×

NIC ASIA

किसानलाई कोल्ड स्टोरले डुबायो

तनावमा अर्घाखाँचीका किसान– ६३ टन सुन्तला ‘कोल्ड स्टोर’मै कुहियो

बुटवल | माघ २५, २०८०

Prabhu Bank
NTC
Premier Steels

अर्घाखाँचीको पाणिनीमा यसपालि सुन्तला राम्रो फल्यो । यो हिउँदमा मौसम राम्रो हुँदा सुन्तलाको बोटले भुइँलाई छोलाजस्तो देखिएको थियो । पहेँलपुर थियो, पाणिनी ।

Muktinath Bank

बुटवल, नेपालगञ्ज, नारायणगढ, दाङलगायत स्थानका होलसेल व्यापारीले बगैँचामै पुगेर किसानलाई ठूलो भाउ दिन थालिसकेको थिए । पालिकाभरका झण्डै ११० भन्दा बढी व्यावसायिक सुन्तला किसानले ८ करोड रूपैयाँ बराबरको सुन्तला बोटबाटै बिक्री गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

त्यो बिक्रीबाट अधिकांशले ५ देखि ८ लाख रुपैयाँसम्मका दरले नगद गाउँमा भित्र्याए पनि, तर सुन्तला गाउँको रूपमा पहिचान बनाएको पाणिनी गाउँपालिका वडा नम्बर १ सिम्लेका चारजना व्यावसायिक सुन्तला किसानले अलि फरक सोच राखे । 

Vianet communication

तीमध्येका खगेन्द्र पौडेलले गाउँकै वडा नम्बर २ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डार (कोल्ड स्टोर)मा सुन्तला राखेर ‘अफ सिजन’मा राम्रो मूल्यमा बिक्री गर्ने योजना बनाए ।

null

तीन पुस्तादेखि सुन्तला खेती गर्दै आएका पौडेलका ७०० बोट सुन्तला छन् । यो सिजनमा उनले झण्डै ९ लाखको सुन्तला बोटबाटै बिक्री गरिसकेका थिए । 

‘बाँकी ३८८ ‘क्रेट’ पुसको पहिलो साताबाट ‘कोल्ड स्टोर’मा जम्मा गर्न थालें । १५ गतेसम्म स्टोर गरिसकें । सुन्तला स्टोर गरेको २० दिन नपुग्दै सुन्तलामा कालो र हरियो ढुसी लागेको खबर आयो । ‘शीत भण्डारमा गएर हेर्दा सुन्तला ७५ प्रतिशत बिग्रिसकेको रहेछ,’ पौडेलले भने 

null

‘स्टोरेज गर्ने सबै मापदण्ड र प्रक्रिया पूरा गरेर राख्दा पनि ‘फंगस’ को समस्याले मेरो झण्डै ७  लाख रूपैयाँ बराबरको सुन्तला नोक्सान भयो,’ खगेन्द्र भन्छन्, ‘तीन वर्ष अघिदेखि सञ्चालनमा आएको ‘कोल्ड स्टोर’ले हरेक वर्ष किसानका सुन्तला कुहायो । अब उपयोगभन्दा यसबाट टाढै रहनुपर्ने देखियो ।’

सुन्तला यसरी गुमाउने खगेन्द्र एक्ला होइनन् । शीत भण्डारमा राखिएका ९० टन सुन्तलामध्ये ६३ टन कुहिएर फालिएको छ । बाँकी रहेका २५ प्रतिशत सुन्तला किसानले हतार–हतार बजारमा पठाइरहेका छन् ।

७० प्रतिशत लुम्बिनी प्रदेश कृषि निर्देशनालय र ३० प्रतिशत किसानले लगानी गरी ३ करोड रूपैयाँमा गाउँमा बनेको शीत भण्डारले सुन्तलाको ‘पकेट क्षेत्र’ पाणिनीको समग्र कृषि क्षेत्रलाई टेवा दिने अपेक्षा थियो । तर, शीत भण्डारको सही व्यवस्थापन नहुँदा किसानको पसिनाको मूल्य गुमेको छ भने ‘कोल्ड स्टोर’को उपयोगितामा पनि प्रश्न उब्जिएको छ ।

null

पछिल्लो समय व्यावसायिक रूपमा उत्पादन गरिँदै आएको सुन्तला अर्घाखाँचीका धेरै किसानको प्रमुख आयस्रोत बनेको छ ।

‘सुन्तला खेतीमा हाम्रो इतिहास जोडिएको छ,’ सोही गाउँका अर्का किसान चिरञ्जीवी पौडेल भन्छन्, ‘वि.सं.२०२७ सालदेखि हाम्रो बाबाले नर्सरी हुँदै सुन्तला खेती थाल्नुभएको हो, अहिले हाम्रो ८०० बोट सुन्तला छ ।’

यो हिउँदमा १० लाखको सुन्तला बिक्री गरिएको उनले बताए । 

‘९०० क्रेट सुन्तला कोल्ड स्टोरमा राखेर राम्रो मूल्य लिने सोच थियो । तर, कोल्ड स्टोरले डुबायो,’ चिरञ्जीवी भन्छन्, ‘केही राम्रो कमाइ होला भनेर कोल्ड स्टोरमा राखेको सुन्तला बिग्रिएर सबै डुब्यो ।’

उनले आगामी वर्षदेखि कोल्डस्टोरमा नराखी सुन्तला सिधै बजार पठाउने मन बनाएका छन् । ‘अहिलेकै बोटले अर्को वर्ष पनि फल देलान् । जति गुमाएँ, सुन्तलाबाटै कमाउँछु । अर्को वर्षबाट यस्ता कामविहीन ‘कोल्ड स्टोर’बारे सोच्दा पनि सोच्दिनँ,’ चिरञ्जीवी भन्छन् । 

पणिनीका किसानका लागि सुन्तला प्रमुख नगदेबाली हो ।

null

लुम्बिनीमा उत्पादन हुने कूल सुन्तलाको ३५ प्रतिशत योगदान पाणिनीको सुन्तलाले पुर्‍याउँछ । ‘७५ दिन सुन्तला ढुक्कसँग राख्नुहोस्, बिग्रिँदैन भनेर विज्ञले भनेपछि कोल्ड स्टोरमा सुन्तला राखें,’ अर्का किसान रेवती पौडेल भन्छन, ‘९१९ क्रेट सुन्तला राखेको १५ दिन नहुँदै बिग्रियो । नोक्सान कम गर्दै मूल्य बढाउने सोचले स्टोर गरेका सुन्तला धेरैजसो कामै लागेनन् । कोल्ड स्टोरको सुन्तलामा संक्रमण फैलिएछ ।’ 

रेवतीजस्तै अर्का किसान मानबहादुर श्रेष्ठको पनि १ हजार ‘क्रेट’ सुन्तलामध्ये ७० प्रतिशत कुहिएको छ । उनले पनि ठूलो नोक्सानी व्यहोरेका छन् ।

कोल्ड स्टोरले धोका दियो कि किसानले राख्न जानेनन् ?

तीन वर्षअघि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको कोल्ड स्टोरमा पहिलो वर्ष राखिएका सुन्तला पनि कुहिएका थिए । दोस्रो वर्ष पनि त्यही समस्या दोहोरियो । कृषि निर्देशनालय लुम्बिनीले किसानलाई तालिम दिएर आफूहरूले भनेअनुसार राखेमा समस्या नहुने भनी ढुक्क बनाएको थियो ।

null

त्यसपछि खगेन्द्र, चिरञ्जीवी, रेवती र मानबहादुर सुन्तला स्टोरेज गर्न राजी भएका थिए । त्यही स्मरण गर्दै जिरञ्जीवी भन्छन्, ‘लगातार सुन्तला बिग्रिएपछि हामीले राख्दैनौं भन्दा शतप्रतिशत सुरक्षित हुन्छ भनेर तालिम दिएपछि राखियो । तर, विज्ञ आएर अध्ययन गर्दा हामीलाई नै राख्न नजानेर बिग्रियो भनेर उम्किन्छन्, अब स्टोरमा सुन्तला राखिँदैन ।’

कोल्ड स्टोरमा आलु राख्दा समस्या आएको थिएन । ३०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर पालिकाभरका किसानलाई लक्षित गरी बनाइएको हो । ‘कोल्ड स्टोरले किसानलाई धोका दियो । ग्रेडिङ गरेर राख्दा पनि समस्या आयो,’ खगेन्द्रले भने । 

स्टोरमा राखेका १० लाखभन्दा बढीका सुन्तला कुहिएपछि आफू ठूलो तनावमा परेको मानबहादुरले बताए ।

निर्मली गरिँदै क्रेट

null

सबै शीत भण्डारको उपयोगमा खतराः कृषि सचिव 

लुम्बिनीमा २० भन्दा बढी शीत भण्डार सञ्चालनमा छन् । ती सबैजसोमा प्रदेश सरकारको लगानी छ । कृषि प्रबर्द्धनका लागि बनेका कोल्ड स्टोर धेरै उपयोगमा छैनन् । उपयोगमा आएका दुई/चारवटामा पनि समस्या देखिएपछि यसको उपयोगमै खतरा देखिएको छ । भूमि व्यवस्था तथा कृषि मन्त्रालय लुम्बिनीका सचिव यामनारायण देवकोटाले कोल्ड स्टोर सञ्चालनबारे प्रदेशका धेरै ज्ञान केन्द्र सहकारीहरू सिकाइमा रहेको बताए । 

‘कोल्ड स्टोरमा राखिएका सुन्तला कुहिनु दुःखद् कुरा हो,’ सचिव देवकोटा भन्छन्, ‘कोल्ड स्टोर हाम्रो नयाँ प्रयोग हो । यसअघि कुहिएको फलफूलका जीवाणु पूर्णरूपमा हट्न नसक्दा सरेको हुन सक्छ । हामीले किसानलाई विज्ञसहित तालिम पनि दिएका हौं ।’ 

तर, देवकोटाले कुहिएका सुन्तलाको क्षतिपूर्तिबापत किसानलाई अहिलेकै अवस्था आर्थिक सहयोग गर्न सक्ने अवस्थामा नरहेको स्पष्ट पारे । 

null

स्टोरेजमा मापदण्ड पूरा नगर्दा समस्याः विज्ञ 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कृषि वैज्ञानिक डा. उमेशचन्द्र आचार्यले तीन तहको कमजोरीकै कारण स्टोरेज गरेको सुन्तलामा समस्या आएको बताए ।

‘भण्डार गर्ने सुन्तला खाली हातले टिप्नु हुँदैन, शीत परेको बेला टिप्नु हुँदैन, भेटनुभन्दा माथिबाट कैँचीले काट्नुपर्छ । क्रेटमा निर्मलीकरण गरी ओभानो बनाउनुपर्ने हुन्छ,’ आचार्यले लोकान्तरसँग भने, ‘किसानले सबै मापदण्ड पूरा नगर्दा समस्या आएको हाम्रो अनुसन्धानबाट देखियो ।’

शीत भण्डारलाई पनि पूर्ण रूपमा निर्मलीकरण नगरेको देखिएको उनले बताए । तीन वर्षअघिका रोग राम्रोसँग सफा नहुँदा अहिलेको सुन्तलामा पनि सरेको उनको भनाइ छ ।

सुन्तला पाकेपछि टिप्ने फल हो । सुन्तला तीन महिनासम्म स्टोर गर्न सकिन्छ । तर, किसानहरू विज्ञले देखाएको दोष स्वीकार गर्न तयार देखिँदैनन् । तालिम दिएअनुसार नै स्टोरेज गरेको उनीहरूको भनाइ छ ।

पहाडमा खाद्य बालीलाई बाँदरले हैरान बनाएपछि किसानहरू सुन्तला खेतीतर्फ आकर्षित छन् ।

नेपालको मध्यपहाडी क्षेत्र र समुद्री सतहभन्दा आठ सयदेखि २ हजार चारसय मिटरसम्मको उचाइमा सुन्तला खेती हुने गरेको छ । अर्घाखाँचीमा मात्रै यो वर्ष ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x