०२ साउन २०८३, शनिबार

त्रिमूर्ति दिवसमा ३ जना सम्मानित, जनही १ लाख पुरस्कार

माघ २८, २०८०
काठमाडौं
त्रिमूर्ति दिवसमा ३ जना सम्मानित, जनही १ लाख पुरस्कार

त्रिमूर्ति निकेतनले सत्रौं त्रिमूर्ति दिवसका अवसरमा साहित्य क्षेत्रमा योगदान पुर्याएका तीन जनालाई सम्मान गरेको छ । नाट्यसम्राट बालकृष्ण समको १२२ औं जयन्तीका अवसर पारेर शनिवार उनीहरूलाई विविध विधामा सम्मान गरिएको हो ।

नाट्यसम्राट् बालकृष्ण समको १२२ औं जयन्तीका अवसर पारेर सम्मानित हुनेमा प्रा मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डे रहेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नेहन्द्रराज प्रसाई (नरेन्द्रराज प्रसाई)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई शनिवार आयोजिक कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा केशव सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा महादेव अवस्थीले गरेका थिए ।

‘करिब ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदानका निम्ति प्रा मुकुन्दशरण उपाध्यायलाई ’लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तै नेपाली नाट्यविधाको श्रीवृद्धिमा निरन्तर समर्पित रही अभिनयकलाको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन विशिष्ट योगदानका निम्ति हरिबहादुर थापालाई ’बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएको हो ।’

यसैगरी विगत ६ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको संवद्र्धन एवम् महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशन गरेबापत जयप्रसाद पाण्डेलाई ’देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको बताइएको छ ।

सम्मानित तीनै जनालाई ताम्रपत्रका साथै जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
null

salt training

कमेन्ट गर्नुहोस्