×

NMB BANK
NIC ASIA

एमाले कैलाली अध्यक्षका दाबेदार ढुंगाना- सके मेरै नाममा सहमति हुन्छ, नभए भारी मतले चुनाव जित्छु

धनगढी | फागुन ८, २०८०

NTC
Premier Steels

नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनअन्तर्गत अध्यक्ष पदका उम्मेदवार यज्ञराज ढुंगानाले आफू बलियो उम्मेदवार भएको दाबी गरेका छन् । प्रतिनिधिहरूले नयाँ नेतृत्व खोजेको भन्दै ढुंगानाले भारी मतका साथ निर्वाचित हुने दाबी गरेका हुन् । 

Muktinath Bank

‘प्रतिनिधिहरूले अहिलेका जिल्ला पदाधिकारीहरू बाहेकको नेतृत्व खोजेका छन् । मेरा पक्षमा माहोल राम्रो छ,' उनले भने, 'सके मेरै नाममा सहमति हुन्छ । नभए निर्वाचनमा पनि अत्यधिक मतका साथ निर्वाचित हुन्छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्रदेश सचिवालय सदस्यसमेत रहेका ढुंगानाले पार्टीभित्र पछिल्लो समय मौलाएको व्यक्तिवाद र गुटगत प्रवृत्तिलाई हटाउन आफ्नो उम्मेदवारी रहेको बताए । ‘पार्टी सञ्चालनको आन्तरिक जीवनलाई व्यवस्थित गर्न सदस्यता वितरण र नवीकरणमा कुनै भेदभाव नगर्ने, संस्थागत निर्णयका आधारमा पार्टी सञ्चालन गर्ने, जनजीविकाका समस्यालाई राजनीतिक ढङ्गले समाधान गर्ने मेरा मुख्य एजेन्डा छन्,’ ढुंगानाले भने ।


Advertisment
Nabil box
Kumari

जनता र पार्टी कार्यकर्तामा व्यप्त राजनीतिप्रतिको वितृष्णा हटाउन पार्टीका जनप्रतिनिधिले आफूखुसी निर्णय गर्ने प्रवृत्ति रोक्न आवश्यक रहेको उनले बताए ।  

Vianet communication

यसअघि चुनावमा तीनै तहमा पार्टीले हार व्यहोर्नुपरेको स्मरण गर्दै गुमेको विरासत फर्काउन आफूले नै जित्न आवश्यक रहेको उनले दाबी गरे । 
कैलालीको मध्य क्षेत्र सुखडमा जारी नवौँ जिल्ला अधिवेशनबाट नेतृत्वका लागि ढुंगानासहित डेजी पाण्डे, दुर्गा जोशी र ममताप्रसाद चौधरीले दाबी गरेका छन् ।

ढुंगाना पूर्वप्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कार्यवाहक जिल्ला अध्यक्ष र पाण्डे सचिव हुन् । चौधरी पनि कैलाली जिल्ला उप–सचिव हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x