०३ साउन २०८३, आइतबार

माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवाको शुभारम्भ​

फागुन ९, २०८०
काठमाडौं
माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवाको शुभारम्भ​

माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ ।

उक्त सेवाको शुरूवातसँगै नयाँ ग्राहकहरूले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने बैंकले जनाएको छ । 

यस भिडियो केवाईसीमार्फत खाता खोल्दा ग्राहकहरू बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन ।

यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने छन् ।

साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने  छ ।

हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ । जसमा भिडियो केवाईसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नु पर्ने झन्झट हटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्