

अतीतको त्यो पानालाई ‘दुर्घटना’को रूपमा लिएर भुलाउन खोज्दै छन्, उनी । सामान्य मान्छेले बाँच्ने जिन्दगीको केही समय उनले गुमाए । अहिले गुमाएको समय जोड्ने प्रयासमा छन् । परिवारबाट माया पाउन थालेका छन् । त्यसअघि पनि परिवारले माया नगरेका त होइनन्, तर मायाको पोको उनीसामु फुक्दैनथ्यो । अहिले विस्तारै माया महसुस गर्न थालेका छन् । परिवारका सदस्यले ‘के छ ?’ भनेर मात्र सोध्दा पनि उनको खुशीको सीमा रहँदैन । 

‘पहिला मलाई मेरो परिवारले मिस गर्थेन । आजभोलि कहिले आउने भनेर फोन गर्छन् । सुन्दा अचम्म लाग्छ होला, तर मेरा लागि चाहिँ यो एकदमै ठूलो कुरा हो । परिवारसँग डिनर जाँदा खुशी लाग्छ । पहिला त्यो लाइफ थिएन । सँगै बसेर खाना खान पाए पनि धेरै ठूलो कुरा हुन्थ्यो,’ मुस्कुराउँदै उनले सुनाए । 

****

किशोरको जस्तै कहानी छ, पुष्कर गुरुङको । २०६८ सालको एक प्रहर २३ वर्षको जवान नशामा थियो । होश गुमाएको उसले झगडाका क्रममा खुकुरी प्रहार गर्‍यो । उसको प्रहारले अर्को अर्को कुनै व्यक्तिलाई जीवन र मृत्युको दोसाँधमा पुर्‍यायो । 

‘नशाको क्रममा टोलमा झगडा पर्‍यो । खुकुरी हानाहान भयो । मैले अलि बेसी हान्दिएँ । रिसैरिसमा आफूलाई सम्हाल्न सकिनँ । म भाग्नु पर्‍यो । १० वर्षसम्म फरार थिएँ । प्रायः पूर्वको बोर्डर छेउतिर जहाँ नशा सस्तो पाइन्थ्यो त्यतै बसें । यहाँ २५ सय पर्ने चिज उता सय रुपैयाँमा पाइन्थ्यो । झन् बेसी नशा लिन सजिलो भयो,’ उनले स्मरण गरे ।

कति लुक्नु भनेर उनी घर फर्किए । फर्किएलगत्तै प्रहरीले पक्राउ गर्‍यो । दुई वर्ष कारागार बसेर छुटे । कारागारबाट छुटे पनि उनको नशा छुटेन । त्यसपछि आफैं चितवनको एक सुधार केन्द्र पुगे ।

त्यतिबेला पोखराका कुनै पनि सुधार केन्द्र उनलाई लिन तयार थिएनन् । ‘सुधार केन्द्र नै १६ पटक बसें । यो सुध्रिन्न भन्ने छाप परेछ शायद,’ आफूलाई नलिनुको कारण अनुमान गर्दै पुष्करले भने ।

अतितको कोठामा केही याद नमीठा हुन सक्छन् । विगतमा फर्किएर टोलाउँदै गर्दा एक्कासि ऐँठन मिल्न सक्छ । पुष्कर ती तीता यादहरूलाई निमोठेर अघि बढिसकेका छन् । 

सुधार केन्द्रको पछिल्लो बसाइमा उनमा धेरै सुधार आइसकेको थियो । विस्तारै स्वयंसेवकका रूपमा काम गर्न थालेका थिए । दुई महिना अघि पोखराको काहुँडाँडामा रहेको रिचमन्डमा वार्डेनको भ्याकेन्सी खुल्यो । उनले आवेदन दिए । छानिए पनि ।

‘मैले नशा छाड्न धेरैचोटी प्रयास गरेको, तर सकेको थिइनँ । अहिले ठीक छ । भोक लाग्छ । पहिला यसरी बोल्न पनि नशा चाहिन्थ्यो । पहिला जे गर्न पनि नशा चाहिन्थ्यो । तर, अहिले नशाको सहारा चाहिन्न, यही लाइफ ठीक छ,’ उनले खुशी हुँदै सुनाए । 

अहिले किशोर र पुष्कर दुवै बाँच्ने प्रयासमा छन् । आफूजस्तै कुलतमा फसेकाहरूलाई बाँच्न सिकाइरहेका छन् । आफ्नो भोगाइ सुनाएर अरूलाई सुधार्न प्रयास गर्दैछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x