चैत २१, २०८०
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु
तिमी होली भन म दिवाली बनाइदिन्छु
शब्दका पोखरी यसरी खनाइदिन्छु
मेरै कुरामा हो हो बनाइदिन्छु’
कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्डी भनेपछि रचना भएको शब्द हो यो । कानूनकी विद्यार्थी अञ्जना सुवेदीलाई शिक्षकले घमण्डी भनेर गाली गरेपछि उनको मनमा लाग्यो । त्यसपछि उनले यो शब्दको रचना गरेकी हुन् । लयात्मक रुपमा भावना पोख्ने सजिलो माध्यम हो कविता । भाव मिलाएर कविताले प्रहार गर्छ । कुण्ठा पोख्ने सरल र आक्रोशपूर्ण बाटो कविता नै हो । विम्बको प्रयोग गरेर कविताले प्रहार गर्छ । यो कलात्मक लयले चोटिलो प्रहार गर्छ । अञ्जना पनि कुण्ठा पोख्ने सकारात्मक माध्यम कविता रहेको सुनाउँछिन् ।
सूर्य नेपाल गाथा, नेपाल साहित्य महोत्सवको दोस्रो दिनको सेसन ‘विद्यार्थीका कविता कुरा’ सत्रमा बोल्दै उनले सो विचार राखेकी हुन् । सत्रमा साहित्यमा लागेका ७ विद्यार्थीसँग विमर्श गरिएको थियो । कानून अध्यनरत अञ्जनालाई सत्र सहजकर्ता अव्यग्र अस्मितको प्रश्न थियो– कानून र साहित्य फरक विषय लाग्छ यसलाई कसरी सँगसँगै लैजानुभएको छ ?
कानून र साहित्य भिन्न नभएको उनको विचार थियो । दुवै हाम्रो जीवनमा अपरिहार्य विषयवस्तु रहेको सुनाउँछिन् उनी ।
‘मैले कानून र साहित्यलाई फरक भन्नै सक्दिनँ । साहित्य हुँदैन्थ्यो भने कानूनकै एउटै शब्द छ, गाली-बेइजती । सायद गाली-बेइज्जतले धेरै व्यक्ति जेलमा हुन्थे होला,’ उनले भनिन्, ‘साहित्यकै मार्फत विभिन्न विम्ब प्रतीकको प्रयोग गरेर आफ्नो रिस क्रोधलाई पनि सकारात्मक रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्छ ।’
अञ्जनाजस्तै सहारा खतिवडा पनि साहित्य हरेक विधामा समावेश हुने सुनाउँछिन् । साहित्यमा रुचि राख्ने सहाराको साहित्यिक यात्रा उस्तै रोचक छ । खेलकुदमा क्रियाशील उनी सानैदेखि हरेक प्रतियोगितामा प्रथम आउँथिन् । विद्यालयका सबै प्रतियोगितामा प्रथम हुने सहारा ६ कक्षमा हुँदा प्रथम उपराष्ट्रपति कपमा तेस्रो आइन् । यसको चोट उनको मनमा यति गहिरो बन्यो । कापीमा शब्द पोखिए । मनका भावना पोख्दा कविता बने ।
‘एकैपटक तेस्रो भएँ । यस्तरी धक्का लाग्यो मेरो मनमा त्यहाँबाट कलम चल्यो वेदना पोख्दा पोख्दै कविता बन्यो । त्यसरी शुरू भयो साहित्य,’ उनले सुनाइन् ।
सानै उमेरदेखि कविता लेख्न थालेकी उनलाई थाहा थिएन आफूले लेखेको कविता हो भनेर । सामान्य ‘नोट प्याड’ लाग्थ्यो उनलाई । कक्षा ११ मा आएपछि विद्यालयमा कविता प्रतियोगिता भयो । प्रतियोगितामा सहभागी भइन् । त्यसपछि आफ्नो साहित्यिक यात्रा शुरू गरेकी सहारा कविता होइन भावना लेख्ने बताउँछिन् ।
‘मेरो विचारमा कलम चल्नका लागि कि त एकदम खुशी हुनुपर्ने, कि भने एकदमै दुःखी । तब मात्र कुनै कुराको रचना गर्न सहज हुने रहेछ । म यो शीर्षकमा लेख्छु भनेर लेख्दिनँ म भावना पोख्छु,’ उनले भनिन् ।
कविताको रचना लय सबैको फरक हुन्छ । कोही गद्यमा रचना गर्छन् कोही छन्दमा । आशिष पौडेल पद्य कविता लेख्न रुचाउँछन् । आफ्नो रुचिअनुसार कविता लेख्न सकिने भनाइ राख्छन् उनी ।
‘कसैलाई छन्द ज्ञान भएपनि गद्यमा लेख्न मनपर्छ आफूलाई जस्तो लेख्न मनपर्छ, रुची जेमा छ त्यसमा लेख्दा हुन्छ । म चाहिँ पद्यमा लेख्न रुचाउँछु,’ उनले भने ।
कविताले शब्दमार्फत समाज पनि देखाउँछन् । व्यक्तिको चिन्तन विकास गर्ने अनुपम रिजाल बताउँछन् । सहजकर्ताको प्रश्न ‘कविताको महत्व कति छ पठनपाठन ?,’प्रश्नमा उत्तर दिँदै भने । अनुपम कविताले मानिसको चिन्तन विकासमा भूमिका खेल्न सुनाए । पाठ्यपुस्तकमा भएका कविताले समाजको चिन्तन विकास सिकाउने उनको भनाइ छ ।
‘पाठ्यपुस्तकमा कविता राखिन्छ, त्यसको भूमिका धेरै छ । कक्षा १० बाट कक्षा ११ जाँदा अंग्रेजी पुस्तकमा भएको कविता देखेर म झसंग भएको थिएँ ‘यो लेभलको कविता’ भनेर । १० सम्म पढेको कविता सामान्य लागेको मलाई ११ मा गएर लेभल भिन्न र माथि लाग्यो । त्यो किसिमका शब्द चयन र चिन्तनले भूमिका खेल्छ । समाजको चिन्तन हुन्छ,’ उनले प्रश्नको उत्तर दिँदै भने ।
चाहे पाठ्यपुस्तकमार्फत होस् वा विभिन्न कविता प्रतियोगिता । त्यसले विद्यार्थीलाई साहित्यमा तानिरहेको छ । यीमध्येकी एक हुन् बिना घिमिरे । विद्यालय स्तरको कविता प्रतियोगिताले उनलाई साहित्यमा रुचि दिलायो ।
‘एन प्याबसनको बाल वृहत कविता प्रतियोगितामा भाग लिएकी थिएँ । मैले पनि त्यहाँ वााचन गर्ने मौका पाएँ । वाचन गरेर प्रथम स्थानमा आइपुग्दा खुशी लाग्यो । सोचेकाे पनि थिइनँ । साहित्यमा नजिकिएकी व्यक्ति पनि थिइनँ । दंग परेँ । यसपछि मलाई कविताप्रति रुचि बढ्यो । हजुरबुबा पनि कवि नै हुनुहुन्छ,’ उनले सुनाइन् ।
साहित्यले जीवनमा पनि परिवर्तन ल्याउने विद्यार्थीले सुनाएका थिए । जीवनको बुझाइ साहित्यले सजिलो ढंगले सिकाउने उनीहरूको भनाइ थियो । अलिमियाँ कक्षमा भएको विद्यार्थीको कविता सत्रमा बिना घिमिरे, लिना गुरुङ, अनुपम रिजाल, अञ्जना सुवेदी, आशिष पौडेल, करुणा विश्वकर्मा र साहारा खतिवडा वक्ताको रुपमा थिए ।
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्या...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...