माघ २५, २०८०
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश चुदालीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
उनीहरूले स्नातक तहतर्फ मेडिकल साइन्सअन्तर्गत एमबीबीएसमा नाम निकालेका हुन् । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा खुला प्रतिस्पर्धाबाट दिदीभाइले नै ‘फुल स्कलरसीप’मा नाम निकाल्न सफल भएसँगै अहिले गुल्मीसँगै सिंगो लुम्बिनी प्रदेशमा उनीहरूको चुलिएको छ ।
गुल्मी दरबार– ४ का वडाध्यक्ष देवीराम पोखरेलले एमबीबीएसको खुला प्रतिस्पर्धाबाट दिदीभाइले नै नाम निकाल्नु पालिकाकै लागि गौरवको विषय भएको बताए ।
२०० पूर्णाङ्कको परीक्षामा १९ वर्षीया सोफियाले १४९.५ स्कोर ल्याएकी छिन् । १८ वर्षका सन्देश २०५ र्याङ्कमा १४९.२५ स्कोरसहित २११ नम्बरमा छन् ।
पूर्ण छात्रावृत्ति पाउने विद्यार्थी २५० जना हुने गरेका छन् । देशभरबाट मेडिकल साइन्समा नेपालमा ३०० जनाको सीमित कोटा हुन्छ । सरकारी कोटामा नाम निकालेपछि आफूहरूलाई अब उच्च शिक्षा पढ्दा थप मेहनत गर्ने ऊर्जा मिलेको सोफिया र सन्देशले बताए । यो परीक्षा काठमाडौंमा यही कात्तिक १९ गते भएको थियो । प्रतिस्पर्धामा देशभरबाट १८ हजार विद्यार्थीले भाग लिएका थिए ।
सोफिया र सन्देश दाजु–भाइका छोराछोरी हुन् । दाजु भूमिश्वर चुदालीकी छोरी हुन् सोफिया । यस्तै सन्देश भाइ हरि चुदालीका छोरा हुन् । सहोदर दाजुभाइ भूमिश्वर र हरि गाउँकै सामुदायिक विद्यालयका माध्यामिक तह पढाउने शिक्षक हुन् । भूमिश्वर रुखादह माविमा पढाउँछन् भने हरि पनि आदर्श मावि, दिगामका नेपाली शिक्षक हुन् । सोफियाका एक दाजु सागर आईटी इन्जिनियर हुन् भने दिदी पनि बीबीएस पढ्दै छिन् ।
भूमिश्वर र हरिलाई छोराछोरीको प्राप्त गरेको उपलब्धि अनपेक्षित तर हौसलाजनक लागेको छ ।
शहरमा हुर्के–बढेर महंगा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीले मात्रै चिकित्सा शिक्षामा नाम निकाल्न सक्छन् भन्ने आम बुझाइ छ । तर गाउँमै हुर्के–बढेका सामान्य परिवारका दिदीभाइले नाम निकालेर गलत सावित गरिदिएका छन् ।
‘हामीजस्ता गाउँका सामान्य शिक्षकले छोराछोरीलाई करोडभन्दा बढी खर्च गरेर पढाउने अवस्था थिएन । उनीहरू आफैँ समक्ष भएर अब्बल दरिएपछि हाम्रो चाहना पूरा पनि भयो,’ सोफियाका बुवा भूमिश्वर भन्छन्, ‘अब हामी उनीहरूको चाहनाअनुसार अघि बढ्ने सोचमा छौं ।’
साेफियाले गाउँकै ग्रीनवर्ड इङ्लिस बोर्डिङ स्कूलबाट विसं २०७७ मा ३.९५ जीपीएसहित एसईई उत्तीर्ण गरेकी हुन् । एसईई उत्तीर्णपछि उनी अध्ययनका लागि काठमाडौं छिरिन् । उनले विज्ञान विषय लिएर काठमाडौंको केएमसी प्लस टू गरेकी हुन् । ३.६५ सहित उत्तीर्ण भएपछि सोफिया अनलाइनको तयारीमा जुटिन् । उनी भन्छिन्, ‘चार महिना अनलाइन प्रिपरेसन गरेँ । मेहनतसाथ पढेपछि नाम निस्कियो । म अहिले खुसी छु ।’ मैले के अध्ययन गर्न तयारी गर्दैछु भन्ने कुरा शुरूमा आफूलाई महसुस हुनुपर्ने सोफियाको बुझाइ छ । यद्यपि, अब कुन क्षेत्रको डाक्टर बन्ने भन्ने अहिलेसम्म आफूले सोचिनसकेको उनी बताउँछिन् ।
यस्तै सन्देशले रूपन्देहीको तिलोत्तमास्थित एपेक्स स्कूलबाट विसं २०७८ (कोरोना महामारीकाल) ४ जीपीएसहित एसईई उत्तीर्ण गरे । उनले प्लस टू बुटवलकै मणिमुकुन्द कलेजबाट ३.६५ जीपीए ल्याएर उत्तीर्ण गरे । तीन काठमाडौं गएर ३ महिना एमबीबीएसको तयारी गरे । जसका लागि उनले छुट्टै तयारी क्लास लिए । यसपछि नाम निकाल्न सफल भए । सन्देश भन्छन्, ‘अब डाक्टर बनेर देशको सेवा गर्ने हो । साँच्चिकै विपन्न र गरिबहरूको डाक्टर बनेर सेवा गर्ने मन छ ।’
दुढ इच्छा, उचित लक्ष्य र कडा मेहनत गरेर पढेमा जति कडा विषयमा पनि नाम निकाल्न सकिने सन्देशको बुझाइ छ । एमबीबीएस साढे ५ वर्षको पढाइ हुने हुँदा यसमा मेहनत चाहिने गरेको छ । त्यसो त सन्देशले दिनमा यति नै घण्टा पढ्छु भनेर खासै रुटिङ पनि बनाएनन् । कहिले ३–४ घण्टा त कहिले अझै लामो समय किताब पढेको अनुभव भने उनीसँग छ । हुन्छ ।
एमबीबीएसको छात्रवृत्तिमा नाम निकाल्न पनि कडा मेहनत चाहिन्छ । यसको परीक्षामा सहभागी भएर असफल भएका विद्यार्थीले अर्कोपटकको परीक्षाका लागि पनि तयारी गर्छन् भने कतिपय अन्य विषय पढ्नतिर लाग्ने गरेको सोफिया सुनाउँछिन् । सोफियाले गत वर्ष शुल्क तिरेर पढ्न पाउने कोटामा नाम निकालेकी थिइन् । तर, उनले त्यसमा चित्त बुझाइनन् । छात्रवृत्तिमा नाम निकाल्ने दृढताका साथ एक वर्ष फेरि पढिन् । यसपछि नाम निकाल्न सफल भएकी हुन् ।
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...