×

NMB BANK
NIC ASIA

म्याग्दीका किसानको दु:ख : दिउँसो बाँदरले सताउँछ, राति चितुवाले

म्याग्दी | माघ २८, २०८०

NTC
Premier Steels

केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् ।

Muktinath Bank

करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट र वडा नं २ रुममा बँदेलले खेतबारीमा रजाइँ गर्न थालेको धेरै भयो । गत साता घर भित्र नै बँदेल छिरेर टेकबहादुर विक र मङ्गल सुनारको परिवारलाई आतङ्कित बनायो । बेनी–बागलुङ सडकमा चितुवालगायत जङ्गली जनावर गुडिरहेका सवारी साधनमा ठोक्किएर पछिल्लो एक सातायता दुई वटा दुर्घटना भएका छन् । 


Advertisment
Nabil box
Kumari

यी म्याग्दीमा जङ्गली जनावरले दुःख दिएका केही प्रतिनिधिमूलक घटनाहरू मात्र हुन् । विगत दुई वर्षयता जङ्गली जनावरको आतङ्क बढ्दै गएपछि पशु चौपायाका साथै मानिसलाई समेत खतरा उत्पन्न भएको स्थानीय बताउँछन् । 

Vianet communication

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । सडक छेउछाउमा चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

जङ्गल नजिकका गाउँमा चितुवा, बँदेल, बाघ, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको मालिका–१ का तिलमाया पुनले बताइन् । उनका अनुसार पछिल्लो समय चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषक समस्या छन् ।

बाँदर र बँदेलले खेतीबाली नष्ट गर्नुका साथै घरभित्र पसेर थन्काइएको अन्नसमेत खाने, स्थानीयलाई आतङ्कित बनाउने गरेको पुनले बताइन् । 

‘मान्छेलाई नै आक्रमण गर्न खोज्छन् । अन्न बाली नष्ट गर्नुका साथै स्थानीयमा डर पैदा गरेका छन्', जलेश्वरका इन्द्र बरुवालले भने । उनले दैनिक जसो बाँदरको उपद्रो नियन्त्रणका लागि सरोकारवाला निकायलाई सहयोगका लागि अनुरोध गरिरहेको बताए । 

विगतमा देखिने बाँदरजस्तो नभई कुनै सहरी क्षेत्र वा धेरै मान्छेको हुलमुलबाट ल्याएको जस्तै देखिने बरुवालले बताए । उनका अनुसार एक पटक लखेटेका बाँदर फेरी बस्ती आसपासमा आउने गरेका छन् । समूहमा हिँड्ने र बालीनालीलाई एकै छिनमा सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका उनको भनाइ थियो ।

जलेश्वर र गलेश्वर क्षेत्रमा देखिएका बाँदरको चरित्र र आनीबानीबारे अनुसन्धान गर्न स्थानीयबासीले जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन् । पहिले जङ्गलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि सतर्कता अपनाउनुपर्ने डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ । ​

फलफूलको सिजनमा बाँदर बस्तीतर्फ आउने र आतङ्क मच्चाउने गरे पनि बाँदर व्यवस्थापनका लागि ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताए । धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने उनको भनाइ थियो ।

सापकोटाले बाँदरबाट प्रभावित किसानलाई बाँदरले प्रयोग नगर्ने वा वैकल्पिक पेसा रोज्नुपर्ने बताए । म्याग्दीका बस्तीमा बाँदरको आतङ्कले खेतिपाती र फलफूलको सिजनमा किसान चिन्तित हुने गरेका उनको भनाइ थियो ।

बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको किसान बताउँछन् । हुलका हुल आउने बँदेलले एक रातमा ठूलो क्षेत्रको आलु खेती नष्ट गरेका मालिका–१ का किसान टेकबहादुर पुनले बताए । 'बाँदर र बँदेलले खेती बाली नष्ट गरेर धेरै क्षति पुर्‍याइरहेका छन्', उनले भने, 'अझ चितुवाले बाख्रासमेत मार्ने क्रम बढ्दा धेरै कृषकले नोक्सानी व्यहोर्नुपरेको छ ।'

बाँदर थपाउन खोज्दा उल्टै आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् । बालबालिकालाई आक्रमण गर्ने चिन्ता बढेको स्थानीय बताउँछन् ।

पछिल्लो एक साता यता बेनी–गलेश्वर सडक खण्ड आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा भेटिने बाँदर कतैबाट ल्याएर छाडेजस्तै देखिने स्थानीयको भनाइ छ ।

बेनी नगरपालिका–३ लहरेनीका तिला चर्मकारले गाउँमा खेती बाली र पशु चौपाया जङ्गली जनावरले नष्ट गरिदिन थालेपछि आफूहरू हैरान परेको बताए । 'दिनमा बाँदरले सताउँछन् । राति चितुवा कति बेला खोरमै आएर बाख्रा, कुखुरा लैजान्छ पत्तो हुँदैन', उनले भने, 'यो गाउँका हरेकजसो घरका बाख्रा चितुवाले मारेको छ ।'

'जङ्गल क्षेत्रमा आहारा कम पाइन थालेकाले पनि हुन सक्छ जङ्गली जनावरको बिगबिगी गाउँ तथा बस्तीमा बढेको छ', डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत सापकोटाले भने । यहाँका जङ्गल आसपासका क्षेत्रमा बस्ती विस्तार हुँदा चितुवाको बासस्थान सुरक्षित नहुनु, चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु, प्राकृतिक आनीबानीमा परिवर्तनलगायत कारणले चितुवालगायत जङ्गली जनावर आक्रामक बन्दै गएका उनले बताए ।​

वन जङ्गलमा लागेको डढेलोका कारण अहिले बासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने सापकोटाले बताए ।

म्याग्दीमा चितुवाको सङ्ख्या बढेकाले आहाराको खोजीमा मानव बस्ती र सडक छेउछाउमा देखिन थालेका स्थानीयले बताएका छन् । 

ग्रामीण क्षेत्रमा लगाइएका हिउँदे र बर्खे बाली जङ्गली जनावरबाट  जोगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । जङ्गली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भएपछि कृषकलाई सास्ती भएको कृषक बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x