०४ साउन २०८३, सोमबार

नइका सिक्का र टिकट लोकार्पण

फागुन १९, २०८०
काठमाडौं
नइका सिक्का र टिकट लोकार्पण

नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकट लोकार्पण गरिएको छ । 

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्राडा वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शनिवार सामुहिक लोकार्पण गरेका हुन् । 

राष्ट्र बैंकबाट १०० रुपैयाँको सिक्का र हुलाक सेवा विभागबाट १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा आएको हो ।

राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताए ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रदीपराज अधिकारी र सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

कमेन्ट गर्नुहोस्