०८ साउन २०८३, शुक्रबार

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै

माघ २३, २०८०
काठमाडौं
पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै

सौन्दर्य र पानीरङको राजधानी पोखरालाई शब्दको शहर बनाउने ध्येयका साथ शुरू भएको नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणदेखि नेपाल डिस्टिलरीको पनि साथ रहँदै आएको छ । 

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ शुरू भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तरक्रिया र अन्तर्संवाद सम्पन्न गर्दै आएको छ । साथै प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ साङ्गीतिक प्रस्तुति राख्दै आएको छ ।

कलाको सबैभन्दा सशक्त माध्यमका रुपमा सङ्गीतले मानिसलाई आकर्षित गर्दछ र जटिल भावनाहरूलाई अरूसम्म अभिव्यक्ति गरी मानिसहरूलाई तरङ्गित बनाउने सामर्थ्य राख्छ ।

जुनसुकै उमेर, जाति, राष्ट्रियता वा स्वभावका श्रोताहरूलाई भावनात्मक रुपमा उत्प्रेरित गर्ने शक्ति सङ्गीतमा हुन्छ । यिनै विषयलाई अनुभूत गर्दै यस वर्षदेखि संस्थागत रुपमै यस अभियानमा होस्टेमा हैंसे गर्दै फ्रेन्ड्स अफ फेस्टिभल समुदायको शुरूवात गर्न पाउँदा गौरवान्वित छौं ।

फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकुरी फ्रेन्ड्स अफ फेस्टिभलमा हामीले साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्राडा ध्रुवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहनेछन् ।

साहित्यिक र साङ्गीतिक अन्वेषणको यो नौलो यात्राको शुरूवातमा यहाँहरूको सहयोगको अपेक्षा गरिएको नेपाल लिटरेटर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए ।

खुकुरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य राखेको छ।

यस कार्यक्रमलाई इभेन्ट एमएक्सले व्यवस्थापन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्