×

NMB BANK
NIC ASIA

सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोपमा नापी अधिकृतसहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | फागुन १३, २०८०

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको चन्द्रगढीस्थित नापी कार्यालयका प्रमुख विष्णुकुमार न्यौपानेसहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​

Muktinath Bank

हालसाबिक जग्गा दर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । १७२ जना प्रतिवादीमध्ये २८ जना सरकारी कर्मचारीहरू रहेका आयोगले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार झापाको साबिक दमक ६ ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नम्बर  १३ र १४ कायम भएको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फ) विभिन्न कित्ताका २९ विगाहा १७ कट्ठा ४ धुर (३९७ रोपनी ८ आना १ पैसा ३ दाम) जग्गा गैरकानूनीरुपमा व्यक्ति विशेषको नाममा घुसाई हालसाबिक जग्गा दर्ता कायम गरिएको छ ।


Advertisment
Nabil box
Kumari

उक्त जग्गाको मूल्यांकन ३४ करोड ६६ लाख ५४ हजार ८४९ रुपैयाँ कायम गरिएको छ । 

Vianet communication

उक्त मुद्दामा सरकारी सार्वजनिक पद धारण गरेको नापी कार्यालय, चन्द्रगढी, झापाका कर्मचारीहरू १० जना, मालपोत कार्यालय, दमक, झापाका कर्मचारीहरू ११ जना, नापी कार्यालय, दमक, झापाका कर्मचारीहरू ७ जना, सरकारी सार्वजनिक जग्गा गैह्रकानूनी तरिकाले हालसाबिक जग्गा दर्ता प्रकृयाबाट आफ्नो जग्गामा घुसाई दर्ता कायम गरेका शुरू जग्गा दर्तावाला ३६ जना र बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाईएका प्रतिवादीहरु १०८ (एक सय आठ) जना गरी जम्मा प्रतिवादीको संख्या १७२ जना रहेको अख्तियारले जनाएको छ ।

यस्तो छ आयोगको आरोप पत्र

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x