मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काठमाडाैं | फागुन १२, २०८०
जनकपुरधाम–धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण शुरू भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । तर सोही निर्माणाधीन पुलनजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै ६ महिनाअघि सम्पन्न भएको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका–१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने अवधि २०८१ साल असार ११ सम्म थियो । निर्माणको जिम्मा पाएको श्री सपना-उमा एण्ड कम्पनी र थानी जेभी बत्तीसपुतली काठमाडौंले समय अगावै अर्थात् गत माघ १८ गते नै पुल निर्माण पूरा गर्यो । सोही पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार विधिवत् उद्घाटन गरे ।
त्यस अवसरमा प्रधानमन्त्री दाहाललाई स्थानीय र जनप्रतिनिधिले अब कमला नदीमाथिको निर्माणाधीन मोटरेबल पुललाई छिटोभन्दा छिटो टुङ्ग्याउने गरी पहलकदमी लिन आग्रह गरे । ‘नदी तर्नका लागि त यो पुलले निकै सजिलो भएको छ तर मोटरगाडी नचल्ने भएकाले हाम्रा ठूला दुःख त बाँकी नै छन् । छिट्टै पुल निर्माण हुन्छ भन्ने आशा छ,’ स्थानीय ८३ वर्षीय सत्यनारायण साहले भने ।
उनले नजिकैको पुल समय अगावै पूरा हुने र अर्को पुल १२ वर्षसम्म पनि पूरा नहुने भन्दै समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्नेमा जोडा दिए । ‘बजेट छैन भने सरकारले दिनुपर्यो । बजेट भएर पनि काम गरेको छैन भने ठेकेदारलाई छिटो गर्न भन्नुपर्यो,’ उनले भने, ‘हामी झोलुङ्गे पुल बने पनि उताको दुःख कसरी बिर्सिन सक्छौँ ?’
स्थानीय राजुदेवी दासले पनि झोलुङ्गे पुलले केही राहत भए पनि वर्षौंदेखिको समस्याबाट मुक्तिका लागि उत्तम विकल्प मोटरेबल पुलको निर्माण नै भएको बताइन् । उनले प्रधानमन्त्री नै आएकाले अब मोटरेबल पुल चाँडो बन्ने आशा जागेको बताए । ‘झोलुङ्गे पुलले नजिकका बस्ती, साइकल, मोटरसाइकलमा जानेलाई केही राहत भयो तर गाडी चल्ने पुल निर्माण नहुँदा सबै समस्या समाधान भएका छैनन् । त्यसैले त्यो पुल चाँडै बनाउनका लागि भन्नुपर्छ,’ उनले भनिन् ।
राजुदेवीको जस्तै भनाइ छ स्थानीय सरस्वतीदेवी दासको पनि । कमला नदीमा पानी बढेकाबेला जोखिम मोलेर जानुभन्दा झोलुङ्गे पुलको प्रयोग गर्नु आफूहरूका लागि सुरक्षित भएको उनको भनाइ छ । उनी भन्छिन्, ‘यो पुल निर्माण भएकोमा सरकारलाई धन्यवाद छ । अब १२ वर्षसम्म बन्न नसकेको पुल पनि चाँडै बनोस भन्ने चाहना छ । प्रधानमन्त्री नै आउनुभएपछि केही आशा पलाएको छ ।’
सत्यनारायण, राजुदेवी र सरस्वती मात्रै होइन धनुषा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पनि प्रधानमन्त्री दाहाललाई हुलाकी सडकअन्तर्गतको मोटरेबल पुल चाँडो निर्माणका लागि पहलकदमी लिन आग्रह गरे ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद यादवले हुलाकी सडकअन्तर्गत कमला नदीमाथि बनिरहेको पुल यथाशीघ्र निर्माणका लागि निर्देशन दिन आग्रह गरे । उनले भने, ‘निर्माण शुरू भएको वर्षौसम्म पनि कमला नदीमाथि मोटरेबल पुल बन्न सकेको छैन । प्रधानमन्त्रीले त्यसबारे जानकारी लिइ तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिन आवश्यक छ । त्यसका लागि म ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले कमला नदीकै कारण स्थानीयको उर्वरभूमि काम नलाग्ने अवस्थामा रहेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत तथा मुआब्जाको व्यवस्था, मानवबस्ती तथा बाँकी भूभागको संरक्षणका लागि पक्की तटबन्ध निर्माणका लागिसमेत आग्रह गरे ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री यादवले मधेशमा रहेका बाटो, सिँचाइ तथा नदी कटान, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । ‘समथर र उर्बर भूमि भएर पनि मधेस प्रदेशमा समस्यामा छन् । आगामी आवको बजेटमा आवश्यक रकम बिनियोजन गरी यहाँका सम्भावना र समस्या सम्बोधनका लागि पहल हुनेमा विश्वास छ,’ मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
जवाफमा प्रधानमन्त्रीले मधेशको विकास नभई मुलुक विकास नहुने भन्दै मधेशको विकासमा आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए । उनले हुलाकी सडकअन्तर्गत कमला नदीमा निर्माण भइरहेको मोटरेबल पुलको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए ।
‘यो झोलुङ्गे पुलले धनुषा र सिरहाका जनतालाई धेरै ठूलो राहत पु¥याएको छ । वर्षायाममा यहाँका जनताले भोग्नुपर्ने समस्या अन्त्य भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘भत्केको पुलका विषयमा पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु ।’
प्रधानमन्त्री दाहालले कमला नदीमा पक्की तटबन्ध नभएका कारण खेतीयोग्य जमिन बगरमा परिणत भएकाबारे ध्यानाकर्षण भएको बताउँदै तराईमा सिँचाइ विस्तार गरी उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने बताए ।
देशभर १० हजारभन्दा बढी झोलुङ्गे पुल
त्यसअवसरमा शहरी विकासमन्त्री सीता गुरुङले आधारभूत सेवा प्रवाहका लागि आवश्यक पुलको पहिचान गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनाका साथ सरकारले काम गरिरहेको बताइन् ।
उनले हाल तीनै तहका सरकार र दातृ निकायसमेतको सहयोगमा देशभर १० हजार चार सय १० वटा पुल निर्माण भइसकेका र चालु आर्थिक वर्षमा छ सय पुल निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेका जानकारी दिए ।
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले सरकारले विसं २०७५ मा सार्वजनिक तुइनलाई प्रतिस्थापन गर्न ल्याएको नीतिअनुसार हाल एक सय ४३ मध्ये तीन वटा तुईन मात्र प्रतिस्थापन गर्न बाँकी रहेको बताए ।
उनले हाल झोलुङ्गे पुलको प्रविधि र सीपका क्षेत्रमा अन्य देशलाई सहयोग गर्न आफूहरू सक्षम भएको र नेपालले ताञ्जेनिया, इथियोपियाजस्ता देशलाई प्राविधिक सहयोगसमेत उपलब्ध गराएको बताए ।
सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नं ७६ मा ‘आगामी तीन आर्थिक वर्षभित्र बढीमा एक घण्टा हिँडाइको दूरीमा झोलुङ्गे पुल निर्माण गरिने’ र बजेट वक्तव्यको बुँदा नं ३३५ मा ‘दुर्गमा क्षेत्रमा आवागमन सहजता एवं सम्भाव्यताका आधारमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाइने र छ सय झोलुङ्गे पुल निर्माण सम्पन्न गरिने’ उल्लेख छ ।
आवागमन सहजताका लागि झोलुङ्गे र अन्य पुल निर्माण गर्ने सरकारको नीतिअनुसार धनुषा र सिरहा जोड्ने सो झोलुङ्गे पुल विसं २०७९ मा निर्माण शुरू भएको थियो । एक हजार पाँच सय दशमलव ४४ मिटर लामो यो पुल ठेक्कामार्फत करिब २५ करोड ८० लाख र सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोकले उपलब्ध गराएका रु तीन करोड पाँच लाख बराबरको लठ्ठालगायत सामग्रीको लागतमा पुल निर्माण गरिएको हो ।
पाँच सय ४० मेट्रिकटन भारवहन क्षमता (करिब ३८८६ पैदलयात्री) को यो पुलको चौडाइ चार फिट रहेको छ । यस हिसाबले चौपाया, साइकल र मोटरसाइकल आवागमन गर्न सहज भएको छ । पूर्वपश्चिम राजमार्गबाहेक यस क्षेत्रमा नदी तर्ने अर्को विकल्प थिएन । विसं २०६८ मा तीन वर्षभित्र निर्माण गरिसक्ने सम्झौता भएको हुलाकी सडकअन्तर्गत कमला नदीमाथिको पुल अहिलेसम्म बनेको छैन । पुल अन्तिम चरणमा पुगेको भनिएका बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि थप समस्या भएको छ ।
नेपालकै लामो झोलुङ्गे पुल निर्माण भएपछि यहाँका नागरिक उत्साहित भएका छन् । यसअघि नेपालकै लामो मानिएको कञ्चनपुरको महाकाली नदीमाथिको ‘दोधारा चाँदनी मल्टिस्पान पुल’ को लम्बाइ एक हजार चार सय ५२ दशमलव ९६ मिटर रहेको थियो । –रासस–
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...