×

NMB BANK
NIC ASIA

भ्रष्टाचार मुद्दामा ४ दिन अघि सफाइ पाएका तत्कालीन नगर प्रमुख र उपप्रमुखविरुद्ध फेरि मुद्दा दायर

काठमाडाैं | फागुन २०, २०८०

NTC
Premier Steels

भ्रष्टाचार मुद्दामा चार दिन अघि मात्रै सफाइ पाएका धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार यादव र उपप्रमुख शीलादेवी कापरविरुद्ध पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Muktinath Bank

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूका साथै प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादवसहित ९ जनाविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७७/०७८ मा स्यानेटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरेको तथा गुणस्तरयुक्त नभएको सामग्री खरिद गरी भ्रष्टाचार गरेको आयोगको दाबी छ ।​


Advertisment
Nabil box
Kumari

शःशर्त अनुदानतर्फको सेनिटरी प्याड खरिदको लागि मिति २०७७ फागुन १९ मा रेजा टूडे दैनिक पत्रिकाका प्रकाशकसमेत रहेका रेजा ट्रेडिङ्ग प्रालिसँग खरिद सम्झौता भएको थियो।

Vianet communication

उक्त खरिद सम्झौता गर्नु अघि नै २०७७ फागुन १३ गते भुक्तानी गरेको अभियोगपत्रमा उल्लेख छ ।​​

शिलबन्दी दरभाउ पत्र आह्वानको सूचनामा सेनिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौता हुन अगावै र कही कतै संख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ्ग प्रालिले सेनिटरी प्याड आपूर्ति गरेको पाइएको छ ।​​​

शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको २०७७ माघ २२ को राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा शहीदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित भएको नदेखिएकाले रेजा ट्रेडिङ्ग प्रालिका प्रोपराइटर एवं राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशकसँगको मिलेमतोमा खरिद कानूनको प्रावधान विपरीत झुट्टा विवरण एवं सूचना तयार गरी गलत कागजातहरूको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता गरी १३ लाख ९३ हजार ६८७ रुपैयाँ भुक्तानी गरिएको हो ।

अख्तियारले तत्कालीन मेयर यादव, तत्कालीन उपमेयर कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिन्वार, तत्कालीन सब-इन्जिनियर सरोजकुमार महतो, रेजा टुडे दैनिकका प्रकाशक अकबर मस्नुरविरुद्ध जनही १३ लाख ९३ हजार ६८७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x