×

NMB BANK
NIC ASIA

बढ्दो दुर्घटना

सवारी दुर्घटनाले एक सातामै २६ जनाको ज्यान गयो, ९ महिनामा १३ सयभन्दा बढीको मृत्यु

काठमाडाैं | फागुन ७, २०८०

NTC
Premier Steels

पछिल्लो एक सातामै सवारी दुर्घटनामा २६ जनाको ज्यान गएको छ । गत सोमबारदेखि आज(सोमवार)सम्म देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा २६ जनाको ज्यान गएको हो । पाल्पा, दाङ र कपिलवस्तुमा धेरै मानवीय क्षति भएको छ ।

Muktinath Bank

आजै तनहुँको आँबुखैरेनी गाउँपालिका– १ गिरौनचोरस्थित भित्री सडकखण्डमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप बिहान दुर्घटना भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत बिहीबार बिहान कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनामा १० जनाको ज्यान गएको थियो । दुर्घटनामा ३० जना घाइते भएका थिए । तीव्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धामा देखिएको छ । 


Advertisment
Nabil box
Kumari

दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको औराही– ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यानको कालीजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिए ।

Vianet communication

महाकाली यातायातको सु–प– प्र–०२–००१ ख ००९८ नम्बरको बस गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकास्थित बाटोबाट २ सय मिटर तल सुरइना खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ३० जना घाइते भएका छन् । 

मृत्यु हुनेमा ७ पुरुष र ३ महिला रहेको प्रहरीले जनाएको छ । अन्य ७ जनाको अझैसम्म सनाखत हुन सकेको छैन । घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । 

बुधवार अर्थात् फागुन २ गते दाङमा भएको स्कोर्पियो गाडी दुर्घटनामा दिदीबहिनीको मृत्यु भएको थियो । स्कोर्पियो तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए । उनकाअनुसार गाडी प्रहरी नियन्त्रणमा लिइए पनि चालक फरार छन् । 

बुधवार राप्ती गाउँपालिका–८ पिपरीमा स्कोर्पियो गाडीले साइकललाई ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका– १ घर भएका दुई दिदीबहिनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जनाकारी दिए ।

उनकाअनुसार राप्ती गाउँपालिका– ८ बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको घटनास्थलमा र साइकलको पछाडि बस्ने वर्ष १६ की विपना केसीको उपचारका क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा परेर पछिल्लो सात महिनामा मात्रै १ हजार ३०३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने ज्यान गुमाउनेमा ९८४ पुरुष, २३३ महिला र ८६ जना बालबालिका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका– ८ पिपरीनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१०२२ च १३६९ नम्बरको स्कोर्पियोले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो । घाइते केसीको सिसहनियाँ स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवल लगिएको थियो । केसीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको डीएसपी मल्लले जानकारी दिए । मृतकको शव लमही अस्पतालको शवगृहमा राखिएको छ । 

सोही दिन पाल्पाको तिनाउ गाउँपालिकामा क्षमताभन्दा बढी यात्रु बोकेको जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको थियो । ८ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा ज्यान गएको हो । 

तिनाउ गाउँपालिका–६ मस्यामको शिखरडाँडा जाँदै गरेको जीप मंगलबार साँझ चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको थियो । १३ सीट क्षमताको जीपमा २७ जना यात्रु सवार थिए । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको थियो ।  यीबाहेक देशका अन्य ठाउँमा पनि एक साताकै अवधिमा सानातिना दुर्घटना भएका छन् । 

दुर्घटनामा परेर पछिल्लो सात महिनामा मात्रै १ हजार ३०३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने ज्यान गुमाउनेमा ९८४ पुरुष, २३३ महिला र ८६ जना बालबालिका छन् । सोही अवधिमा ३ हजार ६४३ जना गम्भीर घाइते भएका छन् । १५ हजार जना सामान्य घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए । 

२३ हजार ५ वटा दुर्घटनामध्ये काठमाडौं उपत्यकामा मात्रै सात महिनामा ९६ जनाले ज्यान गुमाएका छन् । यसैगरी, कोशी प्रदेशमा २१९, मधेश प्रदेशमा २९०, बागमती प्रदेशमा १७३, गण्डकी प्रदेशमा १००, लुम्बिनी प्रदेशमा २६१, कर्णाली प्रदेशमा ६० र सुदूरपश्चिम प्रदेशमा १०४ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कले देखाउँछ । 

आर्थिक वर्ष २०७९/०८० मा २ हजार २६८ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । २३ हजार ५९७ दुर्घटनामा ५ हजार ७३८ जना गम्भीर घाइते भएका थिए । गत आर्थिक वर्षमा १ हजार ७७३ जना पुरुष, ३९९ महिला, १९६ जना बालबालिकाले ज्यान गुमाएको डीआईजी ढकालले बताए । 

उनका अनुसार अधिकांश दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको अनुसन्धानमा देखिएको डीआईजी ढकालको दाबी छ । 

‘अधिकांश दुर्घटना चालकका कारणले भएको देखिन्छ । अझै पनि सार्वजनिक यातायातका सवारी चालकहरूलाई सचेतनाको आवश्यकता देखिन्छ,’ डीआईजी ढकालले भने, ‘चालकहरूले तीव्र गतिमा सवारी चलाउँदा धेरै दुर्घटना भएका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x