×

NMB BANK
NIC ASIA

नक्कली ट्रेड युनियनहरूले गर्दा वास्तविक श्रमिकको मुद्दा ओझेलमा पर्‍यो : जिफन्ट अध्यक्ष श्रेष्ठ

काठमाडाैं | फागुन २०, २०८०

NTC
Premier Steels

​​नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले  प्रत्येक वर्ष फागुन २१ गतेलाई 'नेपाली ट्रेड युनियन आन्दोलन स्थापना दिवस'का रुपमा मनाउने घोषणा गरेको छ ।​​​​​

Muktinath Bank

पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमार्फत जिफन्टले यस्तो घोषणा गरेको हो ।​​​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो समयका आन्दोलनहरू राजनीतिक अभीष्ट पूरा गर्ने माध्यम बन्दै गएको बताए ।


Advertisment
Nabil box
Kumari

२००३ साल फागुन २१ गते तत्कालीन वामपन्थी नेता मनमोहन अधिकारी र नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अगुवाइमा नेपालमा ट्रेड युनियन आन्दोलनको प्रारम्भ भएको उनले स्मरण गरे ।

Vianet communication

'ट्रेड युनियन आन्दोलन वर्गीय हो । तर यसलाई राजनीतिक हिसाबले विभाजित गरिँदैछ', श्रेष्ठले पत्रकार सम्मेलनमा भने ।

पछिल्लो समय ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको स्वीकार्दै अध्यक्ष श्रेष्ठले यसको दोष वर्तमान सत्ता गठबन्धन भएको दाबी गरे ।

नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउन अहिलेको सत्ता गठबन्धनले नक्कली ट्रेड युनियनहरू खडा गरेको जिफन्टले जनाएको छ । जसका कारण वास्तविक श्रमिक वर्गको मुद्दा ओझेलमा परेको उनले बताए ।

'योगदानमा आधारित सामाजिक सुरक्षालाई फितलो बनाउने प्रयत्न भइरहेको छ', अध्यक्ष श्रेष्ठले पत्रकार भेटघाटमा भने । उनले वैदेशिक रोजगारीलाई युवाहरूमा बाध्यात्मक बन्दै जानु ट्रेड युनियनहरू माथिको प्रहारको परिणाम भएको दाबी गरे । ​

श्रमजीवी वर्गका सबै समस्यालाई समाधान गर्दै सुमधुर श्रम सम्बन्ध, औद्योगिक शान्ति र श्रमिकको सामाजिक आर्थिक रुपान्तरणमा लाग्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै जिफन्टले अब हरेक वर्ष फागुन २१ गतेको दिनलाई मजदुरहरूको महान चाडको रुपमा मनाउने घोषणा पत्रकार सम्मेलनमा गरेको छ ।​

जिफन्ट महासचिव लक्ष्मण शर्माका अनुसार भोलि २१ गते पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ७७ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्ने छन् ।

समारोहमा विभिन्न १६ देशका ट्रेड युनियन प्रतिनिधिहरूले भाग लिने उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

बैशाख १९, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिइने बताएका छन् । एक सय ३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड ...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x